विश्व एड्स दिवस

आज विश्व एड्स दिवस

विश्व एड्स दिवस

एड्स : ज्यान लिने खतरनाक यौन रोग हो । आज विश्व एड्स दिवस हो। एड्स एक खतरनाक बीमारी हो, मूलतः असुरक्षित यौन सम्बन्ध गर्नाले एड्सको जीवाणु शरीरमा प्रवेश गर्छ। यस बीमारीको लक्षण धेरै बर्ष पछि पत्ता चल्छ र विमारी पनि एचआईवी टेस्ट गर्नलाई सजग हुँदैनन्, यसैले अन्य बीमारीको भ्रममा परेर बस्छन्।

एड्सको पूरा नाम एक्वायर्ड इम्यूनो डिफिशिएन्सी सिंड्रोम हो ।’ न्यूयोर्कमा 1981 मा यसको बारेमा पहिलो पटक पता चलेको हो, जब केही ”समलिंगी यौन क्रिया” का शौखिन आफ्नो इलाज गराउन डाक्टरको साथ गएका थिए। उपचार पछि पनि रोग जस्ताको त्यस्तै रह्यो र रोगी बच्न सकेनन्, त डाक्टरहरुले परीक्षण गरेर हेरे तब यो रोग प्रतिरोधक क्षमता खतम भई सकेको थियो। फेरी यस सम्बन्धमा अनुसन्धान भयो, तब तक यो कयौं देशहरुमा भयानक रुपमा फैलि सकेको थियो र यसलाई ”एक्वायर्ड इम्यूनो डिफिशिएंसी सिंड्रोम” यानी एड्स नाम राखियो ।

-ए यानी एक्वायर्ड यानी यो रोग कुनै अर्को व्यक्तिबाट लाग्छ।
-आईडी यानी इम्यूनो डिफिशिएंसी यानी यसले शरीरको रोग प्रतिरोधक क्षमता समाप्त गरि दिन्छ।

-एस यानी सिण्ड्रोम यानी यो बीमारी धेरै तरहको लक्षणहरुबाट चिन्न सकिन्छ।
विश्वमा अढाई करोड़ मानिसहरुमा यो रोग फैलिएको छ। हालसम्म यस बीमारीबाट करोड़ौं मरिसकेका छन्। धेरै पीडितहरु मध्ये अहिलेसम्म अफ्रीका पहिलो नम्बरमा पर्छ, जहाँ एड्स रोगी सबैभन्दा ज्यादै छन्। भारत दोश्रो स्थानमा पर्छ। भारतमा 1.25 लाख विमारी छन्, प्रतिदिन यसको संख्या बढ्दै गई रहेको छ। भारतमा पहिला एड्स विमारी 1986 मा मद्रासमा देखा परेको थियो। भारतको इंटीरियरमा यो विमार देखा पर्दा वहाँका डाक्टरहरुलाई यति पनि थाहा थिएन यो विमारीको जाँच कसरी गर्ने ? उपचार कसरी गर्ने ? बिमारीलाई कहाँ पठाउने हो तथा यसको रोकथामको लागि के उपाय जरूरी छ । यदि कहीं एड्स रोगी पता चल्यो भने फलानो व्यक्ति एड्स रोगी हो भनेर उसलाई मानिसहरु समाजमा घृणाको दृष्टिबाट हेर्दछन्, त्यो व्यक्तिको नजिक हुन डराउँछन्, भेदभाव गर्दछन्। एड्स विमार एक अलग बीमारी न भएर कयौं विकृतीहरु र बीमारीहरुको लक्षणको एक समूह हो।

भारतमा यो बीमारी असुरक्षित यौन सम्बन्धको कारण फैलीरहेको छ, यसको प्रतिशत 85 छ। भारतमा गाडीको ड्राइवरहरुबाट यो विमार धरै छिटो फैलिने काम भएको छ। कयौं व्यक्तिहरुमा यसको जानकारी हुँदैन यो विमार कसरी फैलिन्छ र यसबाट बच्नको लागि के उपाय गर्नुपर्छ। अमेरिकामा समलैंगिकताको कारण यो छिट्टै फैलिएको छ।
योनी मैथुनको बदलामा मलद्वार मैथुनको कारण यो विमार फैलिनमा ज्यादै सम्भव हुन्छ। यसको कारण म्यूकोजा (झिल्ली) अत्यन्त नाजुक हुन्छ र झिल्ली क्षतिग्रस्त भएर भाइरस खूनमा  छिट्टै पुग्छ ।
यहाँसम्म कि पढ़े-लेखेका व्यक्तिलाई पनि पूरा जानकारी हुँदैन, यो यसरी जकड़िएको छ कि उच्च घरानिया सभ्य समाजका केटीहरु पनि सम्पर्कमा आएर यसको शिकार हुन जान्छन्। शिक्षित वर्गलाई यस बारेमा थाह बायोलॉजिकल, आर्थिक वा सामाजिक रूपमा महिलाहरु नै यस रोगको शिकार ज्यादै हुन्छन् र उनीहरु नै यो विमार टाढा टाढासम्म फैल्याउँछन् । पुरुषको अपेक्षा स्त्रीमा 20 गुना ज्यादै संक्रमण हुने आशंका हुन्छ।

एड्स भाइरसको जानकारी 

* यो रेट्रो भाइरस ग्रुपको एक विचित्र भाइरस हो, यो आरएनएको दुई स्टैंडहरुबाट बनेको हुन्छ, जुन रिवर्स टासक्रिपटेजको सहायता हो । डबल स्टैंड डीएनएमा परिवर्तित हुन जान्छ र फेरी कोशिकाहरुको डीएनएमा संधैको लागि सुस्त अवस्थामा रहेको हुन्छ।

* एचआईवी भाइरसवालाको शरीरमा प्रवेश गर्छ, शरीरमा सुस्त अवस्थामा रहने क्रियालाई एचआईवी संक्रमण भनिन्छ, यस अवस्थामा इंफेक्शन त हुन्छ, तर बीमारीको लक्षण देखिएको हुँदैन। संक्रमितबाट अवस्था देखि बीमारीको अवस्थासम्म पुग्नलाई १५ देखि २० वर्ष लाग्छ।

* कयौं बर्षसम्म यो रोग मानव शरीरमा विकसित हुन समय लाग्छ र यसको जिवाणुको संख्या बिस्तारै बढ़दै जान्छ, अर्को तर्फ मानव शरीरको रोग प्रतिरोधक शक्ति पनि कमजोर हुँदै जान्छ ।

* जब रोग प्रतिरोधक शक्ति खतम हुन्छ तब फेरी यो जिवाणु जाग्न थाल्छ र आक्रमण शुरू गर्न थाल्छ । जब बिमारी बिस्तारै-बिस्तारै मृत्युको नजिक पुग्न थाल्छ । यसरी यो बिमारबाट मानिसको मृत्यु हुनको साथै यो सम्बन्धित विमारीको शरीरबाट समाप्त हुन्छ।

एड्स फैलिने कारण 

* असुरक्षित यौन सम्बन्ध राख्दा नै यो रोग संक्रमण हुने सबै भन्दा प्रमुख कारण बन्छ, यसबाट एड्सको भाइरस एड्स ग्रस्त व्यक्तिबाट स्वास्थ्य व्यक्तिमा तुरुन्तै प्रवेश गर्छ।

* जाँच नगरी रगत बिमारीलाई दिनु पनि एड्स फैलिन्छ अर्को प्रमुख कारण बन्छ। रगतद्वारा यसको भाइरस सिधै रगतमा पुग्छ र बीमारी छिट्टै कमजोर हुन्छ। कतिपय व्यक्ति आफ्नो रगत टेस्ट गराएर मात्र दिनु पर्छ ? आज एड्स जाँचका केन्द्रहरु कमी भएको हुनाले देशको केही ठाउँ या स्थानहरुमा मात्र छ।

* नशालु पदार्थ लिनेवाला व्यक्ति पनि एड्स ग्रस्त हुन्छन्, उनीहरु एक-अर्काको सिरींज-निडिल प्रयोग गर्दछन्, उनीहरुमा कोही एड्स पीड़ित भएको छ भने अर्कोलाई पनि यो बीमारी फैलिन्छ।

* यदि आमा संक्रमित हुन्छ एड्सबाट, तब हुनेवाला शिशु पनि संक्रमित नै जन्मिन्छ। यसप्रकार ट्रांसप्लांटेशन संक्रमणबाट पनि एड्स लगभग ६० प्रतिशत तक फैलिन्छ। बाँकी बचेको ४० प्रतिशत आमाको दूधबाट शिशुमा पुग्छ ।

एड्सको लक्षण 

एड्सको कुनै खास लक्षण हुँदैन, सामान्यतः अन्य बीमारीहरुमा हुनेवाले लक्षण नै हुन्छ, जस्तैः वजनमा कमी हुने, ३०-३५ दिन पछि देखि ज्यादै डायरिया हुन थाल्छ, लगातार ज्वरो आई रहने प्रमुख लक्षण हुन। एचआईवी नामक विषाणु सिधै श्वेत कोशिकाहरुमा आक्रमण गरी शरीरको भित्री भागमा उपस्थित आनुवंशिक तत्व डीएनएमा प्रवेश गर्दछ, जहाँ यसमा गुणात्मक वृद्धि हुन्छ। यस विषाणुहरु वृद्धि भएर श्वेत कणिकाहरुमा आक्रमण गर्दछ । यसबाट बिस्तारै-बिस्तारै यी श्वेत कोशिकाहरुको संख्या घट्दै जान्छ । यसको फलस्वरूप शरीरको प्रतिरोधी तन्त्र नष्ट हुन जान्छ र अर्को संक्रामक रोगबाट बचावको क्षमता पनि क्षिण हुन जान्छ ।

 

स्रोत- वेब दुनियाँ

http://cutt.us/NYOY

Related Post