New Muslims APP

सूरतुल: कौसर मक्की, आयतहरु

सूरतुल: कौसर मक्की, आयतहरु

कौसर

सूरतुल: कौसर मक्की, आयतहरु

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट

१. (हे मुहम्मद!) निःसन्देह हामीले तिमीलाई अल् कौसर प्रदान गरेका छौं

२. अतः आफ्ना पालनकर्ता कै निम्ति नमाज़ पढ्ने गर र बलिदान दिने गर ।

३.  वास्तवमा तिम्रा शत्रुको नै जरा काटिएको हुनेछ ।

 

ब्याख्याः

अल् कोसरको अभिप्राय हो लोक एवं परलोकका असंख्य वा धेरै भलाईहरु । यसै अर्थलाई इब्ने कसीरले ग्राह्यता दिएका छन् । यसमा कियामतको दिन (एकिकृत हुने दिन) मा प्रदान गरिने अल् कौसर नामी कुण्ड पनि समावेश छ र जन्नतको नहर कौसर सामेल छ ।

काफिरहरु नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई अब्तर (जरा काटिएको) यस अर्थमा भन्ने गर्थे कि वहाँ ((सल्लल्लाहु अलैहि व सल्लम) आफ्नो जातिबाट अलग्गिनु भएको थियो र वहाँ (सल्लल्लाहु अलैहि व सल्लम) का सन्तानहरुमध्ये छोराहरु पनि जीवित रहेका थिएनन् । तसर्थ तिनीहरु के ठान्दथे भने वहाँ (सल्लल्लाहु अलैहि व सल्लम) निःसन्तान हुनुहुनेछन् । यसको जवाफमा यहाँ अल्लाह भन्दछन्- हे मुहम्मद निः सन्तान वा जरा काटिएको तिमी हुँदैनौं बरु तिम्रै शत्रुहरु नै त्यस्तो हुनेछन् ।

कौसर स्वर्गको एक कुवा हो जुन हजरत मुहम्मद सल्ल.लाई अल्लाहले प्रदान गर्नु हुन्छ । सो कुवाको पानी एक पटक पिएपछि फेरी कहिल्यै प्यास लाग्दैन। अल्लाहले नमाज पढ्न सन्देश दिनु भएको छ जसले गर्दा तिम्रो शत्रुको नै जरा काटिन्छ भनेर सान्तोना दिनु भएको छ। जसले अल्लाहको लागि नमाज पढेर दु्वा गर्छ अल्लाहको महिमा र कृपाले उसको दुख समाप्त हुन्छ र शत्रुको भयबाट मुक्त रहन्छ।

 

 

स्रोतः कुरआन मजीद (नेपाली भाषामा अनुवादित)

अनुवादक तथा संक्षिप्त ब्याख्या कर्ताः- मौलाना अलाउद्दीन अन्सारी फलाही

प्रस्तुतकर्ता-मुहम्मद इब्राहीम खरेल

 

 

 

 

 

 

 

Related Post