गौतम बुद्ध र मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम बीच धेरै बिशेषताहरुमा समान्ता

गौतम बुद्ध र मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम बीच धेरै बिशेषताहरुमा समान्ता

गौतम बुद्ध र मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम बीच धेरै बिशेषताहरुमा समान्ता

गौतम बुद्ध र मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम बीच धेरै विशेषताहरु तुलना गर्दा समान्ता भएको डा. एम. ए. श्रीवास्त्वले लेख्नु भएको पुस्तकमा पढ्न पाइन्छ। हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र भारतीय धर्मग्रन्थ भन्ने किताबमा हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको आगमनको बारेमा पूर्व सूचना हामीलाई बाइबिल, तौरात र अन्य धर्मग्रन्थमा मिल्छ, यहाँसम्म कि भारतीय धर्मग्रन्थमा पनि हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम आउने भविष्यवाणी मिल्दछ। हिन्दू, बौद्ध र जैन धर्मको पुस्तकमा यसप्रकारको पूर्व-सूचना मिल्दछ । ती सबै तथ्यहरुलाई समेटेर तपाई समक्ष प्रस्तुत गर्ने प्रयास गरेको छु। यस पुस्तकबाट केही बुँदाहरु मैले तपाईको सेवामा प्रस्तुत गरेको छु आशा छ कि यसबाट लाभांवित हुनुहुनेछ।

अन्तिम बुद्ध-मैत्रेय र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम बौद्ध धर्मग्रन्थमा जुन अन्तिम बुद्ध मैत्रेय आउने भविष्यवाणी गरिएको छ, उहाँ हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम हो भन्ने प्रमाण हुन्छ । ‘बुद्ध’ बौद्ध धर्मको भाषामा ऋषि हुन्छन्।
गौतम बुद्धले आफ्नो मृत्युको समय आफ्ना प्रिय शिष्य नन्दासँग भन्नुभएको थियो- ‘‘नन्दा ! यस संसारमा म न प्रथम बुद्ध हूं र न अन्तिम बुद्ध हूं। यस जगतमा सत्य र परोपकारको शिक्षा दिनको लागि अरु ‘बुद्ध’ आउनु हुन्छ । वहाँहरु पवित्र अन्तःकरणवाला(दयालु हृदयवाला) हुनेछन् । उसको हृदय शुद्ध हुनेछ । ज्ञान र बुद्धिले सम्पन्न तथा सम्पूर्ण मानवको नायक हुनेछन् । जुन प्रकार मैंने संसारलाई एकेश्वरवाद र सत्यको शिक्षा प्रदान गरें, उसै प्रकार वहाँले पनि विश्वलाई एकेश्वरवाद र सत्यको शिक्षा दिनु हुनेछ। विश्वलाई वहाँ यस्तो जीवन-मार्ग देखाउनु हुनेछ जुन शुद्ध तथा पूर्ण पनि हुनेछ । नन्दा ! उसको नाम मैत्रेय हुनेछ। (Gospel of Buddha, by Carus, P-217)
बुद्धको अर्थ ‘बुद्धि युक्त’ हो। बुद्ध मनुष्य नै हुनेछन्, देवता आदि होइन। (It is only a human being tha can be a Buddha, a deity can not. ‘Mohammad in the Buddist Scriputures P.1′)मैत्रेयको अर्थ ‘दयालुता’ हुन्छ।
मैत्रेयको र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको बीच तुलनात्मक अध्ययन गर्दा हरेक गुण तथा विशेष्ताहरुमा समान्ता पाइन्छ । अन्तिम बुद्ध मैत्रेयमा बुद्धको सबै विशेषताहरु मिल्न जानु स्वाभाविक हो।
बुद्धको प्रमुख विशेषताहरु यसप्रकार छ ।
1. वहाँ ऐश्वर्यवान एवं धनवान हुनेछ ।
2. वहाँका सन्तान हुनेछन् ।
3. वहाँ स्त्री र शासनबाट युक्त हुनेछ ।
4. वहाँ आफ्नो पूर्ण आयुसम्म जीवित हुनेछन् । (Warren,P. 79)
5. वहाँ आफ्नो काम स्वयं गर्नु हुनेछ । ( The Dhammapada, S.B.E Vol. X.P.P. 67)
6. बुद्ध केवल धर्म प्रचारक हुनेछ। (The Tathgatas are only preaches, ‘The Dhammapada S.B.E. Vol X. P.67)
7. जुन समय बुद्ध एकान्तमा रहन्छन्, त्यस समय ईश्वर उसको साथीको रूपमा देवताहरु र राक्षसहरुलाई पठाउनु हुन्छ। (Saddharma-Pundrika, S.B.E. Vol XXI., P. 225)
8. संसारमा एक समयमा केवल एकै बुद्ध रहन्छन्। (The life and teachings of Buddha, Anagarika Dhammapada P. 84)
9. बुद्धको अनुयायी पक्का अनुयायी हुन्छन्, जसलाई कोही पनि उनको मार्गबाट विचलित गर्न सक्दैनन् । (Dhammapada, S.B.E. Vol. X. P. 67)
10. उसको कोही व्यक्ति गुरु हुँदैनन् । (Romantic History of Buddha, by Beal, P.241)
11. प्रत्येक बुद्ध आफ्नो पूर्णवर्ती बुद्धको स्मरण गराउनु हुन्छ र आफ्नो अनुयायीहरुलाई शत्रुको ‘मार’ बाट बच्नलाई चेतावनी दिन्छन्। (Dhammapada, S.B.E. Vol. X1, P. 64) ‘मार’को अर्थ हो पाप र विनाश फैलाउनेवाला । यसैलाई “शैतान” भन्दछन्।
12. सामान्य मानिसको अपेक्षा बुद्धको गर्दनको हड्डी अत्यधिक कडा हुन्छ, जसले गर्दा वहाँलाई गर्दन घुमाउने समय आफ्नो पूरै शरीरलाई हात्तीले जसरी टाउको घुमाउँछ त्यसै गरी घुमाउँछन् । अन्तिम बुद्ध मैत्रेयको यस बाहेक अन्य विशेषताहरु पनि छन्। मैत्रेय दयावान हुनको साथै बोधी वृक्षको तल सभाको आयोजन गर्नेवाला पनि बताएको छ। त्यस वृक्षको तल बुद्धले ज्ञान प्राप्ति गर्नु भएको थियो । डा. वेद प्रकाश उपाध्यायले यो प्रमाणित गर्नु भयो कि यी सबै विशेषताहरु मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जीवनमा मिल्दछ तसर्थ अन्तिम बुद्ध मैत्रेय नै हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम नै हो भन्ने स्पष्ट हुन्छ ।

स्रोतःhttp://ipcblogger.net/ibrahim/हज़रत-मुहम्मद-सल्ल-र-बौद्ध/

Related Post