New Muslims APP

जकात नदिएमा के सजाय हुन्छ

images (77)

जो व्यक्तिमाथि जकात फर्ज़ भएर पनि धनको लोभ लालचले गर्दा जकात दिन चाहँदैन उसको लागि कस्तो सजया छ तल अध्ययन गर्नुहोस्।

जकात नदिनेलाई के सजायः- जो मानिस जकात अनिवार्य भएर पनि जकात दिन कञ्जुस्याई गर्छ र आफ्नो धनको माया र लोभले गर्दा आफ्नो सम्पतिबाट जकात दिंदैन भने उसको लागि निम्न लिखित सजाय हुन्छ भनि हदिसमा उल्लेख गरिएको छ ।

१. उसको माल (सम्पती) लाई कियामत (महाप्रलय) को दिन नर्कको आगोमा तताएर उसको निधार, कोखामा र पछाडि ढाडमा डामिनेछ र उसलाई बताइन्छ कि यो त्यही धन हो जुन तिमीले लोभले गर्दा दान नदिएर जोगाएर राखेका थियौं अब मजा चाख ।

२. उसको धन सम्पतिलाई आगोको तौक( माला ) बनाएर गलामा पहिर्याइन्छ ।

३. जसले जकात अनिवार्य भएर पनि जकात दिंदैन उसलाई त्यही सम्पतिलाई छोटो बाँङ्गो सर्प बनाएर त्यस कञ्जुसको गलामा पहिर्याई दिइन्छ र त्यसले उसको दुवै कन्पटीमा डसी रहन्छ र भन्दछ म तिम्रो सम्पति हूँ (बुखारी र मुस्लिम)

४. जकात (दान) नदिनाले बर्षा रोकिन्छ । (बहैकी ६/४८५)

जकात नदिनेलाई  सजायः-

१. जकात इस्लामको एक स्तम्भ हो जो मानिस उसलाई जकात अनिवार्य भैकन दिन चाहदैन त्यो इस्लामबाट बाहिरिन्छ ।

२. जो मानिस यसलाई अनिवार्य मान्दैन र दिनलाई चाहदैन त्यसले सजाय हो कि मुसलमानको सरदारले त्यस व्यक्तिसँग जबर्जस्ति जकात असुल गर्नु पर्छ ।

कुन व्यक्तिहरुले जकात अनिवार्य दिनुपर्छ-

१. त्यस स्वतन्त्र मुस्लिममा जकात अनिवार्य हुन्छ जो जकातको कुनै किसिमको मालको हिसाबले (आफ्नो सम्पति जसमा जकात अनिवार्य छ) तोकिएको सिमानुसार उ त्यसको मालिक छ ।

२. जकात सिमाङकनकोलागि आवश्यक घरयासी खर्चबाट बचेको हुनुपर्छ, जस्तैः खाने, पीउने, लत्ता, कपडा, घर, सवारी, काम गर्नलाई जरुरत समान आदी।

३. जब बचेको सामानमा एक बर्ष बितेको छ भने त्यसमा जकात अनिवार्य हुन्छ ।

४. यदि कुनै सम्पति कर्जामा फसेको छ भने र त्यो सम्पति निश्तिच रुपमा उठ्न सक्दैन भने त्यो मालबाट (धन) त्यही समय जकात उठाइन्छ जब त्यो असुल हुन्छ तर कर्जा यस्तो ठाँउमा छ जुन जतिखेर पनि उठाउन सक्छ भने त्यो मालबाट अनिवार्य जकात दिनु पर्छ ।

५. यदि कसैको जिम्मामा कर्जा चुक्ता गर्नु अनिवार्य हुन्छ र उक्त व्यक्तिको सम्पति जकात दिनु पर्ने एक निश्चित सिमाङ्कन भन्दा कम छ भने यस्तो हालतमा उसले जकात दिनु पर्दैन ।

६. सुन, चाँदीको गहना र सुन, चाँदीको मुल्य बराबर धन, सम्पति छ र जकात दिनु पर्ने एक निश्चित सिमाङ्कन अनुसार छ भने यस्तो हालतमा उसले जकात दिनु पर्छ ।

 

स्रोतः तालिमुल इस्लाम

लेखकः मुख़्तार अहमद नदवी- मुदीर अद्दारुसलफ़िया, मुम्बई

अनुवादकः मुहम्मद इब्राहिम

 

Related Post