New Muslims APP

सूरतुल-फील-१०५ मक्की, आयतहरु-५

फील

सूरतुल-फील-१०५ मक्की, आयतहरु-५

सूरतुल-फील-१०५ मक्की, आयतहरु-५

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट

(१) तिम्रा ‘रब’ पालनकर्ता ले हात्तीवालाहरुसित कस्तो व्यवहार गरे, के तिमीले देखेनौं ?
(२)  के उनले तिनीहरुको योजना विफल तुल्याइदिएनन् त ?
(३)  र तिनीहरु विरूद्ध हुलका हुल पंक्षीहरु पनि पठाइदिए ’
(४) जो तिनीहरुलाई मट्याङ्ग्राले हिर्काइरहन्थे ।
(५) र अनन्तः उनले तिमीहरुलाई जनावरहरुले खाएको खेतीको पात झै बनाइदिए ।

ब्याख्याः

(१) यो त्यस घटनाको उल्लेख हो जुन अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को शुभ जन्म भन्दा ५० दिन अघि घटेको थियो । हब्शाको सम्राटको तर्फबाट यमनको गभर्नर रहेको अब्रहा अल्- अथमले ६० हजारको सेना लिएर काबालाई नष्ट पार्न मक्कामाथि आक्रमण गरेको थियो। त्यस सैन्य दलमा कयौं हातीहरु पनि थिए । जब ऊ मुज्दल्फा र मिनाको बीचमा पुग्यो तब अकस्मातै समुन्द्रको तर्फबाट पंक्षिहरु हुलका हुल बाँधेर आ-आफ्ना चुच्चा र पञ्जामा ढुंगाहरु लिएर आए र अब्राहका सेना माथि बर्साउन थाले । जसजसमाथि त्यो ढुंगा झर्यो त्यसको मासु गलेर झर्न शुरु हुन्थ्यो । यसरी सम्पूर्ण सेना नष्ट भयो । अरबमा यो घटना सबैलाई जानकारी थियो । र यस सूरहको अवतरणको समयमा मक्कामा यस्ता हज्जारौ व्यक्ति थिए जसको दृष्टि सामु यो घटित भएको थियो । सम्पूर्ण अरबवासीहरु यो कुरा मान्दथे कि यो हात्तीवालाहरुको यो विनास केवल अल्लाहको शक्तिले भयो ।

(२) अल्लाहले अब्राहका यस कार्यलाई अरबी शब्द “जत” भनेका छन्, ‘जत’ को अर्थ हुन्छ चलखेल, षड्यन्त्र, चाल । अब्राहले मक्का माथि आक्रमण गर्नको लागि पहिले यमनको राजधानी सन्आमा भब्य गिर्जाघर निर्माण गर्यो र मक्का माथि आक्रमण गर्नका लागि जायज ठहर गर्नको लागि के अभियोग लगायो भने एक जना अरबबासीले ईसाईको यस भब्य गिर्जाघरमा दिसा गरेको थियो । यस कुरालाई बाहना बनाएर उसले आक्रमण गर्यो । यो अन्य दृष्टिकोणले पनि षडयन्त्र थियो । यसबारेमा इमाम फराहीले संकेत गरका छन्- यो आक्रमण प्रतिष्ठित महिनामा भएको थियो। जसमा अरबवासीहरु युद्ध गर्दैनन् यस्तो समयमा आक्रमण भयो जब मक्कावासीहरु अन्य मानिसहरुसँग हजमा व्यस्त थिए । विशेष रुपमा त्यस दिन यो आक्रमण गरियो जुन जिन हाजीहरु मिनामा थिए ।     

 

 

Related Post