ब्रह्माण्ड-सृष्टिको विषयमा कुरआनको भनाई  

ब्रह्माण्ड-सृष्टिको विषयमा

ब्रह्माण्ड-सृष्टिको विषयमा कुरआनको भनाई

ब्रह्माण्ड-सृष्टिको विषयमा कुरआनको भनाई- विश्व उत्पत्तिको बारेमा आधुनिक विज्ञानले खोज तथा अनुसन्धानद्वारा प्रष्ट पारेको छ कि एक ताका यो सम्पूर्ण ब्रह्माण्ड एउटा धुवाँको बादल (अर्थात एउटा अति धमिलो, घना र तातो ग्याँस) बाहेक केही थिएन। यो (Cosmology) का सिद्धान्तहरुमध्ये एक हो । वैज्ञानिकहरु अहिले त्यस धुवाँको अवशेषबाट बनेको नक्षत्रहरुको अवलोकन गर्न सकिंन्छ। अहिले राती आकाशमा चम्किने ताराहरु पनि कुनै बेला यो ब्रह्माण्ड जस्तै त्यही धुँवाका अंश थिए । अल्लाहले कुरआनमा भनेका छन् : “अनि उनी आकाशतिर फर्किए जुनबेला यो धुवाँ थियो……। (कुरआन ४१:११)

कुरआनमा पर्वतहरुको वर्णन निम्न शब्दमा गरिएको छ: “के हामीले यस पृथ्वीलाई ओछ्यान र पर्वतलाई चुकुल जस्तो बनाएका छैनौं ?” (कुरआन ७८:६ र ७)

यसबाट के थाह हुन्छ भने आधुनिक भू-विज्ञानले प्रमाफित गरेको छ कि पर्वतका जराहरु भूईमा गहिरा गाडिएका हुन्छन् । कुनै कुनै ठाउँमा यिनको गहिराई भूईमाथिको पर्वतको उचाईभन्दा कयौं गुना बढी हुन्छ। यसकारण पर्वतहरुको यस अवस्थालाई चुकुल (Peg) भन्ने शब्दले राम्ररी चित्रण गर्छ । विज्ञानको इतिहासबाट के थाहा हुन्छ भने पर्वतका गहिरा जराहरु पनि हुन्छन् भन्ने परिकल्पना उन्नाईसौं शताब्दिको अन्यतिर मात्रै मान्यता प्राप्त गरेको हो।

ब्रह्माण्ड-सृष्टिको विषयमा

ब्रह्माण्ड-सृष्टिको विषयमा कुरआनको भनाई

पृथ्वीको सतहको धरातललाई स्थिर राख्नमा पनि पर्वतहरुको ठूलो भूमिका छ। यसले पृथ्वीको कम्पनलाई नियन्त्रणमा राख्छ । अल्लाहले कुरआनमा भनेका छन्: र उनले पर्वतहरुलाई भूईमा दृढताकासाथ गाडिदिएका छन् ताकि यो तिमीहरुसँगै नहल्लियोस्। (कुरआन १६:१५)

आधुनिक सिद्धान्त अनुसार पर्वतहरुले पृथ्वीलाई स्थिर राख्ने काम गर्छ । पृथ्वीलाई स्थिरता कायम गर्ने पर्वतहरुको यो भूमिका सन् १९६० पछि मात्रै Plate Tectonics को सिद्धान्तको आधारमा राम्ररी बुझ्न थालिएको हो ।

ब्रह्माण्ड-सृष्टिको विषयमा

ब्रह्माण्ड-सृष्टिको विषयमा कुरआनको भनाई

के मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको युगमा पर्वतहरुको वास्तविक आकार प्रकारका यी तथ्यहरु जान्न भौतिक रुपमा सम्भव थियो ? के त्यसबेला कसैले कल्पना गर्न सक्थ्यो कि पृथ्वीमाथि उभिएका विशाल पर्वतहरुको भूई मुनि पनि जरा हुन सक्छन् ? आधुनिक भू-विज्ञानले यस विषयमा कुरआनको सत्यता प्रमाणित गरिदिएको छ ।

यो पृथ्वी र माथिल्लो आकाश (सूर्य, चन्द्र, ताराहरु, ग्रहहरु, आकाशगंगा आदी) त्यही धुँवाबाट बनेको हुनाले यो निष्कर्ष निकाल्न सकिन्छ कि पृथ्वी र आकाश कुनै बेला जोडिएका थिए। पछि त्यही धुवाँबाट बन्दै एकअर्काबाट अलग्गिए ।

अल्लाहले कुरआनमा भनेका छन् : …..के अविश्वासीहरुलाई थाहा छैन कि आकाश र पृथ्वी एक अर्कासँग जोडिएका थिए अनि हामीले त्यसलाई अलग्यायौं।…… (कुरआन २१:३०)

ब्रह्माण्ड-सृष्टिको विषयमा

ब्रह्माण्ड-सृष्टिको विषयमा कुरआनको भनाई

प्रो. Alfred Kroner विश्वका एकजना ख्यातिप्राप्त भू-वैज्ञानिक हुन् । मेन्ज विश्वविद्यालय जर्मनीमा भू-विज्ञानका प्रोफेसर, हुन् , उनी भन्छन्, मुहम्मद (स.) को युग र वासस्थानलाई विचार गर्दाखेरि मेरो विचारमा यो असम्भव छ कि उनलाई ब्रह्माण्डको उत्पत्ति जस्ता विषयहरुको बारेमा थाहा थियो किनभने यो कुरा वैज्ञानिकहरुले अत्याधुनिक उपकरणहरुको माध्यमबाट हालै मात्र पत्ता लगाउन सकेका हुन् । उनी फेरि भन्छन्, जसलाई आजभन्दा १४०० वर्षअघि आणविक भौतिक विज्ञानको बारेमा केहि थाह थिएन त्यस व्यक्तिले पृथ्वी र आकाशको साझा उत्पत्ति जस्ता विषयका बारेमा आफ्नै ज्ञानको आधारमा जान्न सकेका होलान भन्ने कुरा म मान्न सक्तिन।

 

 

 

स्रोतः इस्लामको वैज्ञानिक विश्लेषण पुस्तकबाट साभार गरिएको हो ।

लेखकः आई. ए. इब्राहीम

अनुवादकः इमरान अन्सारी

Related Post