New Muslims APP

मृत्युबाट छुट्कारा छैन

इमानको स्तम्भ
मृत्युबाट छुटकारा छैन

भनिन्छ हज़रत सुलैमान अलैहिस्सलामसँग भेट्न फरिश्ताहरु बेलाबेलामा आइरहन्थे। एक पटक प्राण निकाल्ने फरिश्ता आएका थिए । त्यसबखत सुलैमान अलैहिस्सलामको साथमा एउटा मानिस बसेर कुरा गरिरहेको थियो । त्यो फरिश्ताले त्यस मानिसलाई खुब नियालेर हेरिरहेको थियो, त्यो देखेर मानिस छक्क पर्यो आखिरी किन मलाई एकोहोरो हेरिरहन्छ भनेर । जब त्यो फरिश्ता गयो, त्यसपछि त्यो मानिसले हज़रत सुलैमान अलैहिस्सलामसँग सोधे- वहाँ को हुनुहुन्थ्यो ? जसले मलाई खुब हेरिरहन्थ्यो ?

तब हज़रत सुलैमान अलैहिस्सलामले भन्नुभयो, वहाँ मानिसको आत्मा निकाल्ने फरिश्ता हुनुहुन्थ्यो, यो कुरा सुन्ने बित्तिकै त्यो मानिस डराएर काम्न थाल्यो र सुलैमान अलैहिस्सलामसँग अति विनम्र भावमा भन्न थाल्यो, तपाई हावालाई आज्ञा दिनुहोस् कि त्यसले मलाई भारतको कुनै कुनामा पुर्याइ छोडोस् । अतः हज़रत सुलैमान अलैहिस्सलामले हावालाई यस्तै आज्ञा दिनुभयो।

जब भोलिपल्ट उक्त फरिश्ता हज़रत सुलैमान अलैहिस्सलाम भएको ठाँउमा आयो, त्यसबेला हज़रत सुलैमान अलैहिस्सलामले त्यस मानिसको बारेमा फरिश्तासँग बताउनु भयो उसलाई मृत्युको डरले मसँग भन्यो उसलाई भारतको कुनै कुनामा लगेर छाड्न मैले हावालाई आज्ञा दिएर भारतमा पुर्याइदिए। तब फरिश्ता भन्छन जुन समय  भारत पुगेको  थियो त्यसै समय मैले उसको प्राण भारतमा गएर निकालेको थिए।

हजुर । वास्तवमा मानवको मृत्यु कहिले हुन्छ ?  कहाँ हुन्छ ? यसको ज्ञान अल्लाह बाहेक अरुलाई थाहा हुँदैन। त्यो मानिसले सोच्यो कि ऊ भारतको कुनै कुनामा पुग्यो भने बाँच्न सक्छ। तर सत्य यो हो कि मनिसले कत्ति नै भाग्य बदल्न चाहे पनि मृत्युबाट भाग्न सक्दैन। हामी जहाँ गए पनि मृत्यु त्यहाँ अवश्य आउँछ। यसैले कुरआनमा भनिएको छ- तिमी जहाँ रहे पनि मृत्यु तिमीलाई आएर नै छाड्छ। सूरः लुकमानमा अल्लाहले भन्नुभयो- कुनै मानिस जान्दैन कि ऊ धर्तिको कुन ठाउँमा मर्छु भनेर। जब यस्तो हुने निश्चित छ त हामीले निम्न लिखित तीन महत्वपूर्ण उपदेशलाई सदैव आफ्नो सामने राख्नु जरुरी छ कि मरे पछि यही तीन कुराहरु हामीलाई काममा आउँन सक्छ

(1) दान, पुण्य (जुन सधैं रहने वाला दान) उदाहरण स्वरूप पानीको कुवा बनाइदिनु, धर्मशाला बनाइ दिनु, मस्जिद बनाइ दिनु, पवित्र कुरआन किनेर मस्जिदमा दान गर्नु आदि। उत्तम धार्मिक किताब लेखेर छोड्नुहोस् । सो किताबको अध्ययन गरेर जे जतिले सही मार्गमा लाग्छ त्यो पुणय तपाईले पनि पाउनु हुन्छ। साथै त्यो मानिसको पुण्यमा कमि हुँदैन। तिमी खर्च गर पुण्य कार्यमा चाहे एक रुपया नै सही किनकि अल्लाहको दृष्टिमा धेरै थोरैको महत्व राख्दैन तर आत्माको संकल्पमा निर्भर गर्दछ। पवित्र आत्माले गरेको खर्च लाखौं रुपैया खर्च गरेको भन्दा उत्तम हुन्छ। यदि एक व्यक्तिको साथ केही पनि छैन भने पनि उसलाई पनि अल्लाहको रसूल सल्ल. ले दान गर्ने तरीका बताई दिएको छ वहाँले भन्नुभयो- “तिम्रो आफ्नो भाईसँग हाँसी खुशीसँग बोलचाल गर त्यो पनि दान हो ”।

(2) इस्लामी ज्ञान प्राप्त गर्नु र अरुलाई पनि इस्लामको ज्ञान दिनु ।

(3) आफ्नो सन्तानलाई असल धार्मिक शिक्षा दिनु। जसले तिम्रो  मृत्यु पछि पनि तिम्रो लागि प्रार्थना गरुन ।

किनकि यि तीन त्यो माध्यम हो जसले गर्दा हामी मरे पछि पुण्य मिलि नै रहन्छ। अल्लाहको रसूल सल्ल. ले भन्नुभयो जब मान्छे मर्छ भने उसको यस संसारबाट सम्बन्ध टुङ्गिन्छ मात्र तीन चीज बाक़ी रहन्छ दान, पुण्य, धार्मिक शिक्षा जसले फायदा उठाउन पाइन्छ, या असल सन्तान जसले उसको लागि प्रार्थना गरोस्। (मुस्लिम)

Source- कुरआन इनसाइक्लोपिडीया

लेखक- डा. जीयाउर्रहमान आज़मी

अनुवादक- मुहम्मद इब्राहीम खरेल

http://ipcblogger.net/ibrahim/?p=462

Related Post