New Muslims APP

विश्व रेडक्रस दिवस

प्रत्येक वर्ष मे ८ मा विश्व रेडक्रस दिवस मनाउने गरिन्छ | रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै मे ८ लाई संसारभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ | हरेक वर्ष संस्थापक हेनरीको सम्झना गर्दै विभिन्न नाराका साथ रेडक्रस दिवस मनाउने गरिन्छ | विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरे | उनको विचारलाई आदर सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलन भयो र यसले अधिकारीक मान्यताप्राप्त गर्यो | तर नेपालमा भने बि.स. २०२० सालमा मात्र रेडक्रसको स्थापना भएको हो| रेडक्रस सोसाइटीको कामलाई विश्वभरि नै प्रशंसनीय मानियो | रेडक्रसको मुख्यलक्ष्य भनेको मानव उद्धार हो | मानबिय उद्धार भन्नाले मानव वा प्रकृतिबाट घटेका हरेक प्रकारको विपत्तिले मानिसको जीवनमा भयावह क्षति पुर्याउछ र त्यस्तो अवस्थाबाट पीडितलाई उद्धार गरि जीवन रक्षा गर्नु भन्ने बुझिन्छ | अन्तर्राष्ट्रिय मानवीय सहायता, मानव जीवन र स्वास्थ्यको रक्षा, सबैप्रति आदर र विपद्लाई कम गर्ने उद्धेश्यका साथ स्थापना भएको योसंस्थामा अहिले विश्वका झण्डै २ करोड मानिस स्वयं सेवकका रुपमा कार्यरत छन् | रेडक्रसले गर्ने काम अरु कुनै संस्थाले गर्न सक्दैन | विशुद्ध मानबियतालाई आधार मान्दै रेडक्रसले मानव कल्याणको काम गर्दै आएको छ र यो एकदमै प्रसंसनिय रहेको छ | रेडक्रस दिवसको अवसरमा देशैभरी र्‍याली, रक्तदान, विपद् व्यवस्थापन सम्बन्धी जनचेतना जगाउने कार्यक्रम गरि मनाउने गर्दछन |

इस्लामको सिद्धान्तमा मिल्दो छ रेडक्रस सोसाइटीको कार्यशैली

विश्व रेडक्रस दिवस


इस्लामी संघ नेपालद्वारा विपन्न परिवारलाई खाद्यन्न वितरण

इस्लामको पाँच स्तम्भ मध्य तेश्रो स्थानमा जकात पर्दछ, गत वर्ष रमजान महिनामा काठमाडौंको बागबजारमा IHH Turkey तथा WEFA Germany को सहयोगबाट इस्लामी संघ नेपाल बागमती तथा गण्डकी अञ्चल कार्यलयको आयोजनामा गरिब तथा विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको अध्यक्ष इर्शाद अलि शेखले जानकारी दिए। उपस्थित रहेका ३०० परिवारलाई एक बोरा चामल, दुई किलो दाल, दुई किलो चिनी, दुई लिटर खाने तेल र एक किलो नुन वितरण गरियो,
अध्यक्ष इर्शाद अलि शेखले बताए, ‘रमजान महिनामा सक्दो गरिबहरुलाई दान दिनुपर्छ । यस महिनामा आफुले कमाएको मध्ये अढाई प्रतिशत रकम विपन्न परिवारलाई दान दिनु पर्ने धार्मिक नियममा रहेको छ, त्यसैका आधारमा यो कार्यक्रम गरिएको उनले बताए ।’

विश्व रेडक्रस दिवस

इस्लामी संघ नेपालद्वारा विपन्न परिवारलाई रहात वितरण

त्यसै गरि नेपालमा धार्मिक, शैक्षिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा विगत ३० बर्ष देखि विभिन्न सहयोग तथा कार्य गर्दै आइरहेको इस्लामी संघ नेपालले देशका अन्य जिल्लाहरुमा पनि यस महिनामा खाद्यन्न वितरण कार्यक्रमको साथै सामुहिक इफ्तारको कार्यक्रम (व्रत तोड्न खाइने खाना) गराउँदै आएको जानकारी समेत उनले दिए ।
त्यहाँ उपस्थित रहेका ज्यालादारी कामदार सकिलुद्दीनले खाद्यान्न सामाग्री सहयोग पाए पछि व्रत बस्न सहज भएको बताए ।

Related Post