New Muslims APP

सूरतुल कारिअह् १०१ मक्की, आयतहरु-११

  • महा प्रलय

    अल कारिअह (महाप्रलय)

    सूरतुल- कारिअह

    शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट

    1. महान घटना !
    2. के हो त्यो महान घटना ?
    3. तिमीलाई के थाहा के हो त्यो महान घटना ?
    4. जुन दिन मानिसहरु छरिएर किरा फट्याङ्ग्रा जस्ता हुनेछन् ।
    5. र, पहाडहरु धुनेका रङ्गिन ऊनझै हुनेछन् ।
    6. अनि त जसको पल्ला भारी हुनेछ…..
    7. उसले रमाइलो जीवन पाउनेछ ।
    8. र, जसको पल्ला हलुङ्गो हुन्छ….
    9. उसको बासस्थान हावियह् हुनेछन् ?
    10. हाव्यह् के हो, तिमीलाई के थाहा ?
    11. दन्कँदो आगो ।

    नोट

  • “अल कारिअह” महाप्रलयका विभिन्न नामहरुमध्ये एउटा नाम हो। महाप्रलयका अरु नामहरु छन् अल हाक़्क़ह अत्-ताम्मह अस्-साख़्ख़ह,
  • अल्-वाक़िअह इत्यादि ।
  •  अर्थात सत्कर्म तथा पूण्यकर्मको पल्ला ! अर्थात सत्कर्म तथा पूण्यकर्मको पल्ला ! अर्को शब्दमा यो भन्न सकिंन्छ कि जसका दुष्कर्म र पापहरु बढी हुनेछन् र पूण्यकर्म कम हुनेछ।

संक्षेपमा भावार्थ

कियामतको महान दुर्घटनाको बारेमा मानिसहरुलाई सचेत गराइएको छ। तिन तीन पटक दुर्घटनाको वर्णन र उच्चारणको पुरावस्था र महान्ताको संकेत दिन्छ। यसरी मानिसहरुलाई कुनै भयानक घट्ना घट्ने खबर सुन्नको लागि निम्ति तयार गरिएपछि उनीहरुसमक्ष दुई वाक्यमा महाप्रलयको चित्र प्रस्तुत गरिएको छ कि त्य दिन मानिसहरु प्रकाशमा आएर मरेका पुतली झैं छरिएका हुनेछन्। पहाडहरु पनि चुर्ण-चुर्ण हुनेछन् र चुडिएको ऊन झैं हावामा उड्न थाल्नेछन् । तीन पटक प्रश्नको अभिप्राय तिन पटक फुक्ने सूर हुन सक्छ।

त्यसपछि जसको पुण्यको वजन धेरै हुनेछ उ जन्नती(स्वर्गवासी) हुनेछ जसको पापकार्यको वजन धेरै हुनेछ उ जहन्नमी(नर्कवासी) हुनेछ। सद्कर्मीहरु जन्नत (स्वर्ग) मा आनन्दले खुशीका साथ हम्मेशा रहने छन् भने जो पापी अधर्मीहरु छन् उनीहरु नर्कको आगोमा जल्नेछन्। जहाँ अत्यधिक दन्किएको आगो हुनेछ।

स्रोतः कुरआन मजीद

नेपाली भाष अनुवाद- मौलाना अलाउद्दीन अन्सारी फलाही

इस्लामी संघ, नेपाल

[email protected]/[email protected]

website: www.islaminnepal.com

Related Post