प्रख्यात अफ्रिकी फुटबल खेलाडी अडेबायोरको विचारमा ईसाईहरुको तुलनामा आज मुसलमान ईसा मसीहको सन्देशलाई धेरै मान्दछन्। ईसा मसीहलाई मान्ने दावा गर्ने ईसाई उनको शिक्षाहरुबाट कोसौ टाढा ठन् जबकि मुसलमानको जिन्दगीमा ईसा मसीहको शिक्षाको प्रभाव देखिन्छ । अडेबायोरले बताएको 13 कुराहरु के के हुन जसले गर्दा उनले इस्लाम धर्म स्वीकार गरे ?
1. ईसा मसीहको शिक्षा थियो कि ईश्वर एक हो र सिर्फ त्यही इबादत र पूजाको लायक हो।
बाइबिलमा छ- हे, इस्राइलीहरु, सुन, हाम्रो परमेश्वर मात्र एक छन्। (व्यवस्था विवरण-6: 4)
येशुूले उनलाई उत्तर दिए, सबै आज्ञाहरुमा यो मुख्य हो; हे इस्राएलीहरु सुन; हाम्रो परमेश्वर प्रभु एउटै हो। (मरकुस-12:29)
मुसलमानको विश्वास र आस्था पनि यही हो कि एक परमेश्वरको बाहेक कोही पूजाको लायक छैन।
कुरआनमा लेखिएको छ- …..अल्लाह नै एक मात्र पूज्य हुन। उनी यस कुराबाट पवित्र छन् कि उनको कोही छोरा छ। जे जति आकाशहरु र धर्तीमा छन् सबै उनैका हुन् । र, अल्लाह नै पर्याप्त छन् कार्यसाधकको रुपमा…..। (4:171)
2. ईसा मसीहले कहिले सुंगुरको मासु खाएनन्
बाइबिलमा छ- र सुंगुर, जो चिरेर अर्थात नंग्रा खुरको हुन्छ, र जो जनावर पागुर(ओकार) गर्दैन, यसैले त्यो तिम्रो लागि अशुद्ध हुन्छ। (लेवव्यवस्था-11: 7)
यस्ता जनावर या पशुको मासुमा केही न खानु, र यिनको मासु छून पनि हुँदैन; यो तिम्रो लागि अशुद्ध छ। (लेवव्यवस्था-11: 8)
मुसलमान पनि सुंगुरको मासु खादैनन्
कुरआनमा छ- भनिदेऊ-, “जो वह्य ममाथि अवतरण भएको छ त्यसमा म कुनै पनि यस्तो चिज पाउँदिन जुन खानेवालाको लागि अवैध होस्, सिवाय मृत जनावर वा बगेको रगत वा, सुंगुरको मासु कारण निश्चय नै यी सबै अपवित्र छन्।….. (6:145)
3. ईसा मसीहले पनि अस्सलामु अलैकुम (वहाँ माथि शान्ति होस्) का सम्बोधन गरेका थियो। यही सम्बोधन मुस्लिम एक-अर्कासँग मिल्ने समय भन्ने गर्दछ ।
बाइबिलमा छ- यीशुले फेरी उनीहरुलाई भने, तिमीलाई शान्ति मिलोस; जस्तै पिताले मलाई पठाएको छ, त्यस्तै नै म पनि तिमीलाई पठाउँछु। (यूहन्ना-20: 21)
4. ईसा मसीह हमेशा भन्दथे-ईश्वरले चाहे (इन्शा अल्लाह), मुसलमानहरु पनि केही गर्नु भन्दा पहिले (इन्शा अल्लाह) भन्दछन्।
कुरआनमा छ- र न कुनै पनि कार्यबारे कदापी नभन कि त्यो, कार्य म भोली गरूँला।(सूरः कहफ : 23)
तर साथै “इन्शाअल्लाह” (अल्लाहले चाहेमा) पनि भन। अनि बिर्सिएको खण्डमा आफ्ना रबको स्मरण गरिहाल र भन- “आशा छ कि मेरो रबले यो भन्दा पनि कम समयमा सही कुराको मार्गदर्शन गर्लान्।“ (सूरः कहफ : 24)
5. ईसा मसीह प्रार्थना गर्नु भन्दा पहिले आफ्नो हात, अनुहार र पाउ धुने गर्दथे। मुस्लिम पनि नमाज पढ्ने बेलामा पहिले आफ्नो हात, अनुहार र पाउ धुने याने वुजू गर्छन् । जो आज पनि विद्यमान छ। तर ईसाईहरुको वूजु गर्दैनन् । अनि कसरी उनीहरुले ईशा अलैहिस्सलामको मार्गलाई पालना गरेको मानिन्छ ?
6. ईसा मसीह र बाइबिलमा अर्को पैगम्बर आफ्नो टोउको जमीनमा टेकाएर प्रार्थना गर्दथे यानी सजदा गर्दथे।
बाइबिलमा छ- फेरी वहाँ थोरै अघि बढेर घोप्नो परेर लडे र यो प्रार्थना गर्न लागे, हे मेरो पिता, यदि हुन सक्छ, भने यो कठिनाई मबाट हटाउ; म जे चाहन्छु त्यो हुँदैन, तर तिमी जे चाहन्छौ त्यो हुन्छ। (मत्ती-26: 39)
मुसलमान पनि आफ्नो नमाजमा सज्दा गर्दछन ।
कुरआनमा छ- ‘ए मरयम ! पूरा निष्ठाको साथ आफ्नो रबको आज्ञालाई पालन गरी रहनु, र सज्दा गर र झुक्ने (सज्दा) गर्ने वालाको साथ तिमी पनि झुक्ने (सज्दा) गर्ने गर ।’ (3: 43)
7 .ईसा मसीह दारी राख्थे र चौगा लगाउँथे। मुस्लिम पुरुष पनि दारी राख्छन् र चौगा पहिरिन्थे।
मुस्लिमहरुको पहिचान र सुन्नते नबी नै दारी बढाउनु र जुंगा मिलाउनु हो । यसैगरी मुसलमानहरुले एक प्रकारको पहिरन (चौगा) लगाउँछन्।
8. ईसा मसीह पहिलेका पैगम्बरहरुलाई मान्थे र त्यस समयको कानूनको पालना गर्दथे ।
बाइबिलमा छ- यो न सम्झ, कि म व्यवस्था या भविष्यद्वक्ताको पुस्तकलाई निरस्त गर्न आएको हुँ। (मत्ती-5: 17)
मुसलमानको पनि अर्को पैगम्बरको बारेमा यस्तै नै विश्वास छ।
कुरआनमा छ- भन, हामी त अल्लाहमाथि र त्यस चीजमा ईमान ल्यायौ जो हामी माथि अवतरित छ, र जो इबराहीम, इसमाईल, इसहाक र याकूब र उनको सन्तानमाथि अवतरित त्यस माथि पनि, र जो मूसा र ईसा र अरु रसूललाई उनको पालनकर्ताको तर्फबाट प्रदान गरेको थियो (त्यस माथि पनि हामी ईमान राख्द छौं)। हामी तिनीहरुमध्येबाट कोही माथि अल्लाहको तर्फबाट प्रदान भएको छ (त्यसमाथि पनि हामी ईमान राख्छौं। हामी उनीहरुमध्ये कसैले त्यस सम्बन्धबाट अलग होइन गर्दैन जुन उनको बीच पाइन्छ, र हामी उसैको आज्ञाकारी (मुस्लिम) हौं।’ (3-84)
9. ईसा मसीहको आमा मरयम पूरा शरीरलाई ढाक्ने वाला पोशाक लगाउने गर्थीन र आफ्नो टाउको पनि ढाक्ने गर्थिन ।
बाइबिलमा छ- त्यस्तै नै स्त्रीहरु पनि संकोच र संयमलाई सुहाउने वस्त्रबाट आफुले आफुलाई सिंगार्नु, न कपाल गुथ्ने, सुन, मोती, र बहुमुल्य कपडाबाट, राम्रो बन्ने कोसिश गर्नु । (1 तीमुथियुस-2: 9)
र रिबकाले पनि आँखा उठाएर इसहाकलाई हेरिन, र हेर्ने बितिक्कै ऊंटबाट झरिन तब उनले दाससँग सोधिन, जुन पुरुष मैदानमा मसँग भेट्नलाई हिंडेर आएको थियो त्यो को थियो ? दासले भन्यो, त्यो त मेरो स्वामी हो। तब रिबकाले ओढ्नीले आफ्नो अनुहारलाई ढाकिन। (उत्पत्ति: 24: 64-65)
यदि स्त्री ओढनी न ओढे, कपाल काट्नु; यदि नारीले कपाल काट्ने या मुण्डन गर्न लाज्ज लाग्छ भने, त ओढनी ओढ्नु। (कुरिन्थियों-11: 6)
मुस्लिम महिलाहरु यस्तै कपडा पहिरिन्छन् ।
कुरआनमा छ- ऐ नबी ! आफ्नो पत्निहरु, आफ्नो छोरीहरु र मोमिनहरुका महिलाहरुलाई भनिदेऊ- उनीहरुले आफुलाई घुम्टोहरुले ढाकून्। यसो गर्नुमा बढी सम्भावना छ कि उनीहरु चिनिने छन् र सताइने छैनन्। अल्लाह अति क्षमाशील एवं परम दयालु छन्। (33:59)
10. ईसा मसीह र बाइबिलको अन्य पैगम्बरले चालीस दिनसम्म उपवास गरेका थिए।
बाइबिलमा छ- मूसा त वहां यहोवासँग चालीस दिन र रात रहे र तब तक न त उनले रोटी खाए र न पानी पीए। र उनले त्यो सिलेटमा वाचाको वचन अर्थात दस आज्ञाहरु लेखि दिए। (निर्गमन-34:28)
तब उनले उठेर खाए पिए र त्यही भोजनबाट बल पाएर चालीस दिन रात हिंड्दा हिंड्दा परमेश्वरको पर्वत होरेबमा पुगे । (1 राजा-19: 8)
मुसलमान पनि एक महिना तक रोजा राख्दछन्। यो उनीहरुमाथि फर्ज (अनिवार्य) छ।
कुरआनमा छ- ऐ आस्थावानहरु हो ! तिमीमाथि रोजा अनिवार्य गरिएको छ, जसरी तिमीहरुभन्दा अघिका मानिसहरुमाथि अनिवार्य गरिएको थियो, आशा छ कि तिमीहरुभित्र ईशभय उत्पन्न हुनेछ। (2:183)
11. ईसा मसीह जब कसैको घरमा जाँदा त्यस घरवालाको लागि तिमी माथि शान्ति होस् भन्ने गर्दथे। अरु मानिसलाई पनि उनले कसैको घरमा जाँदा यस्तै भन्नलाई आज्ञा दिन्थे।
बाइबिलमा छ- जो कसैको घरमा जान्छौ, पहिले भन, यस घरमा कल्याण होस्। (लूका-10: 5)
आज मुसलमान पनि ठीक त्यसैगरी आफ्नो र अरुको घरमा प्रवेश गर्नु भन्दा पहिले अस्सलामु अलैकुम (तिमी माथि सलामती होस्) भन्छन्।
कुरआनमा छ- र तिमीहरु घरभित्र प्रवेश गर्दा आफ्ना मान्छेहरुलाई सलाम गर्ने गर। यो अल्लाहको तर्फबाट मंगलमय पवित्र बन्दना हो । (24: 61)
12. ईसा मसीहको खतना गरेका थिए। हरेक मुसलमान आफ्नो खतना गर्छन्।
बाइबिलमा छ- जब आठ दिन पूरा हुने बितिक्कै उसको खतनाको समय आयो, तब उसको नाम येशु राखिएको थियो, जुन स्वर्गदूतले उनको आमाको पेटमा हुँदा भनेका थिए। (लूका-2: 21)
जुन तिम्रो घरमा जन्मेको होस, अथवा तिमीले किनेर ल्याएको होस्, उसको खतना अवश्य नै गर्नु पर्छ; यो मेरो वाचा हो, जसको चिन्ह तिम्रो देहमा होला, यो बाचुन्जेल रहन्छ। (उत्पत्ति-17: 13)
कुरआनमा छ- फेरी अब हामीले तिमीतर्फ प्रकाशना गर्यौ, ‘इबराहीमको तरीकामा हिंड, जुन बिलकुल एक अरुको भएको थियो र बहुदेववादीहरुमध्येबाट थियो।’ (16: 23)
पैगम्बर मुहम्मद सल्ल. ले भन्नुभयो- पैगम्बर इब्राहीम अलै. ले अस्सी बर्षको उमेरमा आफ्नो खतना गरेको थियो। (बुखारी, मुस्लिम, अहमद) 13. ईसा मसीहले अरेमिक भाषामा परमेश्वरलाई इलाह भनेर पुकार्थे।
इलाहको उच्चारण अरबीको अल्लाह शब्द जस्तै नै हो। अरेमिक प्राचीन र बाइबिलको भाषा हो। यो सेमेटिक भाषा हो। अरेमिकको इलाह र अरबीको अल्लाह शब्द एउटै नै हो ।
Source- The Herald
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


