हामीले अरुको घरमा जाने शिष्टाचार तरिका बारेमा जान्नु आवश्यक छ किनकि उत्तम संस्कार नै मानिसको पहिचान हो जुन उसको लज्जा, बहादुरी र सज्जनताको प्रमाण हो । विदित छ यदि कोही व्यक्ति कसैको घरमा उसको अनुमति बिना जान्छ र घरवालाले यस्तो अप्रिय स्थितिमा देख्छ जुन अवस्थामा देख्नु अप्रिय थियो । तपाईले त्यस व्यक्तिलाईअवश्य पनि मार्नु हुन्छ या कानून अनुसार सजाया दिनु हुन्छ । त्यस्तो पाप कार्य गर्नु त परै जावस हामीले अरुको घरमा जाँदा पहिले अनुमति लिनु पर्छ यही नै इस्लामिक शिष्टाचार हो ताकि इस्लाम धर्म मान्नेवाला यसको दर्पणमा आफ्नो व्यवहारिक जीवन बिताउन सकुन। पवित्र कुरआनको यो सन्देशलाई विचार गरौं:
अल्लाह तआलाले भन्नुभयोः “ऐ आस्थावानहरु हो ! आफ्ना घरहरु बाहेक अन्य घरहरुमा चिनजान बिना र त्यहाँ बस्ने व्यक्तिलाई सलाम नगरीकन प्रवेश नगर। यो तिमीहरुको लागि राम्रो हो । आशा छ कि तिमीहरुले यसलाई ध्यानमा राख्नेछौ” (सूरः अल-नूर 27)
यदि त्यहाँ तिमीहरुले कसैलाई उपस्थित पाएनौ भने तिमीहरुलाईअनुमति नदिउन्जेल त्यहाँ प्रवेश नगर र यदि तिमीहरुलाई फर्केर जाउ भनिन्छ भने फर्केर जाऊ । तिमीहरुकोनिम्ति यहि सहि तरिका हो र तिमीहरुले गर्ने गरेका कार्यसँग अल्लाह अवगत छन् । (सूरः अल-नूर 28)
घरमा भित्र चियाएर नहेर्नुः केही व्यक्तिहरुको यस्तो बानी हुन्छ उ अरुको घरमा तल माथि हेर्ने गर्छन् तर यसैले यस्ता मानिसहरु उत्तम स्वभावको कदापि हुन सक्दैन । सहल बिन साद रज़ि. बयान गर्नु हुन्छः एकजना व्यक्तिले मुहम्मद सल्ल. को घरमा चियाएर हेरेको थियो, अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको त्यस बेला एउटा काइयो कपाल कोर्दै थिए, वहाँले भन्नुभयोः “यदि तिमीले मेरो घरमा च्याएर हेरेको मैले देखेको भए यही काइयोले तिम्रो आँखामा हान्ने थिए । हेर्न नहुने डरले मात्र होइन अनुमति लिनलाई आदेश दिएको छ।” (सहीह बुख़ारी, सहीह मुस्लिम)
र हज़रत अबू हुरैरा रज़ियल्लाहु अन्हुको बयान छ रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः “यदि कुनै व्यक्तिले तिम्रो घरमा तिम्रो अनुमाति बिना चियाएर हेर्छ भने तिमीले त्यसलाई ढुंगाले हान, र यदि त्यसको आँखा फुट्यो भने पनि तिमी माथि कुनै पाप छैन।” (बुख़ारी, मुस्लिम)
हामी सबैलाई यही शिष्टचार नियमहरुलाई पालना गर्ने हिदायत प्रदान गरुन् ।
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


