अबू तालिबको सुझाव: मक्काका शत्रुहरुको पनि अबू तालिब माथि ब्यापक दबाव दिए । उनीहरु चाहन्थे कि अबू तालिबले उनको भतिजा मुहम्मद माथि आफ्नो जिम्मेदारीबाट पछि हात झिकुन। एक पटक अबू तालिबले भन्नु भयोः हेर भतिज सम्पूर्ण अरब तिम्रो विरोधी भएका छन् र म बुढो भई सकेको छु यसैले म यिनीहरुसँग भिड्न सक्दिन यसैले तिमी आफ्नो दावत (निमन्त्रणा) को काममा केही परिवर्तन गर। अबू तालिबको यस प्रस्तावको जवाफमा नबी सल्लल्लाहु अलैही वसल्लमले भन्नु भयोः काका यदि यिनीहरुले मेरो एउटा हातमा सूर्य र अर्को हातमा चन्द्रमा ल्याएर राखि दिए पनि म आफ्नो यस कार्यबाट पछि फर्किने छैन अब या त ईश्वरले आफ्नो यस सन्देशलाई मबाट फिर्ता लिनु पर्यो या यसमा मुहम्मदको ज्यान जानुपर्छ । भतिजाको यस्तो जवाफ सुनेर अबू तालिब चुप लागे ।
मक्कामा मुहम्मद सल्ल पुर्ण दृढ संकल्प र धैर्य विश्वासको साथ मानिसलाई इस्लाम तर्फ दावत (निमन्त्रणा) गर्दै गरे । यसै बीच मक्काका प्रमुख दुई हस्तीहरु हज़रत हमज़ा र हज़रत उमरले इस्लाम कबुल गरेका थिए । हमज़ा वहाँको काका हुनुहुन्छ । उनको बहादुरीको प्रसंशा सबै अरबबासीलाई थाहा थियो । उमर रजी.को व्यक्तित्व पनि र शक्तिशाली सबै अरबमा छंदै थियो । हमज़ा रजी. इस्लाम कबुल गरेको तिन दिन पछि इस्लामको शरणमा आए । यी दुई जनाले इस्लाम स्वीकार गरे पछि मुहम्मद सल्लल्लाहु अलैही वसल्लमलाई अत्यधिक बल मिलेको थियो ।
शेब अबी तालिब घाँटीमा कैद
यस कठिन एवं दुष्कर परिस्थितिहरुको सामना गर्नको लागि मक्कावासीले एउटा ठूलो सभा राखे जसमा बनू हासिमको वंशहरुलाई पूर्ण रुपमा बाइकाट गर्ने निर्णय गरे। यस निर्णय अनुसार जबसम्म बनू हासिमको समूदायले मुहम्मद सल्लल्लाहु अलैही व सल्लमलाई उनीहरुको जिम्मा दिंदैनन्। उनको साथ भेटघाट, विवाह, लेनदेन र कुनै पनि सम्बन्ध राख्न मनाही गरिएको थियो। यो पनि तय भयो कि बनू हासिमको वंशलाई बजारमा प्रवेश निषेध गरिएको थियो र खानपिनको कुनै सामान उनीहरु समक्ष पुर्याउन नदिने।
यो सम्झौता कागजमा लेखेर काबाको भितामा टाँकी दिएको थियो। यसपछि अबू तालिबले बनु हासिमको पुरै खान्दान लिएर पहाडको एउटा घाटीमा शरण लिएका थिए। खान पिनको जे जति सामान साथमा लिएर गएका थिए छिट्टै नै समाप्त भयो। केही दिनमा बच्चा भोकले रुन थाले । आमाको स्तनमा दुध सुक्यो। मुहम्मद सल्लल्लाहु अलैही व सल्लम कहिले भोकले ब्याकुल भएर रुखको पत्ता खान्थे, कहिले छाला चपाउँथे। तिन वर्षसम्म मुहम्मद सल्लल्लाहु अलैही व सल्लम र वहाँको वंशले असहनिय कष्ट झेल्दै रहे। फेरि अन्तमा ईश्वरको कृपाले त्यो बाईकट समाप्त भयो। किनकि त्यस सम्झौतको कागज धमिराले खाएर नोक्सान गराएको थियो। तिन वर्षको दुखदायिक जिन्दगीबाट बनू हासिमको वंशहरु बाहिर आए। तर यस निरन्तर कष्टले गर्दा उनको कमजोर र ना तागतको कारण बाइकट समाप्त हुनु भन्दा केही दिन पहिले अबू तालिबको देहान्त भयो। उनको देहान्तको केही दिन पछि मुहम्मद सल्लल्लाहु अलैही व सल्लमको पत्नी हज़रत खदिजाको पनि देहान्त भयो।
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


