अलेना काटकोवाः (उनतीस वर्षीय) रूसको साइबेरियाकी हुन्, तर उनी न्यूजीलैंडमा कल सेन्टर अपरेटरको रूपमा काम गर्थिन। उनले आखिर किन इस्लाम धर्म स्वीकार गरिन जन्न चाहनु हुन्छ तपाई ? तल पढनुहोस्।
मेरो जन्म रूसमा भएको थियो। रूस जहां कोही धार्मिक माहौल थिएन। म सन् 2008 मा न्यूजीलैंड आएं। न्यूजीलैंड एक यस्तो देश हो जहां कयौं देशहरुका मानिसहरु रहन्छन्, जहां विभिन्न तरहको सभ्यताहरु र धर्म छ । जब मैले न्यूजीलैंडको अकलैंड यूनिवर्सिटी अफ टेक्नोलोजीमा पढाई शुरू गरे त वहां एकजना विद्यार्थीसँग भयो जो मुसलमान थिए। मैले उत्सुकता र जिज्ञासासाथ इस्लाम सम्बन्धी उसँग कयौं तरहको सवाल सोध्न शुरू गरें। उसँग सोधिएको प्रश्न र उत्तरको परिणामको नतीजा हो जो आज मैले इस्लाम स्वीकार गरेर मुसलमान बनेको छु । इस्लामले मेरो जिन्दगीलाई बिल्कुल नै बदली दियो। इस्लामले मलाई ईमानदार बनाई दियो र खासगरी मेरो व्यक्तित्वमा उत्तम मार्ग मिल्यो। इस्लाम स्वीकार पहिले म साथिहरुसँग पार्टी-क्लबमा धेरै जान्थे, तर इस्लाम स्वीकार गरेपछि मैले यो सबै छोडी दिए।
मुसलमान बनेपछि जब मैले इस्लामी पहिरन हिजाब पहिरन शुरू गरें, मानिसहरुले मेरो साथ व्यवहारमा परिवर्तन गरे र जबकी हिजाब लगाउनु भन्दा पहिलेको तुलानामा अहिले धेरै इज्जत र सम्मान दिए ।
अलेना काटकोवा भन्छिन्, इस्लामको मुताबिक हामी मुस्लिम महिलाहरु गैर महर्म (जो सँग विवाह हुन सक्दैन) पुरुषसँग हात मिलाउन सक्दैनौ, न गला मिलाउन सक्छौ र न चुम्बन लिन सक्छौ, यहि कारणले गर्दा म यी सबै कार्यबाट जोगिन्छु। म कुनै पुरूषसँग भेटघाट हुँदा पनि भन्छु, तपाईसँग भेट हुँदा धेरै खुशी लाग्यो, तर हात मिलाउन माफी चाहन्छु मेरो धर्मसंस्कारले तपाईसँग हात मिलाउनको लागि मलाई अनुमति दिंदैन। मैले भनेको कुरा बुझ्छन् र मुस्कराउँन थाल्छन् । न्यूजीलैंड एक उदार मुल्क हो । वास्तवमा मलाई आफ्नो परिवारको तर्फबाट केही चुनौतीहरु पाए, मेरो सानी बहिनी अहिले पनि यो सम्झिन सकेकी छैनन् र न स्वीकार गर्छिन्, म मुसलमान बनेकी छु भनेर ।
अलेना काटकोवा अझ थप्छिन, रूसमा त मानिसहरु अहिले पनि मुसलमानलाई आतंकवादीको रूपमा नै ठान्छन् । खासगरी मीडियाहरुले मुसलमानहरुलाई यसै रूपमा प्रस्तुत गर्छन्। म इस्लामी पहिरन हिजाबमा आफुलाई धेरै सुहाएको महशुस गर्छु। म आफ्नो नोकरी बदल्नलाई सोचि रहेकी छु, किनकी म शिक्षकको योग्यता भएकी नारी हुँ र पहिले म शिक्षक बन्ने बारेमा नै सोच्ने गर्दथे।