यदि कोही मानिसले तपाईलाई पैसाको अति आवश्यकताको अवस्थामा तपाईलाई एक लाख रुपैयाँ दियो भने तपाई कति खुशी हुनुहुन्छ ? तपाईको मन त्यो व्यक्ति प्रति कति आदर र सम्मान हुन्छ होला ? पक्कै पनि तपाई हरेक समय उसको सेवाको लागि तयार हुनु हुन्छ किनकि उसले अति आवश्यकताको समयमा तपाईलाई मद्दत गरेको छ। कुनै मानिसले गरेको मद्दतको बदला उसले त्यो उपकारकर्ताको लागि आफ्नो ज्यान अर्पण गर्न पनि सक्छ भने आफ्नो सृष्टिकर्ताको उपकारको बदला के गर्न सक्छ ?
सबैभन्दा धेरै उपकार गर्ने को हो ?
हामी माथि सबै भन्दा ठूलो उपकार गर्नेवाला अल्लाह हुनु हुन्छ जो आकाश र धर्तीको सृष्टिकर्ता हुनुहुन्छ, जो राजाहरुको पनि राजा, सारा ब्रह्माण्डलाई चलाउनेवाला हुनुहुन्छ, जसले आकाश र पृथ्वीलाई सृष्टी गर्नु भएको छ, जो सारा चीजको निर्माता र मालिक हो, जसको महानताको वर्णन गर्नलाई यदि सारा संसारको रूखहरुको कलम बनाए पनि र सारा समुन्द्रलाई मसी बनाए पनि र त्यस्तै अरु सात समुन्द्र भए पनि कलम खिइन्छ र मसी समाप्त हुन्छ तर अल्लाहको महानताको शब्द लेखेर कहिल्यै समाप्त हुँदैन।
पवित्र कुरआनमा अल्लाहको वाणी छः धर्तिमा जति रूखहरु छन्, यदि त्यसको कलम बनायो र समुन्द्रलाई मसी बनाए पनि, त्यसपछि अरु सात समुन्द्रलाई थपेर अल्लाहको नाम लेखेर कहिल्यै सकिंदैन। निस्संदेह अल्लाह अत्यन्त प्रभुत्वशाली, तत्वदर्शी हुनुहुन्छ । (सूरः लुक़मान 27)
त्यो अल्लाह जसले हामीलाई पानीको एक थोपाबाट सृष्टी गरे, आमाको पेटको अंधेरोमा पनि भोजन प्रदान गरे, त्यहाँ अरु कसैले हामीलाई आहारा प्रदान गर्न सक्तैनथ्यो, उनैले हामीलाई धेरै साँगुरो स्थानबाट निकाले, जब हामी आमाको पेटबाट बाहिर आयौ त हाम्रो लागि आमाको स्तनमा दुध सृष्टी गरि दिए, आमा बुबाको दिलमा यस्तो प्रेम जगाई दिए कि वहाँहरु हामीलाई अति नै माया गर्न थाल्नु हुन्छ, फेरि हामीलाई बुद्धि, ज्ञान दिए र हामीमाथि हरेक प्रकारले उपकार गरे ।
अल्लाहको पवित्र ग्रन्थ कुरआनमा छ: “अल्लाहले तिमीलाई तिम्रो आमाको पेटबाट यस अवस्थामा निकाले कि तिमी केही जान्दैनथ्यौ, उनैले तिमीलाई कान, आँखा र हृदय दिए, ताकि तिमी कृतज्ञ बन्न सक”। (सूरः अन्नह्ल 78)
यदि अल्लाहले आँखा झिम्काउने समय बराबर पनि आफनो कृपा र दयाबाट हामीलाई रोके भने हामी मर्ने थियौं, जब हामी माथि अल्लाहको कृपा र दयाको यो उपकार छ भने उसको अधिकार पनि हामी सबै माथि अवश्य नै छ। ल तपाई सोच्नुहोस् अल्लाहको अधिकार हामी माथि के होला ? यदि जान्न चाहनु हुन्छ भने अझै पढ्नु होस् ।
अल्लाह हामीबाट के चाहनु हुन्छ ?
यति सारा उपकार दिए पछि अल्लाह हामीसँग के चाहनु हुन्छ त ? बस अल्लाह हामीसँग एक चीज माग्नु हुन्छ । त्यसको फाइदा पनि हामीलाई नै मिल्ने छ, त्यो हो अल्लाहको हक उपासनामा अरु कसैलाई साझेदार नगरी केवल उनैको गर्नु पर्छ ।
अल्लाहको कथन छः “हामी तिमीसँग कुनै रोजगारी माँगेको छैन। रोजीरोटी त हामी नै तिमीलाई दिन्छौ र उत्तम परिणाम त धर्मपरायणता नै निश्चित हो ।”
अल्लाहले भन्नुभयो: “मैले जिन्न र मनुष्यलाई केवल यसैले सृष्टि गरेको हो कि उसले मेरो भक्ति गरोस्” (सूरः ज़ारियात-56)
“म उनीहरुसँग रोजरोटी मागेको छैन र न यो चाहन्छु कि उसले मलाई खाना दिउन।” (सूरः ज़ारियात- 57)
“निश्चय नै अल्लाह नै हो, खाना दिनेवाला, शक्तिशाली, दृढ़”। (सूरः ज़ारियात-58)
सही बुखारी र मुस्लिमको वर्णन छ, हज़रत मुआज़ बिन जबल रज़ियल्लाहु अन्हु बयान गर्छन्, एक दिन म अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको साथमा ऊटको पछाडी बसेर सवारी गरेको थिए, वहाँले मलाई भन्नु भयो: हे मुआज़ ! मैंले भने: हुकुम गर्नुहोस् हे अल्लाहको रसूल ! वहाँले भन्नुभयो: के तिमीलाई थाहा छ कि अल्लाहको भक्तमाथि अल्लाहको के अधिकार छ ? र भक्तको अधिकार अल्लाहमाथि के छ ? मैले भनेः अल्लाह र उसको रसूल नै जान्नु हुन्छ । तब वहाँले भन्नुभयो: भक्तमाथि अल्लाहको अधिकार यो हो कि ऊ केवल उसैको उपासना गरुन र उसको साथ कोही अरुलाई शरीक (साझेदार) नगर्नु, र भक्तको अल्लाहमाथि अधिकार यो हो कि जो अल्लाहको साथ कसैलाई साझी ठहर्याउँदैन उसलाई नर्कको यातनाबाट जोगाउनु ।
यो सुनेर हज़रत मुआज़ रज़ियल्लाहु अन्हुले भन्नु भयो: “के म मोमिनलाई स्वर्गको खुशीको खबर न दिऊँ ?” रसूल सल्लल्लाहू अलैहि व सल्लमले भन्नुभयो: “उनीहरुलाई स्वर्गको शुभ-सूचना न देऊ, नत्र उनीहरु त्यसैमाथि भरोषा गर्न लाग्छन्”.(बुख़ारी 2856, मुस्लिम 30)
हज़रत मुआज़ रज़ियल्लाहु अन्हुको जब मृत्युको समय नजिक भयो र उनलाई डर लाग्न थाल्यो कि कहीं यस्तो नहोस्, मैले ज्ञान लुकाएकोमा मलाई पाप लागोस्, त्यसैले उनले यो हदीस बयान गरि दिए, यस हदीसमा मूल रूपमा दुई अधिकार बयान गरिएको छ। अल्लाहको अधिकार भक्तमाथि र भक्तको अधिकार अल्लाहमाथि, अल्लाहको अधिकार भक्तमाथि के हो ? अल्लाहको अधिकार भक्तमाथि यो हो कि इबादत (उपासना) केवल उसैको गर्नु । भक्तको हक अल्लाह माथि- उसको उपासना सही रुपमा गरेपछि उसलाई जहन्नम(नर्क) को यातनाबाट जोगाउनु हो ।
इबादत (उपासना) के हो ? उपासना नमाज़, रोज़ा, हज र ज़कातको नाम मात्र होइन, अल्लाहको नाममा कुर्बानी दिनु पनि उपासना हो, अल्लाहको सामने हात बाँधेर नमाज पढ्नु पनि उपासना हो, अल्लाहको घरको परिक्रमा गर्नु पनि उपासना हो र अल्लाहसँग आशा राख्नु पनि इबादत (उपासना) हो र यी सबै इबादत (उपासना) हरुलाई शुद्ध अल्लाहको लागि गर्नु जरूरी छ । हामी हरेक रकअतमा सूरः फातिहा भित्र यही स्वीकार गर्दछौं । ए अल्लाह ! हामी तिम्रो नै उपासना गर्छौ र केवल तिमीसँग नै मद्दत माग्छौं । अब यदि कोही उपासनाको केही काम अरुको लागि पनि गर्दछन् जस्तैः कुनै अन्यलाई समश्याबाट मुक्ति दिनेवाला सम्झिन्छ, भाकल (माग) पूरा गर्नेवाला अरुलाई नै मान्छन् त्यसैगरी कुनै व्यक्ति, पीर फ़क़ीरको कब्रस्थानमा सज्दा (ढोग्छ) गर्छन्, उनको लागि भाकल गर्छन्, उसको कब्रस्थानमा जानवर ज़बह गर्छ भने त उसले शिर्क गर्यो ।
शिर्क के हो ? अल्लाहको अस्तित्व, गुण या उपासनामा अरु कसैलाई साझेदार ठहर्याउने कार्यलाई शिर्क भनिन्छ। शिर्क सबै भन्दा ठूलो पाप हो। र कुरआनमा बताए अनुसार जसले शिर्क गर्छ उसको ठेगाना जहन्नम (नर्क) हो। अल्लाह तआलाको कथन छ, याद गर जब लुकमानले आफ्नो छोरासँग, उसलाई सम्झाउँदै भने, “ऐ मेरो छोरा ! अल्लाहको साझी न ठहर्याउने काम निश्चय नै शिर्क (बहुदेववाद) हो साथै धेरै ठूलो अत्याचार हो ।”
शिर्कबाट सारा पूण्यकार्य बर्बाद हुन्छ । सूरः अन-आममा अल्लाह तआलाले 18 संदेष्टाहरुको वर्णन गरेको छ, फेरी आयत न. 88 मा भनेको छः “र यदि ती व्यक्तिहरुले कहीं अल्लाहको साथ अन्यलाई उपासना लायक ठहर्याए भने उसको सबै पूण्य-कर्म बेकार हुन्छ”। (सूरः अल-अन् आम 88)
तर अल्लाहले आफ्नो प्यारो नबीलाई धम्की दिंदै भनेका छन् तिमी र तिमी भन्दा पहिले जो बिती सके उनकोतर्फ पनि वाह्य (अल्लाहको वाणी) किताब प्रदान गरेको थिए । “यदि तिमीले शिर्क गर्यौ भने तिमीले गरेको पूण्य कार्य बेकार हुन्छ र तिमी अवश्य नै घाटामा पर्ने छौ।” (सूरः ज़ुमर 65)
यदि कोही व्यक्तिको मृत्यु शिर्कको स्थितिमा भयो भने उसले माफ पाउँदैन, अल्लाहले भन्नु भयोः “निःसन्देह अल्लाह यस चीजलाई क्षमा गर्नु हुँन्न जो कोही अल्लाहको साथ अरु कसैलाई पूजा गर्न योग्य ठान्छ । हँ, यो भन्दा तल्लो दर्जाको अपराधलाई, अल्लाहले चाहनु हुन्छ भने क्षमा गर्नु हुन्छ । जो अल्लाहको साथ कसैलाई साझेदार ठहर्याउँछ अर्थात अल्लाहको उपासना नगरी अरुको उपासना गर्छ भने ऊ भट्केर धेरै टाढा गयो।” (सूरः निसा 116)
अब यदि कोही मानिस शिर्क गर्दैन र शुद्ध एक अल्लाहको उपासना गर्छ भने यस्तो व्यक्तिको लागि अल्लाहको तर्फबाट आफ्नो दया, कृपा, पुरस्कार र सम्मान अनिवार्य गरेको छ ।