इस्लामिक पात्रो अनुसार दोश्रो महिनाको नाम हो सफर। यस महीनालाई सफर यसैले भन्दछन् कि इस्लाम भन्दा पहिले अरबीयनहरु हरेक प्रकारका अपराधिक गतिविधी यसै महिनामा गर्दथे अर्थात अपराधिक काम गर्न छुट रहेको ठान्दथे यसैले उनिहरु एक समूदायले अर्को समुदायमा आक्रमण(युद्ध) गर्ने, काटमार गर्ने, व्यापारबाट फर्केका व्यापारीहरुको माल डकैत गर्ने, बलात्कार गर्ने अर्थात सफर(यात्रा)मा रहेका यात्रीहरुलाई लुटमार गर्ने जस्ता घृणित कामहरु यसै महीनामा गर्ने हुनाले यस महिनालाई सफर भनिन्छ र अरबवासीहरु यस महीनामा दुईवटा ठूलो अपराधमा ग्रस्त थिए ।
पहिलोः- यस महीनामा आफ्नो स्वार्थको लागि अघिपछि गर्दथे।
दोश्रोः- यस सफर महीनालाई अशुभ मान्दथे।
पहिलोः इस्लाम भन्दा पहिलेका अरबवासीहरु सफरको महीनालाई आफ्नो स्वार्थको लागि अघिपछि गर्दथे।
जुन महीनालाई अल्लाह तआलाले आदर-सम्मानवाला बनाएका थिए, त्यसै महिनालाई पहिलाका अरबवासीहरु उल्टो पाल्टो गरि दिन्थे। अल्लाहले यस्तो उल्टा नितीलाई गलत ठहर्याएका थिए । अल्लाह तआलाले त्यस मध्य चार महीना उत्तम दर्जाको रुपमा (पुण्यवाला) घोषणा गर्नुभयो । जस्तैः अल्लाह तआलाको भनाई छ “महिनाको गन्ति अल्लाहको किताबमा बाह्र महिनाको छ त्यसमा चार महीना उत्तम दर्जाका रुपमा छन्। यही पवित्र धर्म हो, अतः तिमी यी महिनाहरुमा आफुमाथि अत्याचार नगर, ” ( अल-तौबाः 36 )
इस्लाम भन्दा पहिले अरबवासी यी चार महीनालाई आदर सम्मान गर्दथे र त्यस अनुसार अनुसरण गर्ने प्रयास पनि गर्दथे तर आफ्नो आर्थिक स्वार्थको लागि मुहर्रमको महीनालाई सफरको महीनासँग बदली गर्दथे र कहिले सफरको स्थानमा मुहर्रम महीनासँग परिवर्तन गर्दथे। अल्लाह तआलाले शिर्क गर्नेवालाको (इस्लाम भन्दा पहिलेका अरबवासी) यसै नीतिको खण्डन गरेको हो र खुल्ला शब्दमा मानवलाई आदेश दिएको छ कि तिमी यस महीनालाई उल्टा फेरा गरेर आफै माथि अत्याचार नगर, अल्लाह तआलाले जुन नियम बनाई दिएको छ त्यसमा संशोधन हुन सक्दैन यदि जो संशोधन गर्नेलाई प्रयाश गर्छ उसले आफूमाथि अपराध र पाप गर्छ । यदि कुनै मानव महीनालाई उल्टो पाल्टो गर्छ भने उसलाई कुनै लाभ त हुँदैन तर नोक्सान हुन्छ।
दोश्रो ठूलो गल्तीः– इस्लाम हुनु भन्दा पहिले अरबवासी यो सफरको महीनालाई अशुभ मान्दथे र त्यही करण आज पनि धेरै मानिसहरु सफरको महीनालाई अशुभ मान्दछन् र धेरै जसो शिर्कको काम गर्दछन्। उनिहरुको धरणानुसार यस महिनामा जे गरे पनि छुट छ भन्ने गलत भ्रम रहेको हुनाले यसै महिनामा धेरै गलत कार्य गर्ने गर्दथे ।
अपशकुन भनेको के हो ? ” कुनै पनि व्यक्ति केही काम गर्न जाँदै थियो र त्यसै समयमा बिरालोले बाटो काट्यो, या कुनै व्यक्तिले हाच्छीउ गर्यो भने या रित्तो गाग्री देखेमा या शीशा झरेर फुट्यो भने अपशकुन मान्दछन् र अब हाम्रो यो काम हुँदैन भनेर मनमा शंका लिन्छ र त्यो काम गर्दैन भने यसैलाई अपशकुन(अशुभ) भन्दछन्।
अल्लाह तआलाको आज्ञा अनुसार सबैकुरा आफै हुन जान्छ। कुनै पनि मख्लूक (वस्तु) सँग त्यो चीजलाई रोक्नलाई शक्ति छैन, यदि कुनै व्यक्ति शक्ति त्यस चीजलाई मानेर त्यो काम गर्दैन भने उसले अल्लाह तआलाबाट विश्वास हटाएर त्यसलाई लाभ या हानीको मालिक मान्दछ भने यही नै शिर्क हो । प्रिय रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस्तो अपशकुनको बारेमा तपाई समक्ष यो हदीस पेश गर्दछु- अबू हुरैरा (रज़ी अल्लाह अन्हु) बाट वर्णन गरिएको छ कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले फरमाया ” छारे रोग स्वयं लाग्दैन र न अपशकुन हुन्छ र न उल्लूले कराउँदैमा कुनै फरक पर्छ, र न सफरको महीनाको असर हुन्छ र तिमी कुष्ट रोगवालासँग न भाग जसरी सिंहलाई देखेर जनावर भाग्दछन् ” ( सही बुकारी)
उक़बा बिन आमिर (रज़ियल्लाह अन्हु)ले भन्नुहुन्छ रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को समक्ष शुभ र अशुभको बारेमा छलफल हुँदा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो ” शुभ संकेत राम्रो चीज़ हो र मुसलमानलाई अशुभ संकेतले कुनै काम रोकिंदैन, जब तिमीहरुले कोही अप्रिय चीज देख्यौ भने भन, ऐ अल्लाह ! तिमी सिवाय कोही रक्षा गर्नेवाला छैन र न तिमी सिवाय कोही त्यस घटनाबाट बचाउनेवाला छ र न तिमी सिवाय कसैको शक्ति तथा ताकत छ ” ( अबी दाऊद )
अब्दुल्लाह बिन मस्ऊद (रज़ियल्लाह अन्हु) ले भन्नुहुन्छ कि रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो ” शुभ अशुभको बारेमा भरोषा गर्नु शिर्क हो, (अब्दुल्लाह बिन मस्ऊद (रज़ियल्लाह अन्हु) भन्नु हुन्छः हामी मध्ये कुनै पनि व्यक्तिको आत्मामा यस प्रकारको चिन्ता प्रकट हुन्छ तर अल्लाहमा विश्वास र भरोसाबाट यो चीज समाप्त हुन्छ ” ( सुनन अबी दाऊद व सुनन तिर्मिजी)
अब्दुल्लाह बिन अम्र बिन आस (रज़ियल्लाह अन्हु) ले भन्नु हुन्छ रसूल (सल्ल.) ले भन्नुभयो “जसले अपशकुनले कुनै काम रोक्छ भन्ने शंका लिन्छ उसले शिर्क गर्यो।”…. ( मुस्नद अहमद )
यसै गरी कुनै महीलाबाट अपशकुन मान्नु या पंक्षीबाट अपशकुन मान्नु पनि शिर्कको सुचीमा पर्छ किनकि यस चीजमा केही पनि शक्ति छैन । यसैले न कसैलाई लाभ पुर्याउन सक्छ या हानी पुर्याउन सक्छ । लाभ र हानीको वास्तविक मालिक त अल्लाह तआला हुनुहुन्छ। अल्लाह जसलाई चाहन्छ लाभ दिनु र जसलाई चाहन्छ नोक्सान पुर्याउनु हुन्छ फेरी हामी आफू जस्तै कुनै ईश्वरको रचनामाथि त्यस चीज़को दोषी किन ठहर्यानु जस्को उ न मालिक, न शक्तिवान चीज हो । त्यसमा शक्ति नै छैन र त्यो पनि हामी जस्तै अल्लाहको दया र कृपाको भरोषामा बाँचेको छ।