Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

आदर्श पारिवारिक सम्बन्ध

आदर्श पारिवारिक सम्बन्ध

आदर्श पारिवारिक सम्बन्ध

इस्लामले आदर्श पति पत्नी बीचको सम्बन्धलाई प्रगाढ र पवित्र होस् भन्ने उदेश्यले  एक अर्कालाई खास एक नियमको परिधीमा बाँधेको छ जुन नियमलाई पालना गर्न धार्मिक नियमले अनिवार्य गरेको  छ  ।

आदर्श श्रीमानको कर्तव्यः-

१. प्रेमलाई हृदयमामा लुकाएर नराख्नु र आफ्नो प्रेमलाई श्रीमतिको अगाडि जाहेर गर्दै रहनु ।
२. सानो तिनो गल्तिमा श्रीमतिलाई हम्मेशा टेन्शन नदिनु ।
३. उपहार लेन देन गर्दै गर्नु ।
४. श्रीमतिको गुणहरुमा ध्यान दिनुहोस् र त्यो उनको सामने बयान गर्दै गर्नुहोस् ।
५. कुनै अरु महिलासँग श्रीमतिको सामने कुरा नगर्नुहोस् र न आफ्नो श्रीमतिको सामने उनको तारिफ गर्नुहोस् ।

६. श्रीमतिको तर्फबाट केही कमिकमजोरी भएमा प्रेम पूर्वक नोटबुकमा नोट गर्नुहोस् ।

७. श्रीमतिको भावनालाई सम्मान गर्नुहोस् र कुनै सेवा गरिन भने धन्यवाद दिन नभूल्नु ।
८. छुट्टीको दिनमा कतै घुमाउन लैजानुहोस् अर्थवा रुटिङ्ग चेन्ज गर्नलाई कुनै नयाँ प्रोगाम बनाउनुहोस् चाहे घरमा नै किन नहोस् ।
९. घरको काम काजमा श्रीमतिलाई मद्दत गर्नुहोस् ।
१०. श्रीमतिलाई आफ्नो भविष्यको कुनै प्लानिङ्गको बारेमा सल्लाह लिने गर्नुहोस् ।
११. मायालु शब्दमा उनलाई बोलाउनुहोस् ।
१२. आर्थिक क्षमताले भ्याएसम्म उनको आवश्यकतालाई पुरा गर्ने कोशिस गर्नुहोस् ।
१३. कहिले काहीं श्रीमान् श्रीमति आपसमासँगै बसेर आफ्नो पारस्पारिक जीवनको सम्बन्धमा कुरा गर्नु ताकि मनमा एक अर्का प्रति कुनै शंका भए निबारण हुन सकोस् किनकि यही शंकाको कारण घरयासी सम्बन्धमा ठूलो समश्या उत्पन्न हुन्छ ।
१४. प्रार्थनालाई खास ध्यान दिनु र पत्नीलाई पनि यसमा याद दिलाउनु।

श्रीमतिको कर्तव्यः-

१. श्रीमानसँग प्रेम पुर्वक बोलचाल र ब्यवहार गर्नुहोस् ।
२. श्रीमानले जुन जायज आदेश दिनु हुन्छ त्यो तुरुन्तै आज्ञापालन गर्नुहोस् ।
३. पोशाक र श्रृंगारमा हम्मेशा ध्यान राख्नुहोस् ।
४. श्रीमान श्रीमतिको आन्तरिक कुराको रहस्य कुनै अरु व्यक्तिको सामने नखोल्नु ।
५. पतिको खानपान र सुत्ने समयको ख्याल राख्नु ।
६. पतिको स्वभाव जस्तो पनि होस् त्यसलाई स्वीकार गर्ने कोशिस गर्नुहोस् र हम्मेशा पतिमा विश्वास गर्नु ।
७. बितेको समयको राम्रो कुराहरुलाई याद गर जो पति पत्नीलाई खुशि राख्ने खालको होस् र मतभेदको सबैकुराहरुलाई भुलि दिने प्रयाश गर्नुहोस् ।
८. पतिको जुन चाहना छ त्यसको ख्याल राख्नु र त्यही गर्नु जुन पति चाहन्छ ।
९. याद राख्नुहोस् पति तपाईको नायक हो र गार्जेन, उसलाई त्यस्तै सम्मान दिनु ।
१०. कहिले काहीं पतिलाई केही उपहार दिनु चाहे त्यो एक रुपैयाँको किन नहोस् र प्रेम पुर्वक उसलाई दिनु ।
११. घरमा प्रवेश गर्दा तथा निस्किने समयको ख्याल राख्नुहोस्, यस्तो समयमा एक अर्कामा खुब प्रेम पुर्वक आलिङ्गन गर्नुहोस् ।
१२. जब अरु मानिसको अगाडि हुनुहुन्छ भने पतिलाई खुब सम्मान दिनु र जब एकान्तमा हुनुहुन्छ भने आफ्नो स्त्री लिंगलाई उनको सामने प्रदर्शन गर्नुहोस् ।
१३. पतिको साथ शर्माउनु राम्रो कुरा होइन । यसैले जति खुलेर रहन सक्छेऊ रहने कोशिस गर्नुस् ।
१४. यदि पति क्रोधित भएमा या आफुसँग क्रोधित(रिसाउनु) भएमा चुप लागेर बस्नुहोस् र आफ्नो गल्ति भएमा माफि माग्नु र जब पतिको रिस शान्त हुँदैन तबसम्म उसलाई नछोड्नुहोस् ।
१५. जब पति कुरा गर्दै छ भने उनको कुरालाई खुब ध्यान दिएर सुन्नुहोस् ।
१६. प्रार्थनालाई खास ध्यान दिनु र पतिलाई पनि यसमा याद दिलाउँदै रहनु ।

स्रोतः- लेखकः- सफात आलम मुहम्मद जुबैर तैमी

अनुवादकः- मुहम्मद इब्राहीम खरेल

Related Post