अल्लाह एक हुनुहुन्छ, अल्लाह एउटै हुनुहुन्छ, अल्लाहलाई केही चाहींदैन, अल्लाहको कुनै सहयोगी छैन, अल्लाह जस्तो कोही छैन। न अल्लाहको कोही सचिव छन्, न कोही सल्लाहकार, न उसको श्रीमति छ, न अल्लाहको सन्तान छ, न माता पिता। अल्लाह हरेक चीजको ज्ञान राख्नेवाला हुनुहुन्छ। जे भैसक्यो र जे भएको छैन, यदि हुन्छ भने कसरी हुन्छ यो सबै जान्नेवाला अल्लाह हुनुहुन्छ।
अल्लाह हर चीजमा शक्तिमान हुनुहुन्छ र वहाँलाई कुनै शक्तिले पराजित गर्न सक्दैन, अल्लाह जे चाहनु हुन्छ गर्नु हुन्छ। अल्लाह तआलाको सम्पूर्ण विशेषताहरु र अल्लाहको जे जति पनि नाम छ ति नाम अनुसार अल्लाहको सानको लायक मान्नु पर्छ, जसरी अल्लाहको किताब र हदीसबाट प्रमाणित छ । जस्तैः ज्ञान, सुन्न सक्ने क्षमता, देख्ने क्षमता, इच्छा, वाणी, सातौं आसमान अर्श आदी । अल्लाह हरेक रातमा आसमानको अन्तिम तहमा उत्रनु हुन्छ । ईमानवाला क़ियामतको दिन अल्लाहलाई आफ्नो आँखाले देख्नेछ्न् ।
अल्लाह तआलाको सम्पूर्ण कार्य, कर्तव्यलाई त्यसरी नै मान्नु जुन वहाँको सानको लायक अनुसार छ। त्यसमा उल्टो पाल्टो पनि नगर्नु र बेकार पनि नसम्झिनु, अल्लाहको हालत बयान गर्नु पनि हुँदैन। केवल अल्लाह कै भक्ति गर्नुपर्छ। उसको भक्तिको साथ अरु कसैलाई सहभागि गर्नु हुँदैन। न अल्लाहको सिवाय कसैको सामने झुक्नु हुन्छ। न अल्लाहको सिवाय अरु कसैलाई माग्न सकिंन्छ। अल्लाहलाई कुनै चीजको आवश्यकता छैन, अरु सबैलाई हरेक चीजको आवश्यकता पर्छ। जस्तैः- खानु, पीउनु, सुत्नु, शारीरिक इच्छाको आवश्यकतालाई पुरा गर्नु, इत्यादी।
अल्लाहको सबै नबी हकमा थिए, हज़रत मुहम्मद सल्लल्लाहु अलैही व सल्लमको नबीहरु मध्ये श्रेष्ठ तथा उत्तम र अन्तिम रसूल हुनुहुन्छ। वहाँ माथि अल्लाहको तर्फबाट अवतरित ग्रन्थ सत्य हो, वहाँलाई हम्दको झण्डा दिइने छ। वहाँलाई हौज कौसरको जाम (सर्वत) पिलाइने छ। मृत्यु पछि सबैलाई जिवीत उठाइने छ। हिसाब किताब सत्य हो, इन्साफको तराजु, वा सिरात पुल, जहन्नम र जन्नत सत्य हो, यसमा ईमान अनिवार्य छ । पुण्य र पाप भाग्यमा लेखिको हुनेछ त्यो सत्य हो। कुनै पनि कुरा अल्लाहले भाग्यमा लेखिएको भन्दा फरक हुँदैन।
रसूलुल्लाह (सल्ल.)को समूदायमा सबैभन्दा सर्वोत्तम हज़रत अबू बक्र सिद्दीक रज़ि. हुनुहुन्छ। वहाँ पछि उमर फारुक रज़ि, त्यसपछि हज़रत उसमान रजि. (जुन्नुरैन), त्यसपछि हज़रत अली मुर्तज़ा, फेरी बाँकी अशरए मुबाश्शरह (ति दस सहाबी जसले संसारिक जीवनमा नैरसूलुल्लाह सल्ल. ले जन्नत (स्वर्ग) को खुशखबरी दिएको थियो) फेरि बदरको युद्धमा सहिद भएका थिए ति सहाबा फेरि बैअते रिज़वांवाला (सन् 6 हिज़रीमा रसूलुल्लाह सल्ल. र सहाबी समेतउमरा गर्न आउँदा हुदैबिया भन्ने ठाउँमा आएपछि हज़रत उसमान रज़िलाई मक्कामा सन्देशदिन पठाएको थियो तर यस्तो खबर आयो कि हज़रत उसमानलाई सहिद गरिदिए, यो खबर पाउनेबित्तिकै रसूलुल्लल्लाह (सल्ल.) ले मक्कावासीसँग युद्ध गर्ने निर्णय गर्दै हुदैबियाभन्ने ठाउँमा मुहम्मद (सल्ल.)को हातमा सबै सहाबीले बैअत गरेका थिए) फेरि सम्पूर्ण सहाबा रज़ि.
सम्पूर्ण साहबा न्याय गर्नेवाला थिए। सम्पूर्ण उम्महातुल मोमिनीन {रसूलुल्लाह (सल्ल.) की पत्नी} पवित्र थिइन। वलिको करामत हक हो तर त्यो अल्लाहको हकमा कुनै हकको हकदार छैन अर्थात उनिहरुलाई अल्लाहको आवश्यकता पर्छ। उनिहरु न नाफाको मालिक हो न नोक्सान।
सम्पूर्ण ठूला-ठूला इस्लामिक विद्वानहरु जस्तैः इमाम अबू हनिफ़ा रहिमः इमाम मालिक रहिमः इमाम शाफ्ई रहिमः इमाम अहमद बिन हम्बल रहिमहुल्लाह सत्यमार्गमा थिए। उनको जति पनि कोशिशहरु किताब वा सुन्नत अनुसार छ, उनीहरुमा त्यो पुण्य र बदलाको हक़दार छन्। जसमा उनको गल्ति भयो अल्लाह त्यसमा माफ गरुन। ती हदीसको अनुसरण गर्नु जरुरी छ। चारै धार्मिक किताब मध्य केवल कुनै एउटा धर्मशास्त्रको किताबलाई मात्र ईश ग्रन्थ मानी त्यसको मात्र अनुसरण गर्नु मुसलमानको लागि धार्मिक नियमले जायज होइन। रसूलुल्लाह (सल्ल.)को भनाई छः- “मैले तिम्रो बीच दुई चीज छोडेको छु जब तक तिदुबैमा अडिक र स्थिर रुपमा रहन्छौ भने तिमीहरु भड्कने छैनौं, त्यो हो अल्लाहकोकिताब कुरआन मजीद र मेरो सुन्नत” (सही हदीसहरु) यि हदीसहरु मुसलमानको लागि शरई कानून हो।
स्रोतः तालिमुल इस्लाम
लेखक- मुख़तार अहमद नदवी, अद्दारुस्सलफ़िया, बम्बई
अनुवादकः- मुहम्मद इब्राहीम खरेल
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


