इस्लाम भन्दा पहिले अरब महाद्वीपको स्थिती (पहिलो भाग, तेश्रो पोष्ट)
अरबको सामाजिक स्थिती
अरबका वासीन्दा विभिन्न श्रेणीहरु तथा जातिहरुमा विभाजित थिए । एउटा उच्च जातिका थिए, दोश्रो मध्यम जातिका थिए र तेश्रो दास वर्गका थिए । उच्च जातिहरुमा पुरूष र स्त्रीको सम्बन्ध अति प्रगतिशिल थियो, अरु वर्गमा भन्दा उच्च वर्गका महिलालाई केही बढी अधिकार प्राप्त थियो । उनको कुरा मानिथ्यो र उनको यति आदर-सम्मान एवं सुरक्षा हुन्थ्यो कि त्यसमार्गमा तरबार निकाल्थे । यस वर्गमा पुरूष र महिलाको सम्बन्ध विवाहद्वारा स्थापित हुन्थ्यो र यो विवाह केटीको अभिभावको निगरानीमा सु-सम्पन्न हुन्थ्यो, जबकि दोश्रो वर्गको संस्कार विभिन्न तरिका अनुसार हुन्थ्यो, जसलाई दुराचार, अश्लीलता, व्यभिचारको अतिरिक्त कुनै अरु नाम दिन सकिन्थ्यो ।
अरब बहुदेववादिहरुमा असिमित रुपमा बहुविवाहको प्रचलन थियो । मानिसहरु एकै पटक दुईवटी एकै क पटनिकाह (विवाह) गरी राख्दथे, साथै एउटै कोखका दिदी बहिनीसँग पनि निकाह गर्थे । बाबाले तलाक़ (छोड्पत्र) दिएपछि वा बाबाको मृत्युपछि छोराले आफ्नो सौतेली आमासँग पनि विवाह गर्दथे । अरबमा बाउ छोराको सम्बन्ध पनि विभिन्न किसिमको थियो कुनै त यस्तो थियो जो आफ्नो सन्तानलाई धेरै माया गर्दथे । उनीहरु भन्दथेः “हाम्रो सन्तान हाम्रो कलेजा हो जो पृथ्वीमा घुमफिर गर्दथे”
तर अरु केही यस्ता पनि थिए जो छोरी जन्मे लाज र निकाह (विवाह) मा खर्च गर्नु पर्ने डरले जिउँदै खोल्टो खनेर दफन ( गाड्ने) गर्दथे । जहाँसम्म सहोदर भाई, काकाको छोराहरु (भाईहरु) र अन्य जातिका पारस्पारिक सम्बन्धको मामला पक्का र सुदृढ थियो । किनकि अरबका मानिस सामुदायिक रुपमा जीउथे, त्यसैको लागि मर्दथे । उनीहरुमा यो भनाईको शाब्दिक अर्थ अनुसार पालन गर्दथेः “आफ्नो भाईको सहायता गर चाहे अत्याचारी होस् या पीडित ।”
जहाँसम्म विभिन्न समूदायको एक अर्काको सम्बन्धको मामला छ त्यो एक आपसमा टुटेको थियो। सारांशमा भन्नु पर्दा सामाजिक स्थिति कमजोरी अवस्थामा झरेको थियो । अज्ञान्ता समाजमा छाएको थियो। खुराफात (एकले अर्कालाई सिध्याउने) को अवस्था थियो। मानिस पशु समान जीवन बिताई रहेका थिए। महिला खरिद बिक्री हुन्थ्यो । कहिले काही उनीहरुमाथि ढुंगा र माटोलाई जस्तै व्यवहार गरिन्थ्यो ।
अरबको आर्थिक स्थिती
व्यापार नै अरबवासीहरुको मुख्य अर्थव्यवस्थाको मूल आधार थियो । यो सत्य हो कि व्यापारिक यातयात शान्तिपूर्ण वातावरण बिना सम्भव हुन सक्दैन । तर अरबमा शान्ति सुरक्षाको स्थिति यस्तो थियो कि हुर्मतवाला महिना बाहेक शान्ति सुरक्षाको केही आधार थिएन । यही कारणले अरबवासीहरु हुर्मतवाला ( प्रतिष्ठित महिना जुन महिनामा युद्ध गर्न मनाही छ) महिनामा नै अरबवासी अरबको प्रशिद्ध बजार ओकाज,जुल्मजाज र मजिन्ना आदीमा जान्थे । अरबवासीहरु कलाकौशलको बारेमा सारा संसारमा पछि थियो । अरब महिलाहरु सुत कातने, कपडा सिलाउने र छालामा रंगाउने आदी सानो तिनो पेशामा गर्दथे । त्यो धेरै जसो यमन, हीरा, र सीरियाको नजिक ईलाकामा थियो तर उनीहरुमा केही मात्रमा खेतीपाती र पशुपालन गर्दथे। दरिद्रता र भोकमरीको बीमार पुरा अरब समाजमा छाएको थियो ।
सद्-व्यवहार र सदाचार
यो एउटा तथ्य छ कि अज्ञानता युगका अरबवासीहरुमा विभिन्न नराम्रो आदत थियो, जस्तैः शराब पीउने, जुवा खेल्ने आदी पाइन्थ्यो तर उनीहरु मध्ये केही यस्ता व्यक्ति पनि थिए जुन धेरै प्रिय र उच्च आचरण पनि पाइन्थ्यो, उदाहरुणको लागि दानशीलता, प्रतिज्ञा-पालक, मान- मर्यादा, इरादाहरुलाई पूर्ति गर्ने, गम्भिरता थिए । माथि उल्लेखित गुणहरुको संक्षेपमा व्याख्या ।
(क) दानशीलताः जसमा मानिस गर्व गर्थे, हालत यस्तो थियो कि सख्त जाडो र भोकको अवस्थामा पनि घरमा कुनै अतिथि आए भने उनको साथमा आफ्नो एउटा ऊँट बाहेक अरु कुनै चिज छैन र त्यही उँटबाट उनको परिवारको जीविका छ चलेको छ भने पनि यस्तो स्थितीमा पनि उनीहरुमा अतिथिहरु सत्कार गर्न उत्साहित हुन्थे र आफ्नो त्यो उँट जबह गरेर पाहुनाको सत्कार गर्दथे ।
(ख) प्रतिज्ञा-पालनः प्रतिज्ञा-पालनको लागि अरबवासी आफ्नो सन्तनको रगत र घरबारको तहस नहस भए पनि तुच्छ समझिन्थे ।
(ग) मान-मर्यादाः स्वाभिमान तथा बहादुरी
(घ) ईच्छा पूर्तिः कुनै काममा आफ्नो सम्मान हुने ठान्थे भने त्यो कार्य पुरा गर्नलाई पूरा शक्ति लगाई दिन्थे ।
(ङ) गंभिरताः विनम्रता र सदाचारी र सद्-व्यवहार यी आचरण उनीहरुमा अति नै हुन्थयो । यसैगरी अरबका अर्को समूदायको बीच बयान र वाकपटुतामा परिपूर्ण थिए।
हामी सम्झिन्छौ कि अरब-द्वीपलाई सारा संसारको भोगोलिक महत्व प्राप्त थियो । यस बाहेक यही त्यो बहुमुल्य सद्-व्यवहार थियो, जसको कारण अरबवासी मानवजातिको नेतृत्व र विश्व सन्देशको बोझ उठाउनको लागि चुनिए ।
स्रोतः मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको क्रान्तिकारी जीवन (तेश्रो भाग)
लेखकः स़फ़ीउर्रह़मान मुबारकपूरी
वेब साइटको लागि अनुवादः मुहम्मद इब्राहिम