जन्नत प्रवेश हुने अन्तिम व्यक्ति

Out of Hell fire

जहन्नम (नर्क) बाट निस्कने अन्तिम जन्नती व्यक्ति

जन्नत प्रवेश गर्ने अन्तिम व्यक्तिको विशेषता कस्तो हुनेछ र उसको साथ अल्लाहले कस्तो उपकार गर्नु हुन्छ भन्ने बारेमा इस्लाम धर्म के हो ? भन्ने पुस्तकमा उल्लेखित सही मुस्लिमको हदीस तथा कुरआनको केही आयतहरुबाट छोटकरीमा तपाईहरु समक्ष यो प्रमाण पेश गर्दै छु।

हजरत अब्दुल्लाह बिन मस़ऊद(रज़ि) को बयानमा आएको छ कि रसूलुल्लाह (सल्ल.) ले भन्नु भयोः म राम्रोसँग जान्दछु सबै भन्दा अन्तिममा जहन्नुम (नर्क) बाट निक्लेर जन्नत (स्वर्ग) मा कुन चाहीं प्रवेश गर्छ । त्यो व्यक्ति हुन्छ जो घुँडा टेक्दै निस्किन्छ, तब अल्लाह तआला उसलाई भन्नु हुन्छ, जाउ जन्नत (स्वर्ग) मा गई हाल, ऊ जन्नत (स्वर्ग) को नजिक आउँछ, उसलाई यस्तो महशुस हुन्छ कि त्यो भरी सकेको छ, ऊ फेरी वापस फर्केर भन्छ, ए मेरो प्रभु ! मैले त त्यो ठाउँ भरिएको जस्तो देखें । अल्लाह तआला भन्नु हुन्छ जाउ जन्नत(स्वर्ग) मा प्रवेश गर, तिम्रो लागि त्यो भित्र संसारको दस गुना ठाउँछ । उ भन्छः के तपाई मसँग ठट्टा गर्नु हुन्छ, वास्तवमा तपाई त मालिक हो, बयान गर्नेवाला बयानकर्ता भन्नु हुन्छ कि मैले रसूलुल्लाह (सल्ल.) यति धेरै खुलेर हाँसेको देखें वहाँको हंसिलो मुहार देखिएको थियो । रावी (बयानकर्ता) को बयान छ कि भनिन्छ कि त्यो व्यक्ति जन्नतमा सामान्य दर्जावाला जन्नति(स्वर्गवासी) हुनेछ। (बुख़ारी, मुस्लिम)

सही मुस्लिममा यस बारेमा हदीसमा यस्तो किमिमले बयान गरिएको छः हज़रत अबूज़र (रज़ि) बर्णन गर्नु हुन्छ कि रसूलुल्लाह (सल्ल.) ले भन्नु भयोः म राम्रोसँग जान्दछु कि को सबैभन्दा अन्तिममा जन्नत (स्वर्ग) मा जानेछ र जहन्नम (नर्क) बाट निस्किन्छ, यो त्यो मानिस हुन्छ जसलाई कियामत (महाप्रलय) दिन अल्लाहको दरबारमा ल्याइने छ, फेरी उसको सामने उसँग भनिनेछ यसको साना पापहरु पेश गर र ठूलो पापहरु हटाऊ, उसको सामने उसका साना पापहरु पेश गरिन्छ र भनिनेछ तिमीले फलानो फलानो दिन फलानो फलानो पापहरु गरेका थियौ र फलानो फलानो दिन यस्तो यस्तो गरेका थियौ, उसले भन्ने छ, हजुर, बिलकुल गरेको थिए, उसले अस्वीकार गर्न सकेन, उसलाई डर हुन्छ की कहीं उसको ठूलो पापहरु उसको सामने पेश गर्छन् की । फेरी ऊसँग भनिनेछ, तिम्रो हरेक अपराधको बदला एक एक पुण्य दिइन्छ, उसले भन्छ ऐ अल्लाह मैले धेरै यस्तो पाप गरेको छु, जुन मैले यहाँ देखेको छैन, रावी भन्छन् मैले रसूलुल्लाह (सल्ल.) लाई देखें कि वहाँ यति खुलेर हाँस्नु भयो की वहाँको उज्जल अनुहार देखिएको थियो । जन्नत (स्वर्ग) मा सबै भन्दा अन्तिममा प्रवेश हुनेवाला व्यक्ति हुन्छ जब त्यो व्यक्ति सिरात पुलमा हिड्छ, कहिले घोप्टो परेर लड्छ, तब उसलाई आगोको सोलाले घेर्छ। जब उ पुल सिरात पार गर्छ तब फर्केर हेरेर भन्छ, धन्य छौ तिमी जसले मलाई तँ (जहन्नको आगो) बाट मुक्ति दिलायौ, अल्लाह तआलाले मलाई यस्तो चीज दिनु भयो जुन अगाडि र पछाडी अरु कसैलाई पनि दिएका छैन, तब उसको लागि एउटा अग्लो रुख उभ्याइनेछ, उसले भन्छ- हे मेरो रब (ईश्वर)! मलाई त्यो रुखको नजिक गरिदेऊ ताकि म त्यसको छाँयामा पाउन सकौं र त्यसको पानी पीउन सकौं, अल्लाह तआला भन्नु हुन्छ हे आदमको सन्तान यदि म तिमीलाई यो दिए भने अर्को चीज माग्न थाल्छौ, उसले भन्छ- हे मेरो रब (ईश्वर)! त्यस्तो हुँदैन र उसले प्रतिज्ञा गर्छ त्यो रुख बाहेक कुनै चीज माग्दिन, उसको ईश्वर पनि उसलाई लाचार सम्झिन्छन्, किनकि उसले यस्तो रुख जन्नत (स्वर्ग) मा देखि रहेको हुनेछ, जसले गर्दा उसको धैर्यताको बाँध फुट्न थाल्छ। अल्लाहले उसलाई त्यो रुखको नजिक गरि दिनु हुन्छ र उसले त्यसको छायाँ हासिल गर्छ, त्यसको जरुवा पानी पीउछ, फेरी उसले यस्तो रुख देख्न थाल्छ, जुन पहिलेको भन्दा धेरै राम्रो हुनेछ, उ भन्न थाल्छ- हे मेरो रब (ईश्वर)! मलाई त्यो रुखको नजिक गरिदेऊ ताकि म त्यसको जरुवा पानी पीऊ र त्यसको छायाँ हासिल गरौं, यस बाहेक म कुनै चीज माग्दिन, अल्लाह तआला भन्नु हुन्छ, हे आदमका सन्तान ! के तिमीले मसँग वाचा गरेका थिएनौ अरु कुनै कुरा माग्दिन भनेर, यदि मैले तिमीलाई यसको नजिक गरि दिए भने हुन सक्छ तिमी अरु कुनै चीज माग्न थाल्छौ होला, यस पटक उ अल्लाहसँग वाचा गर्छ अब अरु कुनै चीज माग्दिन र उसको ईश्वर पनि उसलाई लाचार सम्झिन्छन् किनकि उ यस्तो चीजलाई देखि रहेको हुनेछ त्यसलाई हासिल नगरेसम्म धैर्य गर्न सक्दैन, त उनले उसलाई त्यसको नजिक गरि दिन्छन्, उसले त्यसको छायाँ हासिल गर्छ र त्यसको पानी पीउँछ, फेरी जन्नत (स्वर्ग) को ढोका नजिक उसले एउटा रुख देख्छ, जुन पहिलेको दुई वटा रुख भन्दा ज्यादै बास्नादार हुनेछ, उसले भन्छ- हे मेरो रब (ईश्वर)! मलाई त्यो रुखको नजिक गरिदेऊ ताकि म त्यसको छायाँ हासिल गरौं र त्यसको जरुवा पानी पीऊँ, अब म यस बाहेक केही माग्दिन, अल्लाह तआला भन्नु हुन्छ, हे आदमका सन्तान ! के तिमीले मसँग वाचा गरेका थिएनौ अरु कुनै कुरा माग्दिन भनेर, उसले भन्ने छ, हो मेरो ईश्वर, अब म यो बाहेक केही माग्दिन, र उसको ईश्वर पनि उसलाई लाचार सम्झिन्छन् किनकि उ यस्तो चीजलाई देखि रहेको हुनेछ त्यसलाई हासिल नगरेसम्म धैर्य गर्न सक्दैन, उनले त्यसलाई त्यसको नजिक गरि दिन्छन्, जब उ त्यसको नजिक हुन्छ तब उसले पहिले जन्नत(स्वर्ग)मा गएकाहरुको आवाज सुन्नेछ, र विन्ती गर्छ- हे मेरो रब (ईश्वर)! मलाई यसमा प्रवेश गर्न अनुमती देऊ, अल्लाह तआला भन्नु हुन्छ, म तिमीसँग कसरी अलग हुन सक्छु ? के तिमी यसमा राजी छौ कि म तिमीलाई पुरै संसार दिऊँ र अरु त्यती नै। उसले भन्छ, हे मेरो ईश्वर ! के तपाई मसँग मजाक गर्नु हुन्छ जब की तपाई त यो संसारको पालनकर्ता हौ । यस पछि हजरत अब्दुल्लाह बिन मसऊद हाँसे । फेरी भने- के तपाईहरु मसँग हाँस्नुको कारण सोध्नु हुन्न कि म किन हाँसी रहेको छु ? स्रोताले भने बताउनु होस् तपाई किन हाँस्नु भएको हो ? वहाँले भन्नु भयोः रसूलुल्लाह (सल्ल.) पनि यसरी नै हाँस्नु भएको थियो। तब सहाबा (रज़ि) ले अनुरोध गरेका थिए कि हे अल्लाहको रसूल (सल्ल.) ! तपाई के कारणले हाँस्नु भएको थियो ? नबी (सल्ल.) ले भन्नु भयोः अल्लाह हाँसेको कारणबाट । जब उसले भनेको थियो कि हे अल्लाह ! के तपाई मसँग ठट्टा गर्नु हुन्छ जबकी तिमी त संसारको पालनकर्ता हो तब अल्लाह तआला भन्नुहुन्छ, मैले तिमीसँग ठट्टा गरेको छैन, म जे चाहन्छु त्यो गर्न सक्षम छु। (हदीस मुस्लिम)

 

स्रोतः इस्लाम धर्म के हो ?

लेखकः मुफ्ती मुहम्मद सरबर फारुक़ी नदवी (आचार्य)

अध्यक्षः जमीअत पयामे अम्न

अनुवादकः मुहम्मद इब्राहिम खरेल

Related Post