
नयाँ जिन्दगीको शुरुआतआत्मासमर्पण गर्नु वा आज्ञापालन गर्नु । ईश्वरको आदेशहरु मात्र मानिने अनि उनैको आज्ञापालन गर्नुलाई “इस्लाम” भनिन्छ ।
“इस्लाम” शब्दको अर्थ हो हुकुम मान्नु, आत्मासमर्पण गर्नु वा आज्ञापालन गर्नु । ईश्वरको आदेशहरु मात्र मानिने अनि उनैको आज्ञापालन गर्नुलाई “इस्लाम” भनिन्छ ।
जुन व्यक्तिले एकेश्वरवाद र यसका वास्तविक गुणहरु र यसका नियम कानुनहरु र यसका दण्ड वा पुरस्कारका बारेमा जान्दछ र हृदय देखि नै विश्वास गर्छ भने उसलाई इमान राख्ने व्यक्ति भनिन्छ । र यसैकारण मानिस “मुस्लिम” वा अल्लाहको आज्ञाकारी सेवक हुन्छ ।
इस्लामिक जिन्दगी एउटा आइडियल जीवन व्यवस्था हो । यो कुनै जात होइन । मुस्लिम हुनु भनेको अल्लाहको आदेश अनुसार सत्यमार्ग अपनाउनु हो र एउटै नियम र एउटै विधिका अधिनमा रहेर केवल एक अल्लाहको भक्ति, पूजा गर्नु हो। जात परिवर्तन गर्नु होइन। यो वंशाणु गुण वा व्यक्ति विषेशमा मात्र सिमित हुँदैन । ईश्वरको आज्ञा अनुसार जो कोही पनि सत्यमार्गमा हिड्न सक्छन् ।
अल्लाहको नजिक स्वीकार्य धर्म पनि इस्लाम नै हो । जसले एक अल्लाह बाहेक कोही सत्य पूजनिय छैन भन्ने कुरालाई आत्मा देखि स्वीकार गर्दछ भने उसले स्वर्गको ढोका खोल्ने साँचो हात पार्दछ। यस बाहेक इस्लामका पाँच आधार स्तम्भहरुमा आफू पूर्णरुपमा समर्पित हुनु पर्दछ। जस्तै कि कलमा, नमाज, जकात (दान), रोजा (ब्रत) र हज गर्नु आदि यी कुरा बिना कुनै पनि “मुस्लिम” पूर्ण हुँदैन अथवा अल्लाह तआलाको आज्ञाकारी भईदैन।
मेरो जन्म हिन्दु संस्कृतिमा २०४३ भाद्र १४ गते भयो र म त्यहाँको रीतिरिवाज र संस्कृतिमा हुर्कें बढें । तर आफुलाई र वरपरको वातावरणलाई बुझ्दै जाँदा हिन्दु धर्ममा धेरै अधुरो देखें। त्यसैले मेरो मनमा अनेकौं कुराहरु खेल्न थाल्यो ।
मैले सोच्न थाले की एउटा देशको राष्ट्र प्रमुख एक भए जस्तै सारा संसारको पनि सृष्टिकर्ता वा निर्माता पनि एक हुनुपर्छ। उनी त सर्वशक्तिमान, सत्यस्वरुप सबै कुराको ज्ञाता हुन् उनले नै सारा संसार, जीव, वनस्पति आदि सृजना गरेका हुन् । हामीले मूर्तिमा ईश्वरको रचना गर्ने हाम्रो सामार्थ्य हुनै सक्दैन भन्ने कुराको मलाई ज्ञान भयो।
ईश्वरको न त कुनै सन्तान छ, न कुनै आमाबुबा नै छन् । हामीहरु सबै उनका आज्ञा मान्ने सेवक हौ। त्यसैले बिना कुनै स्वार्थ र डर मैले वास्तविक ईश्वरको आदेश अनुसार चल्ने प्रयाश गरेको छु । किनकि इस्लाम धर्ममा शुद्धता र प्रमाणहरु पनि छन् जुन अल्लाहको किताब “कुरआन” र उनका अन्तिम दूत हजरत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) का उपदेशबाट प्राप्त गर्दछौं। साँचो र अन्तिम धर्म पनि इस्लाम नै हो।
हामी जुन आशा राखेर मूर्ति पूजा गर्छौ त्यो कुनै लाभदायक छैन। मृत्यु पछिको वास्तविक जीवनको लागि यो लाभकारी हुँदैन। यसले हानी पुर्याउँछ किनकि ईश्वरसँग कसैको साझेदारी गर्नु अपराध र पाप हो।
एक अल्लाहको भक्ति पूर्णरुपले गरेमा मात्र मानिस सफल हुँदोरहेछ जुन कुरा मैले आफूमा पनि महशुस गरेको छु। त्यस्तो व्यक्ति जहाँ गए पनि एक्लो हुँदैन र ईश्वरको आशिर्वाद संधै पाई रहन्छ।
यो जीवन र मृत्यु पछिको जीवनमा फाइदा हुन्छ। हरपल अल्लाहको मात्र डर हुन्छ। दुःख आपत पर्दा कोही न कोही मद्दत गर्न आएको हुन्छ। यो पनि उनै अल्लाहको आशिर्वाद हो। अलहम्दुलिल्लाह अहिले म सँग भएको धन सम्पत्तिहरु सबै उनै ईश्वरले नै दिएका हुन्। मेरो शरीर पनि उनैको नासो हो। आर्थिक हिसाबले पनि कुनै अभाव छैन। परिवारमा पनि सुख र खुशी छाएको छ। समय समयमा गरेको दान(जकात)ले समाजमा छुट्टै इज्जत पाएको छु।
प्रत्येक दिनको पाँचचोटीको नमाज़ले अल्लाह तआलाको नजिक हुने मौका पाएको छु। आफूलाई लज्जाहिनता र दुष्कर्मबाट अलग राखेको छु अल्हम्दुलिल्लाह, मेरो हरेक काममा फाइदा र दुःख निवारण भएको छ जुन यो भन्दा अघि अनेकौं देवी देवता पूज्दा खेरि भएको थिएन। म अहिले कुनै रोजगारीमा लागेको छैन तर पनि कहिं कतैबाट धन लाभ भइनै रहन्छ।
यो सबै एक अल्लाहको आशिर्वाद हो जुन उनको आज्ञाकारी सेवक भएको कारणले, रोजीरोटी उनैले दिएका हुन्। साथै नमाज़ पढ्दा शारीरिक व्यायमबाट हुने फाइदा पनि भएकै छ। स्वास्थ पनि राम्रो भएको छ। अल्हम्दुलिल्लाह, ब्रत बस्नाले स्वास्थ्य राम्रो हुनुको साथै गरीब दुःखीहरुले बेहोर्ने भोक र तिर्खाको महशुस पनि भएको छ। पवित्र कुरआन (अन्तिम ग्रन्थ) तथा हदीसको अध्ययनबाट मैले जीवन बिताउने कल्याणकारी मार्गदर्शन प्राप्त गरेको छु। हिन्दु धर्म मान्दा मैले यस सम्बन्धी केही बुझेको थिइन। हाम्रो जन्म, जीवन, मरण सबै ईश्वरीय नियम अनुसार हुन्छन् भन्ने कुरालाई प्रमाण सहित नजिकबाट बुझ्ने मौका पाएँ। यो पनि एउटा ठूलो उपलब्धि नै हो।
अल्हम्दुलिल्लाह मेरो नयाँ जिन्दगीको सुरुआत अल्लाहको नामबाट भयो। इन्शाअल्लाह, अन्त्य पनि उनैको नामबाट हुनेछ। अल्लाहले आफ्नो असल भक्तसँग बेला-बेलामा परिक्षा लिनु हुन्छ, त्यो परिक्षामा सफल हुन धैर्यता र सहनशक्तिको खाँचो हुन्छ। अल्लाहको तर्फबाट जीवनमा आइपर्ने हरेक परिक्षामा दुःख, कष्टमा, कर्तव्यनिष्ठता, ईमान्दारिता, बुद्धिमतापूर्ण तरिकाले म सफल हुनेछु, इन्शाअल्लाह।
त्यसैले उनै एक अल्लाहको लागि नै सबै प्रकारका प्रशंसाहरु छन् अल्लाह तआलाले हामीलाई सत्यमार्ग देखाउन। (आमिन) !
लेखिकाः- हसना बस्नेत
स्रोतः- मधुर सन्देश- (2012 मार्च, पेज नं. 12 तद्अनुसार वि. सं. २०६९ चैत्र)
प्रस्तुतकर्ता- मुहम्मद इब्राहीम खरेल
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali

