आज हामी हाम्रो जीवनकोलागि केही महत्वपूर्ण कुराहरुको बारेमा शिक्षा ग्रहण गर्ने छौं । पहिलेका जमानाको मानिसहरु शिक्षाको लागि गुरुको घर जान्थे। एउटा गुरूसँग शिक्षा लिए पछी अर्को गुरूसँग जान्थे। यस्तै प्रकारको यो एक सही कहानी हो। गुरू र चेला (छात्र) बिचमा भएको यो संबादलाई ध्यानसँग पढ्नुहोस् र यस शिक्षाबाट आफ्नो जीवनमा फाईदा लिनुहोस्।
गुरू र चेला (छात्र) बिच भएको कुराकानी
गुरूः- तिमी कती बर्ष देखी मेरो साथ बसेका छौ ?
चेलाः- ३३ बर्ष
गुरूः- यस अवधिमा तिमीले के शिक्षा पायौ ?
चेलाः- ८ कुराको ज्ञान प्राप्त गरें
गुरूः- गुरूले दुःख व्यक्त गर्दै भन्नुभयो, तिम्रोसाथ रहँदा मेरो
उमेर खत्तम भईसक्यो तर तिमीले जीवनमा मात्र आठ कुराको
शिक्षा लियौ।
चेलाः- मान्य गुरूवर, मैले केवल त्यत्ति मात्र ज्ञान प्राप्त गरेको छु र म
झूटो बोल्न चाहन्न।
गुरूः- जो सिकेका छौ मलाई बताउ।
पहिलो कुरा
मैले मानवको बारेमा चिन्तन गर्दा यो कुरा थाहा पाए कि हर कोही आफ्नो प्रियलाई प्रेम गर्दछन् तर आफ्नो मृत्युपछी उसलाई छोडेर जान्छन्। यसैले मैले पुण्यलाई आफ्नो प्रिय बनाए किनकी जब मेरो मृत्यु पछी त्यो मेरो साथ होस्।
दोश्रो कुरा
मैले अल्लाहको यस कथनमा बिचार गरें “तर जो आफ्ना पालनकर्तासामु उपस्थित हुन डराएको हुनेछ र आफ्नो मनलाई कुअभिलाषाबाट बचाएको हुनेछ, स्वर्ग (जन्नत) नै उसको बासस्थान हुनेछ”(सूरः ७९ आयतः ४०,४१)
यसकारण मैले आफुलाई गलत कार्यबाट टाढा राख्न धेरै संघर्ष गरें। अब मेरो हृदय अल्लाहको आज्ञामा लागिरहन्छ।
तेश्रो कुरा
मैले मानवमा बिचार गर्दा यो कुरा थाहा पाए कि आफ्नो बहुमूल्य सामानलाई सुरक्षित गरेर राख्छन् किनकी त्यो सामान नहराओस् भनेर, फेरी मैले अल्लाह तआला को यस कथन लाई बिचार गरे ” तिमीहरुसित भएको (धन-सम्पति) समाप्त हुनेवाला छ र जुन चीज अल्लाहसित भएको बाँकी रहनेछ। र हामी धैर्यधारण गर्नेहरुलाई तिनका सत्कर्महरुको सर्वोत्कृष्ट प्रतिदान प्रदान गर्नेछौं”। (सूरः१६ आयत ९६)
जब मलाई मूल्यवान पदार्थ प्राप्त हुन्छ, म त्यो पदार्थ अल्लाहको लागि वलिदान गर्दछु किनकी त्यो वहाँले आफ्नो साथ सुरक्षित राख्नुहुन्छ।
चौथो कुरा
मैले मानवको बारेमा बिचार गर्दा थाहा यो पाए कि हरेक व्यक्ति आफ्नो धन-दौलत, जातीय भेदभावमा घमण्ड गर्दछन् फेरी मैले अल्लाहको यस कथनलाई बिचार गरें”ए मानव। हामीले तिमीहरुलाई एक पुरूष तथा एक स्त्रीबाट सृष्टि गर्यौ र तिमीहरुका विभिन्न जाति तथा वँश बनायौं ताकि तिमीहरु एक अर्कालाई चिन्न सक। वास्तवमा अल्लाहको दृष्टिमा तिमीहरुमध्ये सर्वाधिक प्रतिष्ठित त्यो व्यक्ति हो जो तिमीहरुमध्ये सबैभन्दा अधिक ईशभय राख्छ।”
(सूरः ४९ आयतः १३)
तेसैले म आफ्नो काम प्रति अल्लाहको डर राख्छु किनकी अल्लाहको प्रतिष्ठित बन्न सकियोस्।
पाँचौं कुरा
मैले मानिसहरुले एक अर्कामा गाली र झगडा गरेको देखें, यसको वास्तविक कारण ईर्ष्या हो। फेरी मैले अल्लाह तआलाको कथनलाई बिचार गरें “हामीले संसारिक जीवनमा यिनीहरुबीच यिनका जीविकालाई बाँडिदिएका छौं”(सूरः४३ आयत३२)
त मैले ईर्ष्या छोडिदीए र सम्झिए कि धन-दौलत अल्लाहको तर्फबाट हो र हामी अल्लाहको भागवण्डाबाट खुशी छौं
छैठौं कुरा
मैले मानवलाई देखें कि उनिहरु एक अर्कामा रिस,राग राख्छन्, एक अर्कामा अत्याचार गर्दछन्, एक अर्कामा रक्तपात गर्दछन्। फेरी मैले अल्लाह तआलाको कथनलाई विचार गरें “शैतान तिमीहरुको शत्रु हो। अतः त्यसलाई शत्रु नै जान″ ।
(सूरः३५ आयतः६)
तब मैले मानवसँग दुश्मनी छोडिदिए र शैतानसँग दुश्मनी गर्न थाले।
सातौं कुरा
मैले मानवको तर्फ विचार गरेर हेरे र थाहा पाए कि सबैजाना रोजगारीको खोजीमा संलग्न थिए र रोजगारीको खोजीमा खुब होसीयार गर्दथे र जीविकाको कारण नराम्रो पथमा चल्न लाग्छन्, तब मैले अल्लाहको कथनमा विचार गरें “अनि धर्तीमा हिंडडुल गर्ने कुनै यस्तो प्राणी छैन जसको जीविकाको भार अल्लाहमाथि नहोस् “(सूर ११, आयतः६)
तब मैले पनि थाहा पाए कि म पनि अल्लाहको जीवनधारी प्राणी मध्ये एक हूँ त मैले आफुले आफुलाई त्यस चीजबाट टाढा राखें जो उसको साथ थियो र बेकार चीजबाट पनि टाढा रहें।
आठौं कुरा
मैले मानवमा विचार गर्दा यो कुरा थाहा पाए कि हर व्यक्ति हर व्यक्ति मा विश्वास गर्दछन्। उसको धन-दौलतमा निर्भर गर्दछन्, उसको सामाग्रीमा विश्वास गर्दछन्, उसको स्वास्थ्यमा विश्वास गर्दछन्। मैले अल्लाहको यस सम्बन्धमा व्याख्या गरें “जसले अल्लाहमाथि भरोसा गर्नेछ उनी त्यसकोलागि पर्याप्त हुनेछन्। (सूरः६५ आयतः ३)
तब मैले मानवमाथि भरोसा गर्न छोडेर एक अल्लाहमाथि भरोसा गर्छु।
शिक्षक-अल्लाहले तपाईको काममा प्रगति गरून, म तिमीसँग प्रशन्न छु।
Source:- http://cutt.us/44pWg
अनुवादकः मुहम्मद इबराहीम
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


