दिसा पिसाब गरेपछि कसरी पवित्रता प्राप्त गर्नु पर्छ, पानी नभएको अवसथामा के गर्नु पर्छ र कसरी मानिसले आफुलाई अपवित्रताबाट सुरक्षित राख्न सक्छ। यस्ता महत्वपूर्ण विषयमा इस्लामी निर्देशनहरु छन् जसलाई ध्यानपूर्वक पढेर तिनलाई आ-आफ्नो दैनिक जीवनमा प्रयोगमा पनि ल्याउनु हुनेछ भन्ने आशा गरेका छौं । यस बारेमा लेख्नुको खास कारण यो हो की केही व्यक्तिहरु अज्ञानता वस महत्व नदिईकन धार्मिक कृयाकलापमा संलग्न देखिन्छन् भने कोही दिसा पिसाबलाई रोकेर हतार हतार नमाज पढ्न जमात(समूह)मा सामेल हुन चाहन्छन् तर उनीहरुलाई यति पनि थाहा हुँदैन न कि यस्तो परिस्थितीमा नमाज स्वीकार हुँदैन । यस सम्बन्धमा एउटा हदीसमा छः “यदि तिमीहरुमध्ये कसैलाई शौचालय जान आवश्यक छ र अर्को तर्फ नमाज शुरु भइसकेको छ भने अगाडि शौचालय जाओस् ।” (अहमद. अबू दाऊद र नसाई)
पानीबाट पवित्रता प्राप्त गर्नुहोस् अर्थात् दिसा पिसाबपछि पानी प्रयोग गर्नुहोस् । पानी उपलब्द नभएको अवस्थामा स-साना ढुंगा वा माटोको ढेला सर सफाईको लागि प्रयोग गर्नहोस् जो तीन(३) भन्दा कम नहोस् ।यदि पानी र स साना ढुंगा दुबै प्रयोग गर्नु छ भने अघि ढुंगा फेरि पानी प्रयोग गर्नुहोस् । हाड वा गोबरको गुइठा पवित्रताको लागि प्रयोग नगर्नुहोस् । यस सम्बन्धमा हदीसमा भनिएको छः “हाड र गोबरलाई पवित्रताको लागि प्रयोग नगर किनभने त्यो तिम्रा भाई जिन्न प्राणीको खाना हो।” (तिर्मिज़ी)
दिसा पिसाब गर्ने बेलामा आफ्नो गुप्ताङ्गलाई दाहिने हातले नछुनु र दाहिने हातले धुन पनि मनाही गरेको छ । दिसा पिसाब पछि आफ्नो हातलाई साबुन पानीले धुनुहोस् । शौचालय नभएको खण्डमा यदि खेत, खल्यान वा खुल्ला ठाउँमा दिसा पिसाब गर्नु पर्यो भने मानिसहरुले देख्ने ठाउँमा नबसी मानिसहरुले नदेख्ने ठाउँमा बस्नुहोस् । शौचालय पस्दा आफ्नो साथ कुरआन वा कुनै धार्मिक ग्रन्थ लिएर नजानुहोस् जसबाट उक्त ग्रन्थको अपमान होस् । यदि हराउने डर छ भने सामान सुरक्षित राख्ने ठाउँ बनाइएको हुन्छ त्यहाँ राख्नुहोस् । शौचालय जाँदा पहिले देब्रे खुट्टा भित्र राख्नु होस् अनि दाहिले गोडा भित्र राख्नुहोस्।
शौचालय पस्ने बेला यो दुआ पढ्नु : अल्लाहुम्म इन्नी आऊजोबिक मिनल् खुब्से वल्-खबाइस् भन्नुहोस् ।
अर्थ- हे अल्लाह म अपवित्र जिन्नहरु र उनीहरुकी श्रीमतीहरुसित तपाईको शरण चाहन्छु।
निस्कने बेला पहिले दायाँ खुट्टा बाहिर निकाल्नु र यो दुआ पढ्नुहोस् : ‘गुफ्रानक‘ भन्नुहोस् ।
अर्थ- तपाईको क्षमा चाहन्छु।
दुलोमा दिसा-पिसाब गर्न अवैध छ, किनभने त्यस भित्र रहेको विषालु किराले टोक्न सक्छ। खुल्ला ठाउँमा दिसा-पिसाब गर्दा किब्ला (मक्का) तिर अनुहार तथा पिठ्यूँ फर्काउनु हुँदैन। तर घर भित्र रहेका शौचालयहरुमा त्यसो गर्दा केही फरक पर्दैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छः “दिसा-पिसाब गर्दा किब्लातिर अनुहार र पिठ्यूँ नफर्काऊ।” (हदीस- बुखारी : ३८६, मुस्लिम : २६४)
दिसा-पिसाब गर्दा उभिएर गर्नु हुँदैन, नरम जमीनमा बसेर गर्नुपर्छ किनभने त्यसको छिटाहरु लुगा र गोडामा पर्न सक्छ, यदि होसियारी गर्दा पनि कतै लागेको छ भने त्यसलाई धुनुपर्छ। दिसा-पिसाब गरिसकेपछि दुईवटा कुरालाई ध्यान दिनुपर्ने हुन्छ- दिसा पिसाब गर्दा कुराकानी गर्नु हुँदैन र मलमुत्रलाई सफा गर्दा देब्रे हातलाई प्रयोग गर्नु पर्छ ।
पिसाबबाट राम्ररी पवित्रता प्राप्त गर्नुहोस् । पिसाबको थोपाबाट जोगिनुहोस् किनकि यसमा लापार्वाही गर्नाले चिहानमा कडा यातना दिइन्छ । यस सम्बन्धमा इब्ने अब्बास रज़ियल्लाहु अन्हुमाद्वारा वर्णित एउटा हदीस छः अल्लाहको रसूल सल्लल्लाहु अलैही वसल्लमले चिहान (कब्रस्तान) जाने बेलामा भन्नु भयोः “यी दुबै चिहानमा भएका मानिसहरुलाई यातना भई रहेको छ । तर यो कुनै ठूलो कारणले होइन । फेरी दुबै मध्ये एकको सम्बन्धमा भन्नुभयो। त्यो पिसाबको थोपाबाट जोगीदैनथ्यो।” (बुखारी)
बालकले पिसाब गरेको भए उसको पिसाबमाथि पानी हाले हुन्छ तर यदि बालिकाले पिसाब गरेको छ भने त्यसलाई राम्रोसँग धुनु पर्छ ।
पिसाब गरिरहेको मानिसलाई एककासी नमाही नगर्नुहोस् किनकि पिसाब रोक्दा पिसाब सम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ । एक पटक एउटा गाउँलेले मस्जिदको एउटा कुनामा पिसाब गर्यो त्यसबेला नबी (सल्ल.) र साहाबाहरु त्यस समय त्यही मस्जिदमा थिए । साहबाले उसलाई हप्काउने थाले तर नबी सल्लल्लाहु अलैही वसल्लमले भन्नु भयोः “त्यसलाई छोडी देऊ र उसले पिसाब गरेको ठाउँमा पानी हाली देऊ।” (बुखारी)
अल्लाहले हामी सबैलाई पवित्र कुरआन र सही हदीसको तरिका अनुसार जीवनयापन गर्ने सच्चा भक्त बनाउन् । (आमीन)
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali

