दीन (धर्म) का खातिर हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम

 दीन (धर्म) का खातिर

दीन (धर्म) का खातिर हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम

        दीन (धर्म) का खातिर हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले  के के गर्नु भयो, ती दीन (धर्म) नियमहरु किन पालना गर्ने र यदि ति नियम पालना नगरे के हुन्छ ? यस बारेमा तपाई समक्ष हामी प्रस्तुत गर्नेछौं।

       हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले दीन (धर्म) का खातिर लागु गरेका जीवन प्रणाली र सन्देश अल्लाहका फरिश्ता जिब्रील अलै. को माध्यमाबाट पठाइएको थियो त्यही दीनको नाम इस्लाम थियो । इस्लाम ईश्वरद्वारा चुनिएको दीन (जीवन प्रणाली) हो । ईश्वरले चुनेको जीवन प्रणाली मानिसको लागि एक मात्र सत्यमार्ग तथा परलोकमा मुक्तिको साधन हो ।

     इस्लामको अर्थ हो आफुले आफुलाई ईश्वरको मार्गमा समर्पण गर्नु । जो व्यक्तिले आफुले आफुलाई ईश्वर समक्ष समर्पण गरे, उनले दिएको जीवन प्रणालीलाई पूर्ण रुपबाट अपनाउँछ उसलाई मुस्लिम भनिन्छ । अर्थात ईश्वरको आदेशलाई मान्नेवाला र उनले बताएको नियमानुसार जीवन व्यथित गर्ने ।

     पहिलोः इस्लामको पहिलो सन्देश हो ईश्वर संसार र त्यसमा भएका सबै वस्तुहरुका सृष्टिकर्ता हुन्। उनको ईश्वरत्वमा कोही अन्य साझेदार छैनन्। पृथ्वी देखि आकाशसम्म उनकै शासन छ। सुर्य उनकै आद्श अनुसार उदय हुन्छ र उनकै आदेश अनुसार अस्त हुन्छ । आकाश उनको आज्ञा उल्लङ्घन गर्न सक्दैन र धर्ति पनि उनकै आज्ञाकारी हो। फल फुल रुख विरुवा तथा अन्न उनले उब्जाएर उब्जिने हो। खोला, पहाड र जंगल सबै उनैले बनाएका हुन्। सम्पूर्ण मानव, जनावर, चरा स-साना किरा देखि सुक्ष्मदर्शक यन्त्रले हेर्नु पर्ने जीव जिवाणुलाई पनि उनैले सृष्टि गरेका हुन्। न उनको सन्तान छन्, न उनी कसैका सन्तान हुन्।

     दुःख,पीडा र खुशी सबै उनैले दिन्छन्। उनैले रोगी बनाउँछन् र उनैले निको पार्छन्। सारा ब्रह्माण्ड उनैले रचना गरेका हुन्, उनैले चलाएका छन्, उनैले हाम्रो आवश्यकताहरु पुरा गर्छन् र उनै हाम्रा पूज्य हुन्। उनी बाहेक अरु कोही पूजा गर्न लायक छैनन्, एक ईश्वर बाहेक अरुको पूजा गर्नु महापाप हो । ईश्वरप्रति यही धारणालाई एकेश्वरवाद (तौहीद) भनिन्छ। इस्लाम शब्दको पहिलो भाग (लाइलाहा इल्लल्लाह) को अर्थ यही हो।

   दोश्रोः ईश्वरले आकाश र पृथ्वीको कार्यलाई पूर्ण गर्नका लागि धेरै यस्ता सृष्टिहरु गर्नु भएको छ जुन हामीले देख्न सक्दैनौं। ईश्वरले फरिश्ता पनि सृष्टि गर्नु भएको छ, जसले रात दिन ईश्वरको आदेशलाई पुरा गर्न लागि रहन्छन्। उनीहरुमा कोही ईश्वरीय शक्ति छैन र न उनीहरु ईश्वर नै हुन् । उनीहरुको व्यक्तिगत केही शक्ति हुँदैन, जे जति छ ईश्वरको आदेशबाट छ, फरिश्ता माथि ईमान इस्लामको दोश्रो भाग हो ।

    तेश्रोः यो हो कि भक्त आफ्नो ईश्वरको धर्म अनुसार जीवन व्यथित गर्नु, तथा सत्यनुकरण गर्नको लागि हरेक युगमा एक संन्देशबाहक बन्थे । पैगम्बर(ईश दूत) मानिस मध्येबाट नै चुनिन्थ्यो । उनीहरु मानिस नै हुन्थे, ईश्वर हुँदैनथे मात्र उनीहरु समक्ष ईश्वरको वाह्य अर्थात ईश्वरको आदेश आउँथ्यो । त्यो वाह्य फरिश्ताले ल्याउँथ्यो । ईश्वरको जति रसूल आउँथे सबै सच्चा र ईश्वरद्वारा चुनिएका हुन्थे। ति रसूलको शिक्षा पछि मानिसले भुल्थे या ईश्वरको वाह्या अर्थात ईश्वरको आदेशलाई पछि आफुखुशी थपघट गर्थे। संसारका लागि अन्तिम रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लम हुन् ।

    चौथोः ईश्वरले फरिश्ताको माध्यमबाट जुन पवित्र पुस्तकहरु तौरात, जबुर, इन्जिल अवतरित भएको सत्य किताब हो। वास्तवमा यसलाई स्वीकार गर्नेवालाहरुले यसलाई कांटछाँट गरे पनि। सबै भन्दा अन्तमा पवित्र कुरआन अवतरित भयो । यस किताबको एक एक शब्द सुरक्षित छ। कुरआन वाह्यको रुपमा थोरै थोरै गरी  रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लम माथि अवतरित भएको हो। पहिलो पटक वाह्य हिरा नामको गुफामा अवतरित भएको थियो जुन ठाउँमा वहाँ ईश्वरलाई याद गरि रहनु भएको थियो।

    पाँचौः इस्लामी धारणाको पाँचौं र अन्तिम स्तम्भ मृत्युपछि मिल्ने जिन्दगीलाई (कियामत) न्याय दिवस भनिन्छ। यस धारणाको यो हो कि मृत्युपछि सबै मानव जातिलाई जीवित गरिने छ। सम्पूर्ण मानव ईश्वर समक्ष उपस्थित गराइनेछ. त्यहाँ हरेकको आ-आफ्नो कर्म अनुसार राम्रो वा नराम्रो प्रतिफल पाइनेछ। इस्लामको यही पाँच मौलिक धारणा छन् । जसले इ धारणालाई मान्छ, यसै नियमानुसार जीवन व्यथित गर्छ उसलाई मोमिन (आस्थावान) भन्दछन् । जसले यस धारणालाई अस्वीकार गर्छ र यसलाई लत्याउँछ उसलाई काफिर( अस्वीकार) गर्नेवाला भनिन्छ, मोमिनको अर्थ हुन्छ- स्वीकार गर्नेवाला । यी पाँच धारणाहरुलाई दुई शब्दमा बोलेर स्वीकार गरिन्छ त्यसैलाई कलमा तय्यिब्बा भन्दछन् । त्यो यस प्रकार छः ला इलाह इल्लल्लाह मुहम्मदुर्रसूलुल्लाह

    अर्थः ईश्वर बाहेक कोही पुज्य छैनन् र हज़रत मुहम्मद ईश्वरका रसूल हुन् । पारलौकिक सफलताको लागि यस कलिमा (शब्द) लाई पढ्नु र यी पाँच कुरामा विश्वास राख्न आवश्यक छ। सबै पैगम्बरले आफ्नो आफ्नो युगमा मानिसहरुलाई यहि शिक्षा दिएका थिए जुन व्यक्तिले एक ईश्वरलाई मान्दैन र पैगम्बरलाई पैगम्बर मान्दैन उसको वासस्थान नर्क हुनेछ र जसले एक ईश्वर मान्छ र पैगम्बरलाई ईश्वरको पैगम्बर मान्छ उसको वासस्थान स्वर्ग हुनेछ । उ त्यहाँ संधैभरी आरामसँग रहनेछ। तौहिद र रिसालतलाई अस्वीकार गर्नु भनेको पैगम्बर पैगम्बरलाई झुटो साबित गर्नु हो । जसको सजाया मृत्युपछि जीवनमा धेरै नै कठिन र कडा हुनेछ ।

    इस्लामको आदेश हजरत मुहम्मद सल्लल्लाहु अलैही व सल्लमको जीवनमा बिस्तारै बिस्तारै अवतरित भएको हो । पाँच मौलिक आधारको साथ इस्लाममा दिनमा पाँच पटक नमाज पढिन्छ, वर्षमा एक पटक रमदानमा एक महिना रोजा (ब्रत) बस्ने, आर्थिक क्षमता हुनेले जकात दिने र आर्थिक र शारिरिक क्षमता भए जीवनमा एक पटक  अनिवार्य हज गर्ने आदेश दिएको छ । साधारणतय बोलचाल भाषामा यी चारै कार्यलाई उपासना भनिन्छ । यी आदेशहरु सबै एकै साथ लागु भएको होइन बिस्तारै बिस्तारै अवतरित भएको हो । जानी बुझी यि कार्यहरुलाई छोड्नेलाई सजाय हुनेछ।

स्रोतः आदर्श जीवन (हजरत मुहम्मद सल्ल. को पवित्र जीवनी)

लेखकः असअद इस्राईली

अनुवादकः मुहम्मद इब्राहीम

Related Post