नबी (सल्ल.) को वंश र परिवार (दोश्रो भाग, तेश्रो पोष्ट)
बनी सादः अरबमा यो परम्परा थियो कि उच्च खान्दानका महिला आफ्नो बच्चालाई दुध पिलाउनको लागि देहाती (गाउँमा) धाई आमालाई पठाउने गर्दथे ताकि बच्चा शहरी रोगबाट टाढा रहुन् र उनलाई उनको शरीर स्वास्थ्य र पुठ्ठा बलियो होस् र बाल्य अवस्थामा नै राम्रो अरबी सिक्न सकुन् ।
यही परम्परा अनुसार अब्दुल मुत्तलिबले दूध पिलाउने वाली धाई खोजी गरे र नबी (सल्ल.) लाई हलिमा बिन्ते ज़ुवैब सादियाको जिम्मा दिए । रसूल (सल्ल.) को दूधमा सहभागी भाई बहिनीहरु मध्ये अब्दुल्लाह बिन हारिस र ज़ुजामा बिन्ते हारिस हुन् जसको उपाधि शैमा थियो ।
धार्य-कर्मको बीच हलीमाले नबी (सल्ल.) यस्तो शुभ संकेतको अनुभव गरिन कि उनलाई आश्चार्य चकित भइन । जुन समय मुहम्मद (सल्ल.) लाई जिम्म लिइन त्यसै समय देखि हलीमाको दुबै स्तनबाट दूध रसाउन थात्यो, उनको बाख्रा मोटा भए, तिनको थुनमा दूध भरिन थाल्यो, यहाँसम्म कि उनको चरणमा खुब घाँस निस्किन थाल्यो । त्यो भन्दा पहिले जमीनमा अकाल पर्थो, बिस्तारै बिस्तारै उन्नती प्रगति हुँदै गयो, जब नबी (सल्ल.) दुई वर्षका भए, तब धाई आमाले उनलाई आफ्नो आमा आमनाको साथ ल्याइन तर उनको इच्छा थियो केही दिन मुहम्मद (सल्ल.) उनको साथ रहुन, हलीमाले धेरै करकाप गरेपछि नबी (सल्ल.) लाई दोश्रो पटक हलीमाको साथ देहात लिएर आइन् र नबी (सल्ल.) को धार्य-कर्मको अवधी समाप्त भएपछि पनि बनू-साद मै रहन लागे यहाँसम्म कि चार या पाँच वर्षमा शक़्क़े सदर (Open Heart Surgery) को घटना घट्यो ।
सहीह मुस्लिममा हजरत अनस (रज़ि) बयान गर्दछन् कि रसूल (सल्ल.) को छेउ जिब्रील (अलै.) आए, नबी सल्ल. बच्चाको साथ खेलीरहेका थिए । जिब्रील (अलै.) ले उनलाई समातेर सुताए र छाती चिरेर मुटु निकाल्नु भयो, फेरी मुटुबाट एउटा लोथडा निकालेर भनेः “यो तिमीहरुको शैतानको भाग हो”
फेरी मुटुलाई एउटा तश्त (थाली) मा राखेर ज़मज़मको पानीले धोए, फेरी त्यसलाई जोडेर त्यसै ठाउँमा राखिदिए । यता बच्चाहरु दौडेर वहाँलाई दूध पिलाउने धाई आमाको छेउ पुगेर भन्न लागे- “मुहम्मदको हत्या गरिदियो ।” उनका घरमा मानिस छिट्टै पुगे तब उनको अनुहारको रङ्ग मलिन थियो ।
आमाको मायाः यस घटना पछि हलीमालाई डर लाग्यो र उनले मुहम्मद (सल्ल.) लाई उनको आमाको जिम्मा लगाई दिइन । यसैगरी नबी (सल्ल.) को उमेर ६ वर्षको हुँदासम्म आफ्नो आमाको साथ रहे । एक दिन आमनाले सोचिन कि आफ्नो मृतक पतिलाई दफन गरेको स्थानमा जाने । उनले आफ्नो अनाथ छोरालाई लिएर उनको दासी उम्मे ऐमन र आफ्नो अभिभावक अब्दुल-मुत्तलिबको साथ मदीना आइन र वहाँ एक महिना बसेर फर्किन, फर्किदा बाटोमा नै बीमारी भइन, मक्का र मदीनाको बीचमा ‘अबबा’ नामक स्थानमा पुगेर परलोक भइन ।
हजुरबुबाको दयाः वृद्ध अब्दुल-मुत्तलिबले आफ्नो नातीलाई लिएर मक्का पुगे, उनको हृदय आफ्नो यी अनाथ नाती मुहम्मद (सल्ल.) प्रति माया र दयाको भावनाहरुले भरिएको थियो। अब्दुल-मुत्तलिबको भावनामा नातीको लागि यस्तो स्नेह थियो कि उनको सन्तान मध्ये कसैलाई पनि यस्तो स्नेह थिएन । नबी (सल्ल.) लाई आफ्नो सन्तान भन्दा धेरै माया गर्दथे ।
अब्दुल मुत्तलिबको लागि काबाको छहारीमा गद्दी बनाइएको थियो । उनका सबै छोराहरु त्यस गद्दीको चारैतिर बस्थे, अब्दुल मुत्तलिब आएर गद्दीमा बस्थे। उनको आदर सम्मानको लागि कोही पनि त्यो गद्दीमा बस्दैनथे। तर जब रसूल (सल्ल.) आउने बित्तिक्कै गद्दीमा बस्थे । उनको काकाले उनलाई गद्दीबाट तल झार्थे जब अब्दुल मुत्तलिबले यस्तो गरेका देख्नासाथ उनलाई भन्थे- “मेरो यस छोरालाई छोडिदेउ, अल्लाहको कसम ! यसको शान अचम्मको छ ।” फेरी उनलाई आफ्नो साथ गद्दीमा बसाउँथे । आफ्नो हातले उनको पिठ सुमसुम्याउँथे र उनको चालचलन देखेर धेरै खुशी हुन्थे । नबी (सल्ल.) उमेर त्यससमय ८ वर्ष २ महिना १० दिन मात्र भएको थियो । उनको हजुरबुबा अब्दुल मुत्तलिबको मक्कामा नै देहान्त भयो । उनले आफ्नो देहान्त भन्दा पहिले उनको काका अबू तालिबलाई जो उनको बुबाको भाई अब्दुल्लाहको सहोदर भाई थिए. नबी (सल्ल.) को पालन-पोषण गर्ने जिम्मा लगाए ।
अबू तालिबको संरक्षणःअबू तालिबले आफ्नो भतिजाको अभिभावक भएकोमा आफ्नो कर्तब्य पूर्ण रुपले निर्वाह गरे, उनलाई आफ्नो सन्तानमा सामेल गरे, उनलाई धेरै आदर र सम्मान गरे । चालिस वर्षसम्म उनको सहायता गर्दै रहे र वहाँको मुखाबाट बर्षाको लागि दुआ माग्न अनुरोध गरे, त्यो त्यस समयको कुरा हो जब उनी बच्चा थिए । जब मक्कामा अकाल पर्यो तब कुरैशका मानिसहरु अबू तालिब समक्ष आए र भने कि वर्षाको लागि दुआ गरौं । तब अबू तालिबले एक बच्चालाई साथमा लिएर घरबाट निस्के । बच्चा सूर्य जस्तै लाग्थ्यो, अबू तालिबले त्यो बच्चालाई हात समातेर उसको पिठ काबाको भित्तामा टासिने गरी उभ्याए । हेर्दा हेर्दै यता उताबाट बादल आउन शुरु भयो र मुसलधार वर्षा भयो, गाउँमा बगरमा बाढी आउन थाल्यो ।
बुहैरा राहिबःजब मुहम्मद (सल्ल.) को उमेर १२ बर्षको भयो तब अबू तालिबले मुहम्मद (सल्ल.) उनलाई लिएर ब्यापारको लागि सीरिया लिएर गए । जब बसरा भन्ने ठाउँमा पुगे तब त्यहाँ पाल टाँगेर बास बसेका थिए । त्यही शहरमा जरजीस नामक एक इसाई सन्त बस्थ्यो । जसलाई बुहैरा उपाधीबाट प्रशिद्ध थियो । जब अबू तालिबको समूहले त्यहाँ पड़ाव (पाल) टाँगेर बसे तब त्यो जरजीस आफ्नो गिर्जा घरबाट निस्केर आयो अनि सबैलाई बोलाएर लिएर गयो, खाना खुवायो, यो भन्दा पहिले कहिले पनि निस्किदैनथ्यो । उसले अल्लाहको रसूल (सल्ल.) को गुणहरुको आधारमा चिन्यो र उनको हात समाउँदै भन्योः “यो विश्व नायक हो, अल्लाहले उनलाई विश्वको लागि दयालुता बनाएर पठाउनु भएको छ।”
अबू तालिबले भनेः तपाईलाई यो कुरा कसरी थाहा भयो उसले भन्योः “तिमीहरु जब घाटीको यस दिशामा आयौ तब कुनै पनि रुख र ढुंगा थिएन जो सज्दा गर्न नझुकेको र यो चीज नबी बाहेक अरु कसैको लागि सज्दा गर्दैनन् । फेरी म उनलाई नुबूवत महरबाट पनि चिन्न सक्छु जुन काँधको तल कोमल हड्डीको नजिक स्याउ समान छ र हामी आफ्नो पुस्तकहरुमा पनि उनको विशेषताको बारेमा उल्लेख भएको पाउँछौ।”
त्यसपछि बुहैरा सन्तले अबू तालिबसित भन्योः उनलाई फिर्ता पठाउ, सीरियामा लिएर नजाउ किनकि यहुदीको डर हुन्छ । तब अबू तालिबले उनको आफ्नो गुलामको साथमा मक्का फिर्ता पठाई दिए ।
फ़ुजारको युद्धः जब मुहम्मद (सल्ल.) १५ वर्षका भए । त्यसबेला फ़ुजारको युद्ध कुरैश र केही अरब समूदाय बीच भयो । यसलाई फ़ुजारको युद्ध यसकारणले भनिन्छ, कि यसमा हरम र हराम महीना दुबै हुर्मतको पालन भएको थियो, यस युद्धमा रसूल (सल्ल.) पनि उपस्थित भएका थिए र आफ्नो काकालाई तीर दिन्थे ।
फ़ुज़ूलको मण्डलीः यस युद्ध पछि फ़ुज़ूलको मण्डली बनाइयो । कुरैशको विभिन्न क़बीला अर्थात बनू- हाशिम, बनू-असद र बनू-ज़ुहरा आदीले यसको आयोजना गरे र पारस्पारिक सम्झौता गरे कि मक्कामा जसको साथ पनि अत्यचार हुनेछ उसलाई उसको हक़ दिलाइने छ । यस मण्डलीमा रसूल (सल्ल.) सहभागी भएका थिए र नुबूवतबाट सम्मानित भएपछि भन्नु हुन्थ्योः “म अब्दुल्लाह बिन जदआनको घरमा एउटा यस्तो घरमा भाग लिन बोलाउँदा म अवश्य उपस्थित हुन्थे।” यस मण्डलीको अभिप्राय पक्षपातको तहबाट उठ्ने अज्ञानताको खण्डन गर्दछ ।
नोटः मुहम्मदको क्रान्तिकारी जीवन पुस्तकबाट धारावाहिक रुपमा प्रस्तुत गर्दछु । पाठकहरुलाई यसबारेमा ज्ञान तथा जानकारीको लागि वेबसाइटमा पोष्ट गरिएको हो । तपाईहरुको सुझाब र सल्लाहको अपेक्षा गर्दछु ।
स्रोतः मुहम्मदको क्रान्तिकारी जीवन
लेखकः स़फ़ीउर्ऱहमान मुबारकपूरी
नेपाली अनुवादः मुहम्मद इब्राहीम