ब्रह्माण्ड-सृष्टिको विषयमा कुरआनको भनाई- विश्व उत्पत्तिको बारेमा आधुनिक विज्ञानले खोज तथा अनुसन्धानद्वारा प्रष्ट पारेको छ कि एक ताका यो सम्पूर्ण ब्रह्माण्ड एउटा धुवाँको बादल (अर्थात एउटा अति धमिलो, घना र तातो ग्याँस) बाहेक केही थिएन। यो (Cosmology) का सिद्धान्तहरुमध्ये एक हो । वैज्ञानिकहरु अहिले त्यस धुवाँको अवशेषबाट बनेको नक्षत्रहरुको अवलोकन गर्न सकिंन्छ। अहिले राती आकाशमा चम्किने ताराहरु पनि कुनै बेला यो ब्रह्माण्ड जस्तै त्यही धुँवाका अंश थिए । अल्लाहले कुरआनमा भनेका छन् : “अनि उनी आकाशतिर फर्किए जुनबेला यो धुवाँ थियो……।” (कुरआन ४१:११)
कुरआनमा पर्वतहरुको वर्णन निम्न शब्दमा गरिएको छ: “के हामीले यस पृथ्वीलाई ओछ्यान र पर्वतलाई चुकुल जस्तो बनाएका छैनौं ?” (कुरआन ७८:६ र ७)
यसबाट के थाह हुन्छ भने आधुनिक भू-विज्ञानले प्रमाफित गरेको छ कि पर्वतका जराहरु भूईमा गहिरा गाडिएका हुन्छन् । कुनै कुनै ठाउँमा यिनको गहिराई भूईमाथिको पर्वतको उचाईभन्दा कयौं गुना बढी हुन्छ। यसकारण पर्वतहरुको यस अवस्थालाई चुकुल (Peg) भन्ने शब्दले राम्ररी चित्रण गर्छ । विज्ञानको इतिहासबाट के थाहा हुन्छ भने पर्वतका गहिरा जराहरु पनि हुन्छन् भन्ने परिकल्पना उन्नाईसौं शताब्दिको अन्यतिर मात्रै मान्यता प्राप्त गरेको हो।
पृथ्वीको सतहको धरातललाई स्थिर राख्नमा पनि पर्वतहरुको ठूलो भूमिका छ। यसले पृथ्वीको कम्पनलाई नियन्त्रणमा राख्छ । अल्लाहले कुरआनमा भनेका छन्: “र उनले पर्वतहरुलाई भूईमा दृढताकासाथ गाडिदिएका छन् ताकि यो तिमीहरुसँगै नहल्लियोस्।” (कुरआन १६:१५)
आधुनिक सिद्धान्त अनुसार पर्वतहरुले पृथ्वीलाई स्थिर राख्ने काम गर्छ । पृथ्वीलाई स्थिरता कायम गर्ने पर्वतहरुको यो भूमिका सन् १९६० पछि मात्रै Plate Tectonics को सिद्धान्तको आधारमा राम्ररी बुझ्न थालिएको हो ।
के मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको युगमा पर्वतहरुको वास्तविक आकार प्रकारका यी तथ्यहरु जान्न भौतिक रुपमा सम्भव थियो ? के त्यसबेला कसैले कल्पना गर्न सक्थ्यो कि पृथ्वीमाथि उभिएका विशाल पर्वतहरुको भूई मुनि पनि जरा हुन सक्छन् ? आधुनिक भू-विज्ञानले यस विषयमा कुरआनको सत्यता प्रमाणित गरिदिएको छ ।
यो पृथ्वी र माथिल्लो आकाश (सूर्य, चन्द्र, ताराहरु, ग्रहहरु, आकाशगंगा आदी) त्यही धुँवाबाट बनेको हुनाले यो निष्कर्ष निकाल्न सकिन्छ कि पृथ्वी र आकाश कुनै बेला जोडिएका थिए। पछि त्यही धुवाँबाट बन्दै एकअर्काबाट अलग्गिए ।
अल्लाहले कुरआनमा भनेका छन् : “…..के अविश्वासीहरुलाई थाहा छैन कि आकाश र पृथ्वी एक अर्कासँग जोडिएका थिए अनि हामीले त्यसलाई अलग्यायौं।……” (कुरआन २१:३०)
प्रो. Alfred Kroner विश्वका एकजना ख्यातिप्राप्त भू-वैज्ञानिक हुन् । मेन्ज विश्वविद्यालय जर्मनीमा भू-विज्ञानका प्रोफेसर, हुन् , उनी भन्छन्, मुहम्मद (स.) को युग र वासस्थानलाई विचार गर्दाखेरि मेरो विचारमा यो असम्भव छ कि उनलाई ब्रह्माण्डको उत्पत्ति जस्ता विषयहरुको बारेमा थाहा थियो किनभने यो कुरा वैज्ञानिकहरुले अत्याधुनिक उपकरणहरुको माध्यमबाट हालै मात्र पत्ता लगाउन सकेका हुन् । उनी फेरि भन्छन्, जसलाई आजभन्दा १४०० वर्षअघि आणविक भौतिक विज्ञानको बारेमा केहि थाह थिएन त्यस व्यक्तिले पृथ्वी र आकाशको साझा उत्पत्ति जस्ता विषयका बारेमा आफ्नै ज्ञानको आधारमा जान्न सकेका होलान भन्ने कुरा म मान्न सक्तिन।
स्रोतः इस्लामको वैज्ञानिक विश्लेषण पुस्तकबाट साभार गरिएको हो ।
लेखकः आई. ए. इब्राहीम
अनुवादकः इमरान अन्सारी
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali





