महाप्रलयको दिन सबैलाई आ-आफ्नो चिन्ता हुन्छ।कयामतको दिन न उसले पैसा दिएर आफुलाई छुटाउन सक्छ, न सन्तानले उसलाई जोगाउन सक्छ ? कुरआनमा यस सम्बन्धमा भनिएको छः “जुन दिन न धन सम्पत्ति काम लाग्नेछ, न सन्तान नै।” (सूरह अश् शुअरा-८८)
अर्को सूरहमा भनिएको छ, जो व्यक्ति अल्लाहसमक्ष स्वच्छ हृदयका साथ आउने छ उसको कुरा बेग्लै हो । कुरआनमा भनिएको छः “त्यो व्यक्ति जो अल्लाहसमक्ष स्वच्छ हृदयकासाथ आउनेछ उसको कुरा बेग्लै हो।” (सूरह अश् शुअरा -८९)
कयामत (महाप्रलय) को दिन न कसैले कसैको भारी उठाउने छ, न कसैले मद्दतको लागि बोलाउँदा मद्दत गर्न आउनेछन् चाहे नातेदार नै किन नहुन् । जो मानिस पथभ्रष्ट छन् तिनीहरुलाई सावधान गर्न सक्दैनौ जो अदृष्यमा रहेर पनि आफ्ना पालनकर्तासित डराउँछ, नमाज कायम गर्छ र आफुलाई हरेक पापबाट पवित्र राख्छ ती व्यक्ति नै सफल हुनेछन् । हामी सबै अल्लाहको सामने हाजीर हुनुपर्नेछ। पवित्र कुरआनमा सूरह अल फातिरमा भनिएको छः र, कुनै भारी बोक्नेले अर्काको भारी बोक्ने छैन् । र भारीले दबेको व्यक्तिले आफ्नो भारी उठाउन कसैलाई बोलाएमा उसको भारीबाट केही पनि उठाइने छैन, चाहे त्यो व्यक्ति नातेदार नै किन नहोस् । (हे मुहम्मद !) तिमी केवल ती मानिसहरुलाई सावधान गर्न सक्छौ जो अदृष्यमा रही आफ्ना पालनकर्तासित डराउँछन् र नमाज कायम गर्छन् र जसले स्वयंलाई पवित्र बनाउँछन् त्यसले केवल आफ्नैलागि पवित्र बनाउँछ। र सबै अल्लाहतर्फ नै फर्केर जानु छ (सूरह अल फातिर-१८)
महाप्रलयको दिन नातेदार र सन्तानले पनि कसैले कसैलाई मद्दत गर्न सक्ने छैनन् । हरेकले गरेको कर्म अनुसारको दण्ड तथा पुरस्कार पाउने छ, हरेकले के कस्तो कर्म गरेको छ त्यो अल्लाहले देखिरहेका छन् । यस बारेमा पवित्र कुरआन सूरह अल मुम्तहिनामा भनिएको छः महाप्रलयको दिन न तिमीहरुको नातेदारहरु काम लाग्नेछ र न तिमीहरुका सन्तान नै। अल्लाहले तिमीहरुका बीच फैसला गर्नेछन् र जेजति तिमीहरु गर्दछौ ती अल्लाहले देखिरहेका छन् । (सूरह अल मुम्तहिना-३)
त्यस दिन न आफ्नो मित्रले साथ दिनेछ, न सोध्ने नै छ, पवित्र कुरआन सूरह अल मआरिजमा भनिएको छः र, कुनै पनि मित्र आफ्नो मित्रसमेतलाई सोध्ने छैन… (सूरह अल मआरिज-१०)
महाप्रलयको दिन मानिसहरु आफ्नो दाजु भाई देखि भाग्नेछन्, सबैलाई आ-आफ्नै चिन्ता हुनेछ। पवित्र कुरआन सूरह अ-ब-स मा महाप्रलयको अवस्थाको बारेमा वर्णन गर्दै भनिएको छःत्यसदिन मनुष्य भाग्नेछ आफ्ना दाजुभाई देखि…, (सूरह अ-ब-स-३४)
त्यस दिन सबै आफ्नै चिन्तामा ग्रस्त हुनेछन्… (सूरह अ-ब-स -३७)
महाप्रलयको दिन कसैले केही सहयोग गर्ने छैन, अल्लाह जे चाहन्छन् त्यही हुन्छ, सम्पूर्ण अधिकार अल्लाहको हातमा निहीत हुन्छ भनि कुरआनमा यसरी भनिएको छः त्यस दिन कसैले कसैकोलागि केही गर्न सक्ने छैन र सम्पूर्ण अधिकार अल्लाहमा नै निहीत हुनेछ। (सूरह अल् इन्फितार-१९)
लेखकः मुहम्मद इब्राहीम
स्रोतः कुरआन र हदीस
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


