Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

मानवको क्षति किन र कसरी हुन्छ ?

रोड

सृष्टिकर्ताको प्रकोप धेरै भयानक हुन्छ।

अल्लाहको अनगिन्ती निर्माण मध्ये एउटा सानो भाग पृथ्वी हो जसमा उनले अनगिन्ती प्राणीहरुले सजायाका छन्, अल्लाहले पहिलो मानव हज़रत आदम र उनकी पत्नी हव्वा अलैहिमास्सलामलाई जन्नत (स्वर्ग) हमेशा रहनेवाला आनन्दबाट निकालेर यस धर्तीमा बसाउनु भयो र चेतावनी दिनु भयो: “ फेरी यदि तिम्रो साथ मेरो कुनै मार्गदर्शन पुग्यो भने जो कसैले मेरो मार्गदर्शनको अनुसरण गर्यो, त्यो यस्तो मानिसलाई न त कुनै गर हुन्छ र न ऊ शोकाकुल हुनेछ।“ (सूरः अल-बक़रः 37)

अतः हरेक युग र हरेक समुदायमा नबिहरु र  रसूलहरुद्वारा यो निर्देशन आई रह्यो, जुन मानिसले नबीहरुको निमन्त्रणालाई स्वीकार गरे र उनको सन्देशको पालन गर्यो उसले सफलता पायो र जसले नबीहरुको निमन्त्रणालाई अस्वीकार गरे उ कुफ़्र तथा कुमार्गको बाटोमा लाग्यो र पृथ्वीमा बिध्वङ्स मच्चाउँछ थाल्छ भने यस्तो माथि अल्लाहको क्रोधमा ग्रसित हुन्छ र उनलाई धर्तीबाट नष्ट गरि दिन्छन्, आज उनको निशान पनि धर्तीमा बचेको छैन, अब उनको अस्तित्व केवल इतिहासको पानामा बाँकी रहेको छ।

नूह अलैहिस्सलामले आफ्नो समुदायलाई साढे नौ सय वर्षसम्म सम्झाउनु भयो, विभिन्न शैली र तरीकाबाट उनलाई आमन्त्रित गरे, तर समुदायको शत्रुता र घमण्डमा धेरै वृद्धि हुन लाग्यो, जब नूह अलैहिस्सलाम उनले ईमान ल्याएनन् बिल्कुल निराश भए त सर्वशक्तिमान अल्लाहबाट दुआ गरे: “र नूहले भने, “ऐ मेरो रब ! धर्तीमा बसोबास गर्ने ती काफिरहरु कसैलाई नछोड । (सूरह नूह 26)

“तिमीले तिनीहरुलाई छोड्यो भने तिनीहरुले तिम्रो भक्तहरुलाई पथभ्रष्ट पार्नेछन् र तिनीहरुको वंशबाट जसले जन्म लिन्छन्, दुराचारी तथा अति कृतघ्न नै हुन्छन्”। (सूरहः नूहः 27)

अतः अल्लाहले नूह अलैहिस्सलाम र उनीमाथि ईमान ल्याउने बाहेक सबैलाई डुबई  दिए।

हज़रत शुऐब अलैहिस्सलामको समूदायका मानिसहरु नाप तौलमा कमी गर्दथे, लिंदा पुरा लिन्थे भने दिंदा कमी गरेर दिन्थे,  पाप गर्नलाई पनि उनीहरुलाई कुनै संकोच थिएन, जमिनमा उत्पात र लडाई झगडा हुन्थ्यो। हज़रत शोएब अलैहिस्सलामको उपदेशको उनीमाथि कुनै असर हुँदैनथ्यो, अन्ततः बादलको छाया लागेको दिन थियो, जिब्रईल अलैहिस्सलामको एक कडा आवाजबाट पृथ्वी भूकम्पबाट हल्लीयो, जसबाट उनको दिल उनको आंखामा आयो र घुँडा टेकेर बसि रहे त्यही अवस्थामा उनको मृत्यु भयो । कुरआनले उल्लेख छः तिनीहरुले शुऐबलाई झुटो ठहर गरे  । अन्ततः एउटा प्रचण्ड भूकम्पले तिनीहरुलाई समात्यो र तिनीहरु आ-आफ्ना घरमै घोप्टो परीरहे (सूरः अन्कबूत 37)

आद समुदाय आफ्नो शक्तिमा अभूतपूर्व थिए, उनको नबी हज़रत हूद अलैहिस्सलाम थिए, उनलाई नबी हो भन्ने कुरामा अविश्वास गरे र आफ्नो मूर्ति पूजामाथि आफ्नो पूर्खाको अनुसरणलाई तर्क बनाए, अतः त्यस समुदायमाथि सात रात र आठ दिनसम्म लगातार तेज आंधी आयो, जसले गर्दा सबै तहस-नहस भयो, उनको शरीर काटेको खुजूरको समान जमीनमा ढलेको देखिन्थ्यो । कुरआनमा भनेको छ: “अनि जब तिनीहरुले बादलको रुपमा आफ्नो उपत्यकातर्फ प्रकोप आउँदै गरेको देखे, तब भने- “यो आउने बादल हामीमाथि बर्सिनेछ।’           “बादल होइन, बरु यो त  त्यही चीज हो जसको लागि तिमीहरु हतार गर्दै थियौ अर्थात एउटा यस्तो आँधी जसममा पीडादायी यातना रहेको छ।(सूरः अहकाफ-24)

जसले आफ्नो पालनकर्ताको आदेशले हरेक वस्तुलाई ध्वस्त पार्नेछ। “त्यसले गर्दा तिनीहरु यस्तो अवस्थामा पुगे जहाँ तिनीहरुका घर बाहेक अन्य केही वस्तु देख्न पाएन। यसरी नै हामी अपराधीहरुलाई प्रतिदान दिने छौं” (सूरः अहकाफ- 25)

समूद समुदाय धेरै नै आडियल समुदाय थिए जसको नबी हज़रत सालिह अलैहिस्सलाम थिए, उनले पनि आफ्नो नबीसँग चट्टानबाट ऊँटनी निकालेर देखाउ भने, त्यो निक्लेको हाम्रो आफ्नो आंखाले देख्न चाहन्छौं, हज़रत सालेह अलैहिस्सलामले उनीहरुसँग बाचा गराए कि यसपछि पनि तिमीहरुले ईमान ल्याएनौ भने अल्लाहले तिमीहरुलाई नष्ट गरि दिनु हुनेछ, अतः अल्लाहले हज़रत सालिह अलैहिस्सलामको मांगमा ऊँटनी प्रकट गरि दिनु भयो, यस ऊँटनीको बारेमा उनलाई चेतावनी दिंदै भन्नु भयो कि यो उँटनीलाई गलत नीयतबाट कुनै व्यक्तिले हात नलगाउनु अन्यथा अल्लाहको यातना आउँछ, तर अत्याचारीले ऊँटनीलाई पनि मारी दिए, त्यसको तीन दिन पछि उनीहरु कठोर आवाज र भूकम्पको प्रकोपबाट मरे, जसले गर्दा उनीहरु आफ्नो घरमा घोप्टो अवस्थामा रहे। कुरआनमा भनिएको छ: अनि तिनीहरुमाथि भयानक कम्पन आई पर्यो र तिनीहरु आफ्नो घरमा (सुतेकै अवस्थामा) घोप्टो परे । (सूरः अल-आराफ 78)

हज़रत लूत अलैहिस्सलामको समूदायका केही मानिसहरु मलद्वारमा सम्भोग गर्न गर्दथे, मलद्वारमा सम्भोग महिलासँग नभई पुरुषसँग गरी आफ्नो यौन इच्छा पूरा गर्दथे, यसकारणले यिनीहरु बिल्कुल पशु जस्तै थिए, जो मात्र वासना तृप्त गर्नका लागि गर्थे।

लूत अलैहिस्सलामले उनलाई बारम्बार सम्झाए, यो घृणित काम हो यस्तो घृणित काम गर्नु हुँदैन भनेर स्पष्ट बयान गरे तर उनीहरु टस मस हुँदैनथे तब अल्लाहले उनको बस्तीलाई नष्ट गरेर राखि दियो ।

कुरआनमा भनिएको छ: अनि जब हाम्रो आदेश आयो, हामीले त्यसको माथिल्लो भागलाई तल्लो भागमा घोप्याई दियौ र तिनीहरुमाथि लगातार ढुंगामुढाको बर्षा गरायौ ।, (सूरः हूदः 82)

तर अब त्यही प्रकृतिको विरुद्ध हिंड्ने र सीमा नाघ्ने चलन पश्चिमी संस्कृतिले अपनाएका थिए त अब यही कार्य मानवलाई मौलिक अधिकार घोषित गरि दिए जसलाई रोक्नलाई कुनै अधिकार छैन, यसले अब त्यहाँ मलद्वार सम्भोगलाई कानूनी संरक्षण प्राप्त हुन गयो र यस कारणबाट अपराध भएन ।

यो त पश्चिमी समाजको जस्तै कुरा भयो, पूर्वी देशको खास आफ्नो विशेष किसिमको सभ्यता थियो,जसलाई आफ्नो संस्कृतिमाथि गर्व थियो आज विकसित भनेर अनुमान गरेको पश्चिमी समाज हरेक आदतलाई अपनाउन लागि परेको छ। हेर्दा हेर्दै प्राचीन सभ्यतामाथि गर्व गर्नेवाला देश भारतको एक हाईकोर्टले पछिल्लो बर्ष समलैंगिकताको पक्षमा फैसला सुनाएको थियो, तर भारतको सुप्रीम कोर्टले यस्तो फैसला सुनायो, भारतीय दण्ड संहिता अन्तर्गत देशमा समलैंगिक सम्बन्ध अवैध हो।

मलद्वार सम्भोग जस्तो अप्राकृतिक हरकत गर्नेवालामाथि अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले तीन पटक लानत (श्राप) दिनु भएको छः अल्लाहको लानत(धिक्कार) होस् त्यस व्यक्तिमाथि जो लूत समुदायवाला प्रक्रिया गर्छ। (मुस्नद अहमद: 4/326)

र उनको परिणामको बारेमा भनिएको छः जब कोही व्यक्तिलाई लूत समुदायका मानिसले जस्तो काम गरेको देख्यौ भने यस्तो कार्य गर्नेवालालाई र जसको साथ गरिएको छ ति दुवैलाई काट्नु । (सुनन अबी दाऊद: 4462)

के यस्तो धर्म प्रकृतिको विरोध हुन सक्छ, यसैले जानवर पनि यस्तो काम गर्दैन, वास्तवमा यी सबै महाप्रलयको लक्षण हो जुन बिस्तारै बिस्तारै प्रकट भई रहेको छ ।

त्यसै गरी जब मूसा अलैहिस्सलामको जमानामा फिरौनले अत्याचार र घमण्ड गर्यो र पालनकर्ता हुँ भनेर ठोकुवा गरेर बस्छ भने अल्लाहले विभिन्न रूपमा उसलाई चेतावनी दिएको छ, आँधी हावाद्वारा, टिड्डीद्वारा जो उनको खेती र बालीलाई खाएर खतम गरि दिन्छ, जुम्रा शरीर, कपड़े र कपालमा आउँछ, त्यसैगरी गड्यौला नै गड्यौला उत्पती भए जसले गर्दा उनको खाना, पीउन, सुत्न र आराम गर्न भयो, साथै पानी रगत बन्दथ्यो, तर उनको हृदयमा जुन घमण्ड र दिमागमा जो अहंकार थियो, त्यो सही बाटोमा उनको लागि रोकावट बनि रहेको थियो र ठूला ठूला संकेतको बावजूद ईमान ल्याउनलाई तयार भएनन् अन्ततः अल्लाहले तिनको पूरै लश्कर सहित एक दिन बिहान नदीमा डुबाई दिए।

अल्लाह तआलाले भन्नुभयो: “अनि हामीले तिनीहरुसित बदला लियौ र तिनीहरुलाई  नदीमा डुबाई दियौ, किनभने तिनीहरु हाम्रा निशानीहरुलाई मिथ्या ठहर गर्ने गर्थे साथै त्यसबाट अनभिज्ञ पनि थिए।” (सूरः अल-आराफ 136)

कारून जसलाई धन सम्पत्तिको खानी प्रदान गरिएको थियो, उसको खानीको चाबीको बोझ यति धेरै थियो कि एक शक्तिशाली दल पनि उसलाई उठाउन कठिन महशुस गर्थे तर कारुन सम्पत्तिको घमण्डले गर्दा मूसा अलैहिस्सलामसँग अल्लाहको सुन्न चाहँदैनथ्यो । उसले भन्ने गर्थ्यो, म अल्लाहको दृष्टिमा सम्मानित र आदरणीय छु, मलाई मूसाको कुरा मान्न के जरूरत छ, तब उसलाई अल्लाहको प्रकोपबाट उसको खजाना र भवन सहित जमीनमा धसाई दिएको थियो । कुरआनमा कथन छ: “अन्ततः हामीले कारुनलाई उसको घर सहित धर्तीमा धसाई दियौं। तसर्थ अल्लाहबाट उसलाई बचाउने न कुनै समूह थियो न ऊ आफै बच्न सक्यो” (सूर-28, अल-क़सस 81)

यो त भयो कुरआनमा वर्णित ती समूदायको  संक्षेपमा एक झलक जसले अल्लाहको आदेशबाट मुख मोड्यो, विद्रोह गरे र अवज्ञा गर्न लागे तब अल्लाहले हेर्दा हेर्दै उनको किस्सा समाप्त गरि दिए ।

आज 21 औं शताब्दिमा पनि यस धर्तीमा जुन समुद्री तूफान र प्राकृतिक आपत आएको छ र आई रहेको छ उनको पनि सम्बन्ध केही यस्तै नै छ, मानवले जब कहिले काहीं ज्यान-धन सम्पत्ति क्षति हुन्छ त्यसको कारण वास्तवमा  अल्लाहको अवज्ञा र उनको आदेशहरुबाट टाढा र अटेर गरेर नै भएको हो।

अल्लाहको आदेश छ: “जो कठिनाई तिमीलाई परेको छ त्यो तिम्रो आफ्नो हातको कमाईबाट भएको हो र कतिपय त अल्लाह माफ गरी दिनु हुन्छ”। (सूरः अश्शुरा 30)

जब हामी पापमा साहसी हुन थाल्छन्, र पापमा हाम्रो एकाग्रता धेरै बढ्न थाल्छ, त कठिनाई अवतरित हुन थाल्छ, अल्लाह आफ्नो असीम दया र कृपाबाट मनुष्यलाई चेतावनी दिंदै भन्छन् बस अब त रोक जो भयो सो भयो अब त सम्भाल आफुलाई, पापहरुबाट रोक्ने प्रयाश गर ।

अल्लाहको आदेश छः “मानिसको आफ्नै हातको दुष्कर्मले गर्दा थल र जलमा बिध्वस उत्पन्न भएको छ ताकि अल्लाहले तिनीहरुलाई तिनीहरुले गर्ने गरेका केही कर्महरुको स्वाद चखाऊन शायद तिनीहरु त्यसबाट फर्कने छन्”।(सूरः अल-रूम 41)

मानव धेरै अत्याचारी र अज्ञानी छन्, उसलाई आफ्नो पाप र अत्याचारको परिणामको ज्ञान हुँदैन, वास्तवमा यो तथ्य याद रहोस कि तिमीलाई आफ्नो कालो कर्तुत कामको सजाय कुनै पनि क्षण मिल्न सक्छ, र तिमी आफ्नो निर्माताको दया र कृपामाथि बाँची रहेको छ, र उ हरेक समय तिम्रो हरेक साना-ठूला पाप कार्यमाथि निगरानी राखि रहेका छन्, अल्लाहको आदेश छ: “निस्सन्देह तिम्रो पालनकर्ता निगरानीमा रहन्छन्” (सूरः अल-फज्र 41)

अल्लाह तिम्रो हरेक साना ठूला कर्तूतमा निगरानी राख्ने छन्, अल्लाह जब र जुन समय चाहे तिमीलाई तिम्रो कुकर्मको स्वाद चखाउन सक्छन्।

अल्लाहको आदेश छ: “ के नगरवासीहरु यसबाट निश्चिन्त छन् कि राती तिनीहरु सुतिरहेको अवस्थामा हाम्रो प्रकोप आइपुग्न सक्छ ? (सूरः अल-आराफ – 97)

वा के नगरबासीहरु यसबाट निश्चित छन् कि दिउँसै तिनीहरु खेली रहेको अवस्थामा हाम्रो प्रकोप आइपुग्न सक्छ ? (सूरः अल-आराफ – 98)

के तिनीहरु अल्लाहको जुक्तिबाट निश्चिन्त छन् ? अनि (सुन !), अल्लाहको जुक्तिबाट नोक्सान बेहोर्नेहरु मात्र निश्चित रहने गर्दछ”। (सूरः अल-आराफ- 99)

सम्भव छ तपाईको मनमा यो प्रश्न उठ्न सक्छ। जब पछिल्लो समुदायहरुले अल्लाहको आदेशहरुबाट टाढा रहने थाले र अवज्ञा गर्न थाले तब अल्लाहले आफ्नो प्रकोप उतारे र असल व्यक्ति बाहेक सबैलाई  विनाश गरि दिए, आज पनि यस्ता मानिसहरु धेरै संख्यामा पाइन्छ र अल्लाहको सजाय पनि आई रहेको छ, तर जमीनको केही भागमा,  किन होला ?  यसको जवाब हामीलाई प्यारो नबी सल्लल्लाहु अलैहि व सल्लमबाट मिल्छ, जो सारा मानवताको लागि दया र कृपाको प्रतिक बनाएर पठाइएको थिए ।

मुस्नद अहमद र तिर्मिज़ीमा खब्बाब बिन अर्तबाट वर्णित छ, वहाँ भन्नु हुन्छ मैले एक रात अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको साथ धेरै लामो नमाज पढें यहां तक कि फज्रको समय हुन लाग्यो, नबी सल्लल्लाहु अलैहि व सल्लमले सलाम फेर्नु भयो तब मैले भनेः ऐ अल्लाहको रसूल !  तपाईले आजको रात यति लामो नमाज किन पढाउनु भयो ? तपाईले यति लामो नमाज पढाएको कहिले देखिन मैले, तब नबी सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः  “ हो ! निःसंदेह यो नमाज डर र आशामा सम्मिलित थियो, मैले यसमा आफ्नो पालनकर्तासँग तीन चीज मागेको थिए, जसममा उनले दुईवटा प्रदान गर्नु भयो र एउटा रोक्नु भयो, मैले अल्लाहसँग सोधे, मेरो समुदायलाई कुनै पापको कारण एकै पटक सबैलाई बर्बाद नगर्नुहोस् जसरी पहिलेका समूदायलाई बर्बाद गरेका थियौ, त्यो उनले स्वीकार गरे । दोश्रो, प्रार्थना यो थियो- इस्लामको शत्रुहरुलाई मेरो समूदायमाथि अधिन नगर त्यो पनि स्वीकार गर्नु भयो, तेश्रो यो थियो- मेरो मुस्लिम समुदायलाई फिर्का(धेरै समूहमा विभाजन हुन नदिनु र न एक आपसमा परस्पर झगडा गर्न पनि नदिनु, तब अल्लाहले मेरो यो प्रार्थना स्वीकार गर्नु भएन”। (सही नसाई 1637 सुन्न तिर्मिज़ी 2175 मुस्नद अहमद 1/244)

अन्तमा अल्लाहसँग दुआ गर्छु कि वहाँले हामीलाई सुधार गरून र हाम्रो कमी टाढा टाढा नदेऊ। आमीन या रब्बलआलमीन

http://cutt.us/B4OR

लेखकः- सफात आलम (मदनी)

अनुवादकः- मुहम्मद ईब्राहीम

Related Post