मूर्ति पूजा सम्बन्धि केही भ्रमहरु

मूर्ति पूजा

शिर्क (मूर्ति पूजा गर्नु) महा पाप हो।

मूर्ति पूजा  

     केही मानिसहरुमा यो भ्रम छ कि मन्त्रोचारणबाट मूर्ति निर्जीवबाट सजीव हुन्छ भन्ने विश्वास गर्दछन् तर यदि मूर्तिमा प्राण आउँथ्यो भने त्यो मूर्तिमा अवश्य नै गति उत्पन्न भएर त्यो मूर्ति चल्ने र हाँस्ने थियो, के तपाईले कहीँ यस्तो भएको देख्नु भएको छ ? के मूर्तिमा प्राण हाल्ने काम मानिसको वशको कुरा हो ? आजसम्म कयौं ठूला-ठूला वैज्ञानिकहरुले पनि कुनै निर्जीव चीजमा प्राण हाल्ने काम गर्न सक्ने दावी गर्न सकेका छैनन्।

वैज्ञानिकहरुले मानव यन्त्र(रोबर्ट) सम्म बनाउन सफल भएका छन् तर त्यो निर्जीव हो । कुनै बेला कसैलाई अति नै दुःख हुन्छ र कुनै समय उसलाई खुशी प्राप्त हुन्छ यो ईश्वरको आदेशले मिल्दछ र हामी यस भ्रममा परेका छौं कि त्यो काम त्यो निर्जीव वस्तु (मूर्ति) ले गरेको हो भन्ने ठान्दछौं। मानौं सिनेमा (फिल्म) को पर्दामा मूर्तिको आँखाबाट आँशु बग्दछ या उसको हातबाट फूल झर्दै गरेको देख्दा मानिसहरु धोकामा पर्दछन्। वास्तवमा यो क्यामराको कमाल हो र दर्शकलाई मूर्ख बनाई पैसा असुल्ने काम हुन्छ। यिनै मूर्तिको भ्रमबाट बचाउन पवित्र कुरआनमा प्रष्ट पार्दै भनिएको छ।

हे मानवहरु ! एउटा दृष्टान्त वर्णन गर्दछु, त्यसलाई ध्यानपूर्वक सुन, कि तिमीले अल्लाह बाहेक जस-जसलाई पुकार्दछौ, तिनीहरुले एउटा झिङ्गा पनि बनाउन सक्दैनन्। यदि त्यसको निम्ति सबै एकत्रित भए पनि र यदि झिङ्गाले उनीहरुसित कुनै चीज खोसेर लिएर जान्छ भने त्यसबाट तिमीहरुले त्यसबाट छुटाउन पनि सक्दैनन। जो याचक छ उ पनि असमर्थ छ र जसबाट तिनीहरुले याचना गर्दछन् ऊ पनि असहाय छ।”। (सूरः २२ आयत नं. ७३)

(२) एकाग्रताको लागि फोटो वा मूर्तिको सहारा लिनु­

कुनै व्यक्ति भन्छ म त एउटै ईश्वरको पूजा गर्छु तर चित्र तथा मूर्तिहरु त एकाग्र हुनको लागि माध्यम मात्र बनाउने काम गर्दछु। यो कल्पना आश्चार्यचकित छ। जस्तै कुनै व्यक्ति खुब ध्यानपूर्वक रुखलाई हेर्दछ र भन्छ कि यस रुखमा हेर्दा मेरो मनमा मेरो बुबाको सम्झना आउँछ। के तपाई यो कुरा मान्न तयार हुनुहुन्छ ? अवश्य पनि मान्नु हुन्न। कहाँ बुबा कहाँ रुख। दुवैमा कुनै सम्बन्ध छैन। त्यस्तै कहाँ निर्जीव मूर्ति कहाँ यस सम्पूर्ण संसारको दयालु तथा कृपालु प्रभू । त्यस्तै निर्जीव चीजमा ध्यान केन्द्रित हुँदा त ईश्वर प्रति एकाग्रता होइन, झन विपरीत ध्यान जानेछ र ईश्वरको स्मरण नै गुम्न सक्छ। यदि हाम्रो मनमा मूर्तिको लागि यति धेरै श्रद्धा हुदैन । थियो, भने त्यसलाई नुहाउने, चन्दन-टिका लगाउने, वस्त्र पहि-याउने र टाढाबाट मन्दिरमा पूजा गर्न जान्छन् किन ? यो तथ्यबाट हामी बुझ्छौ कि हिन्दु मूर्तिलाई ईश्वरीय शक्तिको रुपमा मान्दछन्। फेरि ईश्वरले मानवलाई प्रकृतिको पूजा गर्न आदेश दिएको थियो भने त्यससम्बन्धित नियमलाई आफ्नो ईशदूतको माध्यमले ज्ञान दिलाउनु हुन्थ्यो । स्वयं मानव एक वीर्यबाट यो संसारमा किन आयो ? उसलाई कहाँ जानु पर्ने छ ? यस्ता प्रश्नहरु कुनै मार्गदर्शकले बताए बिना जान्न सक्दैन। यदि तपाईकी पत्नी तपाईको बाहेक अरु नै परपुरुषको फोटोमा चुम्बन गर्छिन र भन्छिन् कि यो फोटो मेरो पतिको जस्तै लागेर चुम्बन गरेको भनिन् भने के तपाई यो कुरा मान्न सक्नु हुन्छ ? कदापि मान्नु हुन्न। एउटा श्रीमानले आफ्नो श्रीमतिको त्यो चर्तिकला देख्दा सहन सक्दैन भने, ईश्वरले आफूलाई ईश्वर नमानेर अरुलाई ईश्वर मान्छन् भने सहन सक्नु हुन्छ त ? अवश्य पनि सहन सक्नु हुन्न। मृत्यु पछि जब उहाँको अगाडि खडा गरिन्छ, त्यसबेला उहाँले प्रश्न गर्नु हुन्छ, खोई तिम्रो भगवान जो मलाई छोडेर पूजा गर्दथ्यौ ? तब उ निरुत्तर भई टाउको निहु-याएर बस्न बाध्य हुनेछ। तपाई आफै भन्नुहोस् के मानवले निर्मित ईश्वरको अगाडि ईश्वरले सृष्टि गरिएको सिरले मूर्तिमा झुक्नु सृष्टिकर्ताको अपमान होइन र ? सबैभन्दा पहिले तपाईको सिरको अपमान भयो, किनकि ईश्वरले तपाईलाई आफ्नो सम्पूर्ण सृष्टिमा श्रेष्ठता प्रदान गरेको छ, यसले तपाईको लागि कसरी उचित हुन्छ । मानवद्वारा निर्मित मूर्ति र फोटोको पूजा गरेर आफ्नो सृष्टिकर्ताको अपमान गर्नु ?

       प्रिय मित्र । पुर्खाको रीतिरिवाज र पक्षपातबाट अलग भएर बुद्धिविवेकले काम लिनुहोस्। ईश्वरले हामीलाई बुद्धि यसैले दिएको हो कि हामी बुद्धिको उचित प्रयोग गरेर सोच समझले काम गरौ, तर दुःखको कुरा यो हो कि स्वभाविक रुपमा जो चलन पुर्खा देखि चलि आएको छ त्यसलाई विचारगर्दैन, तर हाम्रो पुर्खाले जे गरे त्यो सही थिएन । आज भन्दा आधा शताब्दि पहिले छुवाछुत प्रथा, सतीप्रथा र बाल विवाह प्रथाको चलन थियो तर हाल आएर त्यो विकृती पूर्ण प्रथालाई खारेज गर्दै विधुवा विवाहलाई प्राथमिकता दिइएको छ । हामी सोच विचारले काम गर्दा थाहा पाउँछौ कि हाम्रो पूर्वजको रीतिरिवाज कति विकृती पूर्ण रहेछ । हामीले यस्ता कुराहरु थाहा पायौ त त्यसलाई सुधार गरी छुवाछुत प्रथालाई बन्द गर्यौ किनकि सबै मनुष्यको माता पिता एउटै थिए । त्यस बेला कोही ठूलो जात र सानो जाति भएर जन्मेका थिएनन्। वास्तवमा हाम्रो वंश एउटै दम्पति (आदम र हव्वा) बाट फैलिएका हुन् त छुवाछुतको प्रथा कसरी जन्मियो ? सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि कुरआन तथा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको पालना गर्नु स्वयं धार्निकग्रन्थको पालना गर्नु हो, जसले मूर्ति पूजाको खण्डन गर्यो । सत्य नै मानवको धरोहर हो । उसको जाति र वंशसँग कुनै सम्बन्छ छैन ।

     प्रिय मित्र । तपाई आफैं सोच्नुहोस् कुनै रेलमा तपाई चढ्नु भएको छ जुन यस्तो बाटोबाट जाँदै छ, जहाँ एक पुल यस्तो छ जस्को माथिल्लो पटरी बिग्रेको छ। एक व्यक्ति सम्झाउँदै भन्छ त्यो रेलमा नचढ्नुहोस् किनकि बाटोमा दुर्घटना हुनेवाला छ तर तपाई त्यसको कुरा नमानी त्यो रेलमा चढ्नु हुन्छ भने अवश्य नै तपाई त्यो रेलबाट दुर्घटनाको सिकार हुनुहुनेछ। हामी तपाईको शुभ-चिन्तक हौं र महान् ईश्वरको कसम जस्को कब्जामा हामीहरुको प्राण छ तपाईहरु जुन बाटोमा हिंड्नु भएको छ त्यो बाटोले तपाईलाई ठूलो आगोको ज्वाला तर्फ धकेल्छ तर तपाईलाई त्यस कुराको सोचाई नै छैन।

“तिमीहरु सबैजना आफ्नो ईश्वर तर्फ झुक तथा उसको आज्ञापाल गर त्यो भन्दा पहिला नै जब तिम्रोसाथ प्रकोप आउनु पूर्व नै फेरि तिम्रो सहायता नहुन सक्छ ।” (सूरः अज-जुमर ३९/५४-५५)

Related Post