New Muslims APP

विश्व जनसंख्या दिवस

विश्व जनसंख्या

विश्व जनसंख्या दिवस

नेपालको कूल जनसंख्याको करिव ६१ प्रतिशत सक्रिय जनसंख्या रहेकाछन् जो १५ देखि ६४ बर्षका उत्पादनशील उमेरका नागरीकहरु हुन् ।

सन् २०१७, जुन ११

सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसख्याँका मुद्धाहरुलाई सम्बोधन गर्ने हेतुले विश्व जनसख्याँ दिवस हरेक वर्षको जुन ११ मा मनाउन थालिएको हो । रोचक कुरा त के छ भने सन् १९८७ को जुन ११ तारिखका दिन विश्वको जनसख्याँ करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन सम्मीटले यस दिवस मनाउने घोषणा गरेको हो । अहिले आएर बिश्वको जनसख्याँ ७ अरब पुगेको र अझै बढेको अनुमान गरिएको छ । एक अध्यनका अनुसार सन् २०१७ अप्रिल २४ तारिखका दिन बिश्वको जनसख्याँ साँढे ७ अरब पुगेको देखाएको छ , साँढे ७ अरब जनसख्याँ भएको यो ग्रहमा हामीसबैलाई स्वागत छ ।

जनसख्याँ बृद्धि बास्तवमा अवसर हो या चुनौति भन्ने बिषयमा बिवाद शुरु हुन थालेको छ, बिसं २०५६ सालमा नेपाल सरकारले बिधालयमा ल्याएको नयाँ पाठ्यक्रम अनुसार जनसख्याँ बृद्धि नराम्रो र यसलाई नियन्त्रण गर्नुपर्ने भनेर हामीमध्य धेरैलाई पढाइएको पनि छ ।

तर सँधै जनसख्याँ बृद्धि नकारात्मक पनि हुँदैन्, अहिले बिश्वका बिकसित भन्दा बिकसित मुलुकहरुमा जनसख्याँ बृद्धि नकारात्मक बिन्दुमा पुगेकाले डर लाग्दो अवस्था छ । मान्छेहरु बच्चा जन्माउन भन्दा पनि काम, बिकास र नवप्रर्वतनमा लागेकाले यसो भएको हो ।

जनसख्याँ थोरै भएमा थोरै श्रोतले पनि गुणस्तरयूक्त जीवन धान्न मिल्ने तथ्य आफ्नो ठाँउमा छ तथापि बिकास अनि समृद्धिकालागि चाहिने जनशक्तिको पूर्णता पनि जनसख्याँले नै गर्ने त हो ।
बिश्वको शक्तिकेन्द्र मध्य एक चीनले पनि भर्खरै जनसख्याँको यसै महत्व बुझेर एक सन्तान प्रणाली लागु गरेको छ, जापानमा पनि बच्चा जन्माउन प्रेरित गरिन्छ भने अन्य थुप्रै देशहरुको हबीगत यस्तै छ ।

नेपाल, भारत र बगंलादेशमा भने पपुलेशन बोनस भएको मानिन्छ, यसको अर्थ कार्यशिल जनसख्याँ अर्थात १६ देखि ४९ सम्मका जनसख्याँ कुल जनसख्याँको ६० प्रतिशत भन्दा बढि हुनु हो । यि जनश्रोतलाई राम्ररी प्रयोग गर्न सके बिकास पर छैन तर दुर्भाग्य नेपाली जनशक्तिहरुको पसिना स्वदेश भन्दा बिदेशमा बढि चुहिरहेको छ । दोष जानेको भन्दा पनि जानपर्ने बाध्यता सिर्जन गर्ने गरिन्छ ।

खाडीको मरुभूमिमा हरियाली बनाउन सक्ने नेपाली पसिनाले आफ्नै हरियो देशलाई कहाँबाट कहाँ पूर्याउन सक्छन होला, तर संभावनाको शब्दमा मसि चोपिएको कहाँ छ र ?

यस बर्षको नारा Family Planning: Empowering People, Developing Nations भन्ने रहेको छ । परिवार नियोजन, ब्यक्तिगत सशक्तिकरण र समृद्ध राष्ट्रकालागि भन्ने अर्थ यस बर्षको नारा हो । परिवार नियोजन भन्ने बित्तिकै थोरै सन्तान जन्माउने या जनसख्याँ नियन्त्रण मात्र पनि हैन, परिवारको चौतर्फि बिकास अनि समृद्धिकालागि सोच्नपर्ने हरेक प्रकारका कुराहरु परिवार नियोजन भित्र रहन्छ भनेर बुझ्न जरुरी छ ।

अर्कोतर्फ अहिलेपनि २ करोड भन्दा धेरै महिलाहरुले गर्भनिरोधक साधनको सुरक्षित प्रयोग नगरेको तथ्याकं पनि छ । यस्ता कुराहरुमा हामी सबै अनि सरोकारवालाहरुको ध्यान आज जाओस् ।
मानव बस्तीमा थोरै बच्चाहरुको सख्याँले समृद्धि जनाउन सक्दैनन तर भएका बच्चाहरुको उचित स्याहार, सुसार, आहार अनि स्वास्थ दिनसक्ने गरि परिवारको योजना गर्नु बुद्धिमत्ता हो ।

सन्तानले डाँडाकाँडा ढाकुन भन्ने उक्तिलाई परिमार्जन गर्दै सन्तानको यश र कृतीले डाँढाकाँढा ढाक्न सक्ने गरि शिक्षा दिक्षा र लालनपालन गर्न सक्ने गक्ष सबैको होस् ।

बुवा, आमा, दाई, दिदि, बहिनी, भाई, काका, काकी, हजुरबुवा, हजुरआमा लगायत सम्पूर्ण नातागोता अनि साथीभाईहरुमा आजको दिवसको शुभकामना । हामी छौं र त संसार छ

स्रोतः हाम्रो पात्रोकालागि सुयोग ढकाल

Related Post