शअबान अरबी महीनाको आठौं महीना हो । अल्लाह तआलाले मानिसलाई पुण्य प्रदान गर्नको लागि विभिन्न उपाय निकाल्नु हुन्छ। जसले गर्दा मानवलाई धेरै नै पुण्य कार्य गर्नका लागि उत्साहित गर्दछ । जो भक्त धेरै ज़्यादै नफली (गैर अनिवार्य) माध्यमबाट अल्लाहको दयालुता चाहन्छ, अल्लाहले उसलाई अफ्नो सबै भन्दा असल भक्त बनाउनु हुन्छ र उसको प्रत्येक प्रकारबाट मद्दत गर्नु हुन्छ र जीवनको हर मोडमा अल्लाहको सहायता उसको साथ हुन्छ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो कि अल्लाह तआलाको किताब कुरआनमा उल्लेखित छ-” जो मेरो भक्तसँग दुश्मनी गर्दछ, म त्यस व्यक्तिसँग युद्धको घोषणा गर्दछु र मसँग सबै भन्दा धेरै प्रिय भक्त त्यो हो जसले मेरो लागि निरन्तर रुपले मेरो नफली (गैर-अनिवार्य) प्रार्थना र उपासनाको माध्यमले मेरो प्रसन्नताको प्राप्तिको लागि हम्मेशा लागि रहन्छ, यसै कारणले म उसँग प्रेम गर्नेछु ।
नफली (गैर अनिवार्य) प्रार्थनामा नफली(गैर अनिवार्य) रोजाको एक अलग महत्वपूर्ण स्थान छ, जसको धेरै ज़्यादै लाभ हासिल हुन्छ, यिनै नफली रोजामा शअबानको महीनाको रोजा पनि एक महत्वपूर्ण रोजा हो, शअबानको महीना रमज़ानको महीना भन्दा पहिले आउँछ, शअबानको नफली (गैर अनिवार्य) रोजा रमज़ानको फर्ज़ रोजाको स्वागतको लागि हो, प्रिय रसूल (सल्लल्लाहु अलैहि वसल्लम) अरु महीनाको तुलनामा शअबानको महीनामा ज़्यादा रोज़ा राख्दछ। जस्तै आइशा (रज़ी अल्लाहु अन्हा) वर्णन गर्नु हुन्छ।” रसूल (सल्लल्लाहु अलैहि वसल्लम) यस प्रकार रोजा राख्नु हुन्थ्यो कि मलाई लाग्थ्यो कि अब मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) हम्मेशा रोजा राख्नु हुन्छ र फेरी कहिले काँही मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) यसरी चुपचाप रहनु हुन्थ्यो कि अब सायद रोजा राख्नु हुन्न कि जस्तो लाग्थ्यो । एकपटक मैले देखे कि मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) रमज़ान महीनाको सिवाय कुनै अरु महीनाको रोज़ा रख्नु नै भएन र फेरी मैले यो पनि देखे कि मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) शअबान महीनाको सिवाय अरु कुनै अरु महीनामा ज़्यादै रोज़ा राख्नु हुन्छ।” (सही बुखारी र सही मुस्लिम)
हदीसको मश्हूर विद्वान अहमद बिन अली बिन हज्र अल-अस्क़लानी भन्नु हुन्छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) अरु महीनाको तुलनामा शअबानको महीनामा ज़्यादै रोज़ा रख्दथे र यसबाट यो स्पष्ट हुन्छ कि शअबानको नफली रोजाको महत्व प्रमाणित हुन्छ । (फतहुल बारी शर्ह सही बुखारी) यस शअबान महीनाको रोज़ाको महत्व अर्को प्रकारले प्रमाणित हुन्छ जस्तै उसामा बिन जैद (रज़ी अल्लाहु अन्हु) भन्नु हुन्छ-” मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग प्रश्न गरें ऐ अल्लाह को रसूल! मैले तपाइलाई शअबानको महीनामा धेरै ज़्यादै रोज़ा रखेको देखेको थिए तर शअबानको सिवाय अरु कुनै महीनामा तपाई यति ज़्यादै रोज़ा राख्नु हुँदैनथ्यो त रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उत्तर दिनु भयो,- यो त्यो महीना हो जुन रजब र रमज़ानको बीचमा पर्छ जसले गर्दा धेरै मानिसहरु यस महिनाको बारेमा त्यति ध्यान दिंदैनन् तर यो त्यो महीना हो जुन समयमा मानवको कर्म अल्लाहको साथ पेश गरिने छ र म चाहन्छु कि मेरो कर्म रोज़ाको अवस्थामा पेश गरियोस्।” (सुनन नसई और हदीस के बहुत बड़े विद्वान अल- अलबानी ने सही कहा है) इब्ने रजब कहते हैं” शअबानको रोज़ा अरु महिनाको रोज़ा भन्दा उत्तम हो, यसै गरी रमज़ान भन्दा पहिले नफिली रोज़ा र रमज़ानको पछि नफली रोजा अरु नफली रोजा भन्दा उत्तम र फलदायी छ। यो फर्ज़ नमाज पछि जरुरी सुन्नत जस्तै हो (लताइफुल मआरिफ)
शअबान महीनीको पन्ध्रौ रातः- शअबान महिनाको पन्ध्रौ रात जसलाई शबे बरात पनि भनिन्छ । यसको महत्व र फाइदाले सीमा नाघेको छ । शबे बरात प्रति जति पनि हदीस बयान गरिएको छ, यि सबै हदीसमा धेरै नै त्रुटी तथा कमजोर र मनगढ्न्त छन् जस्तै हदीसका ठूला-ठूला विद्वानले भनेका छन्, केवल एक हदीस शबे बरातको बारेमा लेखिएको छ र त्यसलाई इमाम अल्बानीले हसन हदीस भन्नु भएको छ।
अबू मूसा अल-अश्अरी (रज़ी अल्लाहु अन्हु)ले भन्नु हुन्छ,- रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ने भन्नुभयो ” निश्चय नै अल्लाह तआलाले शअबानको पन्ध्रौं रातमा आफ्नो भक्तलाई उपासनामा देख्नु भयो भने आफ्नो भक्तलाई क्षमा गरिदिनु हुन्छ, सिवाए अल्लाहको साथ शिर्क गर्नेवाला र एक आपसमा दुशमनी, छलकपट गर्नेवाला।” (सुनन इब्ने माजा, हदीस संख्याः १३८०) इस्लामिक इबादतमा सबै भन्दा महत्वपूर्ण दुईवटा शर्त छ, जुन गुण ती व्यक्तिहरुमा पाइन्छ तिनका प्रत्येक कर्म या पूजामा तल उल्लेखित निमानुसार हुन्छ तब अल्लाहले त्यो उपासना स्वीकार गर्नु हुन्छ।
- त्यो कार्य र पूजा तथा उपासना निःस्वार्थ होस्, दुनियाको लालच या मानवको लागि देखावटीको लागि नहोस्। खास अल्लाह तआलालाई खुशी पार्नको लागि गरियोस् र त्यो उपासनामा अल्लाहको साथ कसैको लागि रत्तिभर पनि सहभागी नबनाइयोस् ।
(२) त्यो कर्म र पूजा तथा उपासना अल्लाहको नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नतको अनुसार होस् र त्यो सुन्नत सही हदीसको शर्तमा प्रमाणित होस्। तब हाम्रो कुनै पनि उपासना र पुण्यको काम अल्लाहको साथ स्वीकार हुन्छ र हामीलाई त्यो कामको पुण्य प्राप्त हुन्छ नत्र हाम्रो कार्यमा पाप या अपराध मिल्दछ। - नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो भविष्यवाणी पनि गर्नु भएको थियो कि कुनै व्यक्ति हुन्छन् जुन धर्ममा आफ्नो तर्फबाट मिलावट गर्दछन् चाहे उसको विचार राम्रो होस् या नराम्रो, दुबै कारणमा उसलाई पाप हुन्छ र जन्नत(स्वर्ग) मा प्रवेश हुनबाट वंचित हुनेछन्, रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) को साथ हौज़ कौसरको स्वादिष्ट पानीको पीउनबाट वञ्चित हुनेछन्। सही बुखारीको यस हदीसमा विचार करें।
सहल बिन साद (रज़ी अल्लाहु अन्हु) भन्नुहुन्छ नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, निश्चय नै म कौसरको कुवामा तिम्रो स्वागत गर्नेछु, जो व्यक्ति वहाँ मेरो नजिकबाट जानेछ उसले त्यस कौसर कुवाबाट पानी पिउन पाउँनेछ र जो व्यक्ति उसको पानी पीउने छ उसलाई कहिल्यै प्यास लाग्ने छैन, निश्चय नै कोही व्यक्ति म भएको ठाउँमा आउनेछन् र म पनि उनिहरुलाई चिन्नेछु र ती व्यक्तिहरु पनि मसँग परिचित हुनेछन् तर उनिहरुलाई मेरो साथ आउन रोकिन्छ । तर म भन्छु, उनिहरु मेरा अनुयायी हुन, उसलाई मेरो साथ आउन दिनुहोस्, तब भनिन्छ, वास्तवमा तपाईलाई थाहा छैन । तपाई पछि यि व्यक्तिहरुले दीन (धर्म) मा नयाँ नयाँ चीज मिलावट गरेका थिए, तब म भन्ने छु भाग यहाँबाट, टाढा जाउ, जुन व्यक्तिले मेरो मृत्यु पछि दीन (धर्म) मा नयाँ चीज (बिदअत) को ल्याउने छन्।
बिदआत (धर्मको मामलामा नयाँ चीज मिलावट)- बिदआत त्यो घातक बीमारी हो यसमा मुस्लिम समाज लिप्त छन्। आश्चर्यजनक कुरा यो छ कि धेरै मानिसहरु अतिप्रेमको कारण धेरै कुरा धार्मिक उपासनामा धर्मको नाममा भन्दछन् तर उनको यो कोशिश बेकार हुनेछ र पुण्यको सट्टा पापबाट आफ्नो जीवनमा कलंक लगाउँछन् यसैले हामी सबैले आफ्नो उपासना र प्रार्थनाको लागि चिन्तित हुनु पर्छ र केवल त्यही काम गर्नुपर्छ जो सही हदीस र नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नतबाट प्रमाणित होस्, शबे बरातमा हामी धेरै मुसलमान भाई एक सय रकआत वाला नमाज पढ़दछन् । जब हामी हदीसको महत्वपूर्ण पुस्तक र हदीसका ठूला ठूला विद्वानको भनाई पढ़दछौं त वहाँहरु भन्नु हुन्छ कि शबे बरातमा गरिनेवाला उपासना बिदअत र गलत हो जुन जाइज होइन र सही हदीसबाट प्रमाणित छैन, इस्लामी धर्मका सबैभन्दा प्रकख्यात मुफ्ती अल्लामा इब्ने बाज़ (रहमतुल्लाह अलैहि) सँग प्रश्न गरिएको थियो कि के शबे बरातको कोही खास नमाज छ ? तब उहाँले उत्तर दिनु भयो, शअबानको बारेमा हदीसमा प्रमाणित छ कि पन्ध्रौं रात (शबे बरात) को बारेमा लेखिएको सबै हदीस कमजोर कमजोर छ तर त्यो मनगढन्त हो, यस रातमा न कुनै खास इबादत र न कुनै जप, र न सामूहिक कार्य गर्न आदेश दिएको छ, जसमा उलमाले यसको महत्व बारेमा जुन बयान गरेका छन्, ति सबै कुरा कमज़ोर हुन्, यस रातमा कुनै खास काम गर्नु जाइज छैन। (मज्मूअ फतावा इब्ने बाज़)
शबे बरातको दिन रोजा राख्नु हुँदैन । यसै गरी कब्रिस्तानको दर्शन र मृतकको आत्मा आउने र उनको लागि खाना र हलुवा र अरु मिठाई आदी पकवान तयार गर्नु र उसको लागि सूरः फातिहा पढ्नु सबै बिदअत (धर्मको मामलामा नयाँ चीज मिलावट) र खुराफातको लिस्टमा आउँछ जसरी मुहद्देसीन उलमाले भनेका छन्,- अल्लाहले हामी सबैलाई सीधा बाटोमा हिंडने र धर्मलाई सही तरिकाले सम्झिन सक्ने क्षमता प्रदान गरून तथा लौकिक र पारलौकिक संसारमा सफल जीवन प्रदान गरुन, आमीन