संसारका मानवकालागि मुहम्मद साहेब एक आदर्श नमूना हुन् यो भनाई कुनै एक साधरण व्यक्तिले भनेको होइन उनी हुन तिब्बती लीडर दलाई लामा जसलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । उनले भनेः क़ुरआन एक पवित्र किताब हो जुन अल्लाहको तर्फबाट सारा संसारका मानवका लागि मार्गदर्शन र समाजको भलाईको लागि एक अमूल्य उपहार हो।
कर्नाटक मुस्लिम सोसाइटीको भनाई अनुसार उनले यो विचार मैसूरमा बुद्ध-समाजको ग्रैंड-ग्लोबल भेला भएको बेला बताउनु भएको थियो । यस अवसरमा दलाई लामाले पैग़म्बर मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) ले मानवताको लागि वहाँले गरेको सेवाहरुको बारेमा पनि दर्शकहरुलाई जानकारी गराउनु भएको थियो।
उनले भने कि सारा मानवताको लागि पैग़म्बर मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) एक आदर्श उदाहरण हुन् । संसार भरी शान्ति कायम गर्न र आतंकवाद समाप्त गर्नको लागि हामी मुहम्मद साहबको मार्गमा हिड्नु पर्छ ।
उनले भने मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) को सन्देश शान्ति, प्रेम, न्याय र समानताको सन्देश दिन्छ जो संधै नै सारा संसारका मानवका लागि एक ज्योति हुन्” ।
“बायलाकुप्पामा भएको यस प्रोग्राममा संसार भरका बौद्ध धर्मालम्बीहरु जम्मा भएका थिए”
कर्नाटक मुस्लिमले बताए कि CMA को जिल्ला-प्रमुख मुश्ताक़ अहमदले क़ुरआनको अंग्रेजी अनुवादको एउटा किताब दलाई लामालाई दिएका थिए ।
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


