हदीस ६ सन्देह देखि टाढा हुनु
अबू अब्दुल्लाह नोमान बिन बशीर रज़ियल्लाहु अन्हुबाट बयान गरिएकोछ, वहाँ भन्नुहुन्छ, मैले अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभएको सुनेको थिए,- ‘निश्चित रुपमा जायज स्पष्ट छ र नाजायज पनि खुलस्त छ र यि दुई बीच सन्देह लाग्ने चीज हुन्छ जसलाई धेरैजसो मानिसले जान्दैन, जो कोही पनि यसबाट बच्ने कोशिस गर्दछ उसले आफ्नो धर्म पनि पवित्र गर्यो,र इज्जत पनि । तर जो व्यक्ति शंकाको चीजमा पर्छ यस्तो व्यक्ति त्यो चरुवा(गोठाला) जस्तो हो जसले मनाही गरेको चरनमा(सिमाना) को चारै तिर चराउँछ र हरेक समय यस्तो डराउँछ कि कुनै जनावर त्यसठाउँमा पसेर चर्ला भनेर। खबरदार ! हरेक राजाको एक हद तोकिएको (सिमा) हुन्छ र अल्लाहको हद हराम (अवैध) चीज़ हो, याद गर ! शरीर भित्र मासुको एक डल्लो छ, जब त्यो ठीक रहन्छ, सारा शरीर ठीक रहन्छ र जब त्यो खराब हुन्छ त सारा शरीर खराब हुन्छ र त्यो हो हृदय (मुटु) । (बुखारी,मुस्लिम)
ब्याख्याः केही चिजको स्पष्ट रुपमा थाहा हुन्छ यो हराम हो, जुन चिज हराम हो त्यो इस्लाममा प्रयोग गर्न मनाही हुन्छ र खाना पनि मनाही हुन्छ । कुनै चिज स्पष्ट गरिएको छ यो चिजहरु हलाल हो, जुन चिज खान र प्रयोग गर्न जायज हुन्छ तर केही चिज यस्ता पनि छन् जुन हराम हो या हलाल शंका लाग्छ, यस्तै चिजबाट आफुलाई जसले जोगाउन सक्छ उसले आफ्नो धर्म पनि पवित्र गर्यो,र इज्जत पनि । यसको अर्थ यो भयो कि शंका लाग्ने चिजहरुबाट जोगिनु पर्छ।
स्रोतः- चालिस हदीस
लेखकः- इमाम यह्या बिन शर्फ़ुद्दीन अन-नववी
हिन्दी अनुवादकः- कौसर यजदानी
नेपाली अनुवादकः- मुहम्मद इब्राहिम खरेल
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


