Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

सहाबा भनेको के हो ?

सहाबा भनेको के हो ?

सहाबा

अल्लाह तआलाले आफ्नो अन्तिम संदेष्टा मुहम्मद सल्ल. लाई विश्वव्यापी सन्देशवहाक बनाएर सम्पूर्ण संसारको लागि पठाउनु भयो तब उनको संगतको लागि यस्तो महान पुरुषहरुलाई पनि चयन गरे जुन इस्लामको विश्वव्यापी सन्देशलाई सम्पूर्ण संसारमा पुर्याउनलाई योग्य थिए, उनै साथिहरुलाई सहाबा भन्दछन्, जो सहाबीको बहुवचन हो। यी व्यक्ति यस्ता थिए जसको प्रशंसा अल्लाहले आफ्नो किताबमा गरेका छन्, यी ती व्यक्ति हुन जुन अल्लाहको सन्देशलाई सर्वप्रथम सम्बोधक थिए, जसले मुहम्मद सल्ल. लाई आफ्नो आंखाबाट देखे र उनको आदेशहरुलाई आफ्नो कानबाट सुने, जसले अल्लाहको रसूल सल्ल.को एक-एक वाक्यहरु आफु पछिका पिंडीहरु समक्ष पुर्याए मानौ त्यो इस्लामको प्रमाण हो जसको माध्यमद्वारा इस्लाम पछिका व्यक्तिसम्म पुग्यो ।

सहाबीको परिभाषाः हाफिज़ इब्ने हजर रहि. ले सहाबीको परिभाषा यसप्रकार गरेका छन्-सहाबी त्यो हो जसले अल्लाहको नबी सल्ल.सँग ईमान ल्याए र ईमानको स्थितिमा भेट भयो र ईमानको स्थितिमा नै उनको मृत्यु भयो।

यसप्रकार ती सबै व्यक्ति सहाबीको परिभाषामा सम्मिलित हुन्छ जसले अल्लाहको रसूल सल्ल.सँग ईमानको स्थितिमा भेट गरे र ईमानको स्थितिमा नै उनको मृत्यु भयो, चाहे उनले वहाँको साथ इस्लाम स्वीकार गरेको नहोस् या कुनै अन्यको साथमा इस्लाम स्वीकार गरेको होस्, चाहे त्यो पुरुष होस् अथवा स्त्री। चाहे उनले अल्लाहको रसूल सल्ल. लाई अफ्नो आँखाले देखेको होस् वा आफ्नो आँखाले नदेखेको अंन्धो नै किन नहोस् । तिनीहरु जो पुरुष थिए उनीहरुलाई सहाबी भनिन्छ जसको बहुवचन सहाबा हुन्छ र जो महिला थिए उनीहरुलाई सहाबिया भनिन्छ, जसको बहुवचन सहाबियात हुन्छ ।

जब कुनै एक सहाबीको नाम आयो भनेः “रज़ियल्लाहु अन्हु” भन्नुहोस् र जब एक भन्दा धेरै सहाबाको नाम आयो भने: “ऱजियल्लाहु अन्हुम” भन्नुहोस् र जब कुनै सहाबियाको नाम आयो  भनेः “रजियल्लाहु अन्हा” भन्नुहोस् र जब एक भन्दा धरै साहाबियातको नाम आउँछ भनेः “ऱजियल्लाहु अन्हुन्न” भन्नुहोस् ।

Related Post