हदीस ३
यो हदीस अबू अब्दुर्हमान अब्दुल्लाह (अल्लाह तआला उनिमाथि प्रशन्न रहुन) उमरपुत्र खत्ताब रज़ियल्लाहु अन्हुमा (अल्लाह तआला उनिमाथि प्रशन्न रहुन) भन्नु भयो, मैले अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) बाट सुनेको थिए, वहाँले भन्नुभयो,- “इस्लामको जग पाँच चीजमा राखिएको छ,- यस कुराको प्रतिज्ञा गर्नु कि अल्लाह बाहेक कोही सत्य पूजनिय छैन र म यस कुराको प्रतिज्ञा गर्छु कि हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम अल्लाहको रसूल हुनुहुन्छ, नमाज (प्रार्थना) पढ्ने गर्नु, जकात (दान) दिनु, र अल्लाहको घरको हज्ज गर्नु, रमज़ानको रोजा (ब्रत) राख्नु, (बुखारी, मुस्लिम)
संक्षेपमा खुलसा
यस हदीसको माध्यमबाट अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले इस्लामको स्तम्भको बारेमा उपदेश दिनु भएको छ। जसरी एउटा घर बनाउँदा खम्बाहरु बिना छानो बनाउन सक्दैन त्यस्तै, इस्लाम धर्मलाई जान्न र बुझ्न इस्लामको पाँच स्तम्भको बारेमा जान्नु र बुझ्नु जरुरी हुन्छ। ती स्तम्भहरु पाँचवटा छन्।
1- कल्मा शहादत, 2- दिन र रातमा गरी पाँच पटक नमाज़, 3- जकात, 4- रोजा (रमजान महिना भरी राखिन्छ), 5- हज्ज(जीवनमा मात्र एक पटक)
1- कल्मा शहादत- कुनै पनि मानिस कल्मा शहादतको गवाही बिना इस्लामको परिधी भित्र रहदैन। कल्मा शहादतलाई नै जन्नत (स्वर्ग) को चाबी पनि भनिन्छ। जब चाबी छ तर त्यसमा दाँती भएन भने त्यो ढोका खुल्दैन । त्यो दाँती भनेको नमाज़, जकात, रोजा र हज्ज हो।
2-नमाज़- नमाज़ दिन र रातमा पाँच पटक पढ्नु पर्छ, जुन काफिर मुस्लिम बीच फरक गर्छ। अल्लाहले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई इस्रा मेराजको अवसरमा बोलाएर पाँच पटक नमाज़ पढ्ने हुकुम दिनु भयो ।
3- जकात- धनवान व्यक्तिबाट संकलन गरेर गरिब, मिस्किनलाई दिइन्छ। जकात हरेक व्यक्तिमा अनिवार्य हुँदैन । जो व्यक्तिसँग जकातको निसाब(साँढे सात तोला सून र 595 ग्राम चाँदी वा सो मु्ल्य बराबरको नगद रकम छ भने उसले जकात दिनु अनिवार्य हुन्छ।
4- रमजान महिनाको रोजा- यो रोजा अनिवार्य रोजा हो, जसले रोजा राख्दैन ऊ अल्लाहको दृष्टिमा पापी ठहरिन्छ। बालक, र मानसिक सन्तुलन बिग्रेको मानिसलाई माफ हुन्छ । वृद्ध (पुरुष होस् या नारी) ले सके रोजा राख्नु नसके एक रोजा बराबर एक मिस्किनलाई खाना खुवाउनु पर्छ। सुत्केरी भएको अवस्थामा रहेकी नारी, मासिकश्रावको अवस्थामा रहेकी नारी, बिमारी व्यक्ति, यात्रामा रहेको व्यक्तिहरुले रमजान पछि सुविधा अनुसार राख्नु पर्छ।
5- हज्ज- जीवनमा एक पटक हरेक मुस्लिम पुरुष वा नारीमा अनिवार्य छ । आर्थिक क्षमता कमजोर, मानसिक सन्तुलन गुमाएको मानिसको लागि हज्ज माफ हुन्छ । तर आफु बिमारी भए पनि आर्थिक क्षमता छ भने आफुले पैसा दिएर अरुलाई आफ्नो हज्ज गराउन सक्छ तर शर्त यो हुन्छ की हज्जे बदल गर्ने व्यक्तिले पहिले आफ्नो हज्ज पुरा गरि सकेको हुनुपर्नेछ ।
स्रोतः- चालिस हदीस
लेखकः- इमाम यह्या बिन शर्फ़ुद्दीन अन-नववी
हिन्दी अनुवादकः- कौसर यजदानी
नेपाली अनुवादकः- मुहम्मद इब्राहिम खरेल
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


