New Muslims APP

हामी नरम स्वभाव कसरी बन्ने ?

मित्रता

हामी नरम स्वभाव कसरी बन्ने ?

विवेक, गंभीर स्वभाव र धैर्यता यस्तो सुनौलो विशेषताहरु हुन जसले नैतिकतामा महत्वपूर्ण स्थान हुन्छ, नरम स्वभाव भएको व्यक्तिको व्यक्तित्व लोकप्रिय हुन्छ, उसको दुश्मन पनि मित्र बन्न थाल्छ र उ अल्लाहको दृष्टिमा धेरै प्यारो र अति पृय भक्त बन्छ ।

अशज्ज अब्दुल क़ैसले अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमसँग भन्नु भएको थियो: “तिमी भित्र दुई स्वभाव यस्तो छ त्यसलाई अल्लाहले मन पराउनु हुन्छ, नम्र स्वभाव र विवेक पूर्वक काम गर्ने”।

अब यस्तो प्रश्न उब्जिन्छ कि हामी नम्र स्वभावको कसरी बन्ने ?  हामी भित्र भएको रिस, राग र क्रोधबाट आफुलाई कसरी टाढा राख्न सकिंन्छ ? तथा मतभेदको स्थितिमा छिटो भन्दा छिटो कसरी आफुलाई सम्हाल्ने ? तपाईलाई थाह नै होला कि यो एक यस्तो मामला हो जसको लागि हामीले बलिदान दिन आवश्यकता पर्छ, भाईचारा र बन्धुत्व धेरै कोमल नाता हो, यसलाई कायम राख्नलाई केही सिद्धान्त र नियमको जरूरत पर्छ ।

अर्को व्यक्ति प्रति राम्रो सोच राख: सबैभन्दा पहिले आफ्नो हृदयमा क्रोधलाई पीउने सक्ने शक्ती सृजना गर्ने सहाँस हुनुपर्छ, त्यसपछि तपाई अरु प्रति राम्रो सोच राख्न सक्नु हुन्छ, तपाईको नजरमा उनको गुणमाथि होस्, अवगुण र नकारात्मक चीजलाई नदेखे झैं गर्ने बानी बसाउनु पर्छ, यदि कुनै व्यक्तिमा नराम्रो सोच या रबैया छ भन्ने पत्ता लागे जहाँसम्म हुन सक्छ उसबाट टाढा हुने कोशिश गर्नु होस् किनकि ज्ञानी दुश्मन भन्दा अज्ञानी र मूर्ख साथी आफ्नो लागि धेरै खतरा सावित हुन्छ।

अबू क़लाबा अल-जज़मी रहिमहुल्लाहले धेरै ज्ञान मूलक सन्देश दिंदै भनेका छन्:  “जब तिम्रो साथ आफ्नो भाईको तर्फबाट केही कुरा पुग्यो जो तिमीलाई नराम्रो लाग्छ । जहां तक हुन सक्छ त्यसको लागि कुनै बहाना खोजी गर, यदि कुनै बाहाना नभए भन शायद मेरो भाईको साथ कुनै कारण होला जसको मलाई ज्ञान नहुन सक्छ।”

अब्दुल्लाह बिन मुहम्मद बिन मनाज़िल भन्नु हुन्छ: “मोमिन आफ्नो भाईको लागि बहाना खोजी गर्दछ है जब कि कपटाचारी आफ्नो भाईको अपराधको खोजी छानबिनमा लगि रहन्छ।”

यसैले अल्लाह तआलाले मुसलमानलाई गलत सोच्न मनाही गरेको छ, अल्लाह तआलाले भन्नुभयो: “ऐ ईमान वाला ! धेरै शंका गर्नबाट बच्नु किनकि केही शंका पाप हुन सक्छ”।

यसैले यदि तपाईको साथ कुनै व्यक्तिको व्यवहारको बारेमा कुनै नकारात्मक कुरा पुग्यो भने भावनात्मक फैसला गर्नुको सट्टा उसको सच्चाई तक पुग्नलाई कोशिश गर्नु, कुन परिस्थितीमा उसले यो कुरा गरेको हो ? उसले भन्नुको उद्देश्य के थियो ? न उसले बस ठट्टा पो गरेको हो की ? फेरी उसको धेरै सबै खुबी र भलाई कार्यलाई पनि ध्यान राख्नु र किनकि कहिले पनी पक्षपातपूर्ण रवैया अपनाउनु हुँदैन।

अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको पवित्र जीवनीबाट हातिब  बिन अबी बलतआ रज़ियल्लाहु अन्हुको घटना हाम्रो विषयको व्याख्याको लागि काफी छ ।

रसूल सल्लल्लाहु अलैहि व सल्लम जब मक्काको विजयको इरादा गरि रहेका थिए त एक सहाबी हातिब बिन अबी बलतआ रज़ियल्लाहु अन्हुले कुरैशलाई एउटा पत्र लेखेर यो सूचना पठाए कि अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लम हमला गर्नेवाला छन्, उनले यो पत्र एउटा महिलालाई दिए र उसलाई क़ुरैश तक पुर्याउनलाई मुआवजा राख्यो, रसूल सल्लल्लाहु अलैहि व सल्लमको साथ आकाशबाट खबर आयो, वहाँले सहाबाको एक सानो प्रतिनिधी मण्डल उसको पछि लगाए, यसरी सहाबाले त्यो पत्र पाउन सफल भए, फेरी यो पत्र लिएर नबी सल्लल्लाहु अलैहि व सल्लमको नजिक आए, प्रत्येत सहाबा हातिब बिन बलतआको रवैयाबाट धेरै क्रोधित भए, यहां तक कि उमर फारूक़ रज़ियल्लाहु अन्हुले भने:ऐ अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लम मलाई जान दिनुहोस् म यस कपटाचारीको गर्दन छिनाई दिन्छु किनकि उसले अल्लाह र उसको रसूल सल्लल्लाहु अलैहि वसल्लमको साथ विश्वासघात गरेको छ, तर अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भावनात्मक फैसला गर्नु सट्टा तथ्यको खोजी गर्दै रहे: ऐ हातिब! तिमीले यस्तो किन गर्यौ ? हातिबले क्षमा माग्यो र भन्योः “हे अल्ल्लाहको रसूल मक्कामा मेरो परिवार र बाल बच्चा छ र क़ुरैशसँग मेरो कुनै नाता सम्बन्ध छैन जसले गर्दा मैले आफ्नो बाल बच्चाको रक्षा गर्न सक्दिन, मैले यो काम न इस्लामबाट फर्केको हुनाले गरेको हुँ र न कुफ्रमा सहमत भएको कारणले गरेको हुँ” । तब नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो: हातिबले सत्य भन्यो उसले बाल बच्चाको भलाईको लागि यो काम गरेका हुन् । पूरा  विवरण सुने पछि उमर रज़ियल्लाहु अन्हुको दुवै आँखा झुक्यो, अनि उमर रज़ि.ले भने:अल्लाह र उसको रसूल धेरै जान्नु हुन्छ। (सही बुख़ारी: 4274)

तजरबा बताउनु हुन्छ कि कुनै पनि मामलबाट नर्मीबाट सल्टाउने कोशिश गर्नु पर्छ सरलतापूर्वक मामला सल्टिन्छ, किनकि कडा, छिटो निर्णयको परिणाम कहिले काहीं धरै भयानक नोक्सान हुन सक्छ, नरम तरिकाले कठोर हृदयको मानिसलाई पनि मोम बत्ति जस्तै कोमल बनाउँछ ।

अब्बासी खलीफा मामून रशीदलाई एक जना प्रवक्ताले उपदेश दिए र कडा रुपमा कुरा गर्न लागे, यसमा खलीफा अलिकती पनि रिसाएनन् र धेरै विवेक पूर्वक जवाब दिए: “हे मानिस ! नरमसँग कुरा गर, किनकि अल्लाह तआलाले तिमी भन्दा उत्तम व्यक्तिलाई म भन्दा धेरै नराम्रो व्यक्तिको साथ पठाए त उसलाई नम्र हुनलाई आदेश दिनु भयो। उसँग नम्रताको साथ कुरा गर्नु, शायद उसले मार्गदर्शन स्वीकार गर्छ या डराउँछ। ”

यसको अभिप्राय असलमा हज़रत मूसा र हारून अलैहिमस्सलाम हो जबकी उनलाई फिर्औन द्वारा नबी बनाएर पठाइदैं थियो त अल्लाहले दुवै चेतावनी दिएको थियो कि उसँग नरमसँग कुरा गर्नु। नराम्रोको बदला राम्रोबाट दिनुपर्छ।

यदि कोही व्यक्ति तपाईसँग दुर्व्यवहार गर्छ भने उसको लागि अल्लाहसँग दुआ गर ताकि हृदयको घृणा टाढा हुन जान्छ, फेरी उसको साथ साथ केही एहसान पनि गर्न सक्छ त जरूर गर। एक व्यक्तिले हज़रत इब्ने अब्बास रज़ियल्लाहु अन्हुमालाई खुब गाली गर्यो, जब चुप भयो, तब आफ्नो दास इकरमा रज़ियल्लाहु अन्हुसँग भने “ऐ इकरमा के यस मानिसलाई कुनै चीजको जरूरत छ जुन हामी पूरा गर्न सक्छौं ? यो कुरा सुनेर त्यो मानिस शर्माएर टाउको झुकायो ”।

जब नराम्रोको बदला राम्रोले दियो भने दुश्मन पनि मित्र बन्न सक्छ । अल्लाहले सूरः फुस्सिलतमा भनेका छन्: “कुकर्म र सुकर्म समान हुन सक्दैन। अतः (हे नबी !) दुष्कर्मलाई राम्रोसँग पन्छाऊ । अनि तिमीसित जसको शत्रुता थियो, मानौ त्यो तिम्रो घनिष्ठ मित्र भइहाल्छ”।(सूरःहा. मीम. अस्-सज्दह्- 34)

वेवकुफ र अज्ञानी व्यक्तिको कुरामा ध्यान न देऊ:  खासगरी मानिसहरु बेबकुफ र अज्ञानी व्यक्तिको कुरामा ध्यान दिन थाल्छ र मानसिक तनावको शिकार हुन थाल्छ, बास्तवमा मुस्लिम व्यक्ति नैतिकतामा उच्च र गुणवान हुनुपर्छ, बेबकुफ र अज्ञानी व्यक्तिको कुरामा अल्झिनु हुँदैन र उनको एक एक कमिकमजोरीमा उसलाई दमन गरि रहनु एक मोमिनको स्वभाव होइन किनकि क्षमाको नीति अपनाउ र भलाईको हुक्म दिई रहनु र अज्ञानीहरुबाट आफुलाई बाहिर निकाल।

अब्बासी खलीफा मामूनको बारेमा उल्लेख छ, अब्दुल्लाह बिन ताहिर भन्नु हुन्छ, एक दिन म मामूनको साथमा बसिरहेको थिए, उसले सेवकलाई बोलाएको थियो, ऐ गुलाम ! तर कुनै जवाब आएन, तब ठूलो स्वरमा बोलाए, अतः एक तुर्की गुलाम यसो भन्दै भित्र प्रवेश गर्यो: “के गुलामको लागि खाना-पीउन पनि उचित समय छैन, जब तपाईको सामुबाट टाढा भयो की गुलाम गुलाम भनेर चिच्याउन लाग्नु हुन्छ”

अब्दुल्लाह बिन ताहिर भन्नु हुन्छ: धेरै बेरसम्म मामून आफ्नो टाउको निहुर्याएर बसे, तर मलाई पूरा विश्वास भएको थियो कि बादशाह उसले उसको गर्दन काट्नलाई आदेश दिन्छन्, तर उसले हामीतर्फ हेरेर भने: ऐ अब्दुल्लाह! “जब एकजना मानिस आफ्नो सेवकसँग राम्रो तरिकाले ब्यबहार गर्छ तर पनि उसको सेवक नराम्रो स्वभावको बन्छ भने हामीले आफ्नो सेवकको नराम्रो स्वभावलाई सुधार गर्नका लागि आफ्नो स्वभाव खराब गर्नु हुँदैन।”

प्रिय पाठकगण ! तपाईले देख्नु भयो होला बादशाह मामूनको नैतिकताले आफ्नो दासको सम्बन्धमा पनि कसरी विवेक र नरमी व्यक्त गर्दथे ।

आफुले आफुलाई समीक्षा गरौं, आफु भित्र के कमी-कमजोरी छ: हामी आफुले आफुलाई समीक्षा गर्नुपर्छ किनकि यस्तो त छैनौं कि हामी छिट्टै रिसाउछौं कि, कहीं यस्तो त छैन कि हामी मामूली कुरामा गलत असर लिन्छौ, र यही समीक्षाले वास्तवमा मानिसको मान-मर्यादा, दिलको विशलता र रिस, आक्रोशलाई काबु गर्नलाई बानी बसाउँछ, यसैले हरेक व्यक्तिले पहिले आफुले आफुमा भएको कमी खोजी गर्ने कोशिश गर्नु, तपाई ती बानीलाई पहिल्याउनु गर्नु पर्छ जसले अर्कामा देख्न मन पराउँदैन, फेरी भन्नु हुन्छ तब आफुले आफुलाई सोध के तपाई त्यही आदतले अर्काको सही र ठीक तरीकाबाट सुधार गर्न सक्नु हुन्छ ? यदि जवाबमा हँ भन्नु हुन्छ भने तपाईको नैतिक कर्तव्य बन्छ कि विशाल हृदयबाट त्यसलाई आफ्नो बसमा पार्नुहोस्  र यदि जवाब नाई हुन्छ भने आखिर उसको व्यवहारमाथि क्रोधित हुन तपाईलाई कुनै अधिकार छैन जुन गलत तपाई स्वयं गर्दै हुनुहुन्छ ।

हाम्रो लागि प्यारा नबी सल्लल्लाहु अलैहि वसल्लमको पवित्र जीवनी एक उत्तम आदर्श हो, उनै हज़रत अनस बिन मालिक रज़ियल्लाहु अन्हु हुन जसले लगातार दस वर्षसम्म मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको सेवा गरेका थिए, वहाँको आनीबानी, आचरण र विशेषता यी शब्दमा बयान गर्नु हुन्थ्यो : “वहाँले कहिले पनि कुनै कामको बारेमा यो काम किन यस्तो गरेको भनेर कहिले पनि भन्नु भएन।”

क्रोध उत्पन्न गर्ने कारणबाट टाढा रहने उपाय गर्नु: हरेक व्यक्तिले आफ्नो कमि कमजोरीको कारण पत्ता लगाउने प्रयाश गरौ र रिस उत्पन्न गर्नेवाला सारा कामबाट टाढा रहनुपर्छ, जस्तै जैद नामको कुवै एउटा ब्यक्ति कुनै अर्को साथिसँग भेट्न चाहन्छ, तोकिएको समय निर्धारित स्थानमा जैद पुग्छ तर त्यो व्यक्ति त्यहा आएको छैन, धेरै बेर पर्खेर बस्दा पनि त्यो मानिस आएन अब प्रतिक्षाको घडी धेरै भई सक्यो, अब ज़ैदले  यो सोच्नु पर्छ कि कुनै कारण या समश्याले गर्दा त्यो मानिस आएन भन्नु सोच्नु पर्छ किनकि कुनै पनि व्यक्तिको संप्रभुताको अधिकार स्वयं आफै हुन सक्दैन तर धेरै मानिसहरु यस्तो अवस्थामा रिसाउने गर्दछन् , यस्तो अवस्थामा पनि हामीले रिसलाई  काबुमा राखी प्रतीक्षाको त्यो क्षण उपयोगी किताबहरु पढेर बिताउन कोशिश गर्नु पर्छ ।

जहाँ झगडाको कुनै कुरा सामन आए वहांबाट हट्नु पर्छ: त्यो स्थान जहां एक व्यक्ति आफ्नो भावनाहरुमाथि काबू राख्न सक्दैन वहाँ न बस्नुहोस्। अहमद बिन रशीद उन्दुलसी भन्नु हुन्छ: “मेरो गुस्सा मेरो जूतामा छ जब कुनै रिस उठ्ने कुरा सुन्छु तब जूता खोलेर वहाँबाट हिंड्छु”।

यो हो केही सुझाव जुन अपनाएर हामी आफ्नो स्वभावलाई नरम गर्नु सक्छौ र रिसबाट टाढा रहन सक्छौ। अल्लाहसँग दुआ गरौं कि उनले हामीलाई नरम स्वभाव र विवेकशिलताको मालिक बनाउन र क्रोधबाट टाढा राखून। आमीन ।।

http://www.new-muslims.info/hin/%0%A5%8D%E0%A4%B2%E

 लेखक- सफात आलम तैमी ‘मदनी’

अनुवादक- मुहम्मद इब्राहीम

Related Post