New Muslims APP

अन्तर्राष्ट्रिय नारी दिवस र इस्लामिक दृष्टिकोण

अन्तर्राष्ट्रिय नारी दिवस र इस्लामिक दृष्टिकोण

अन्तर्राष्ट्रिय नारी दिवस र इस्लामिक दृष्टिकोण

अन्तर्राष्ट्रिय नारी दिवस र इस्लामिक दृष्टिकोण – अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइन्छ । गत वर्ष “महिला सम्मानको आधार, सीपयुक्त हात र स्वरोजगार” भन्ने मूलनाराका साथ श्रमिक महिला दिवस मनाइएको थियो ।

यो वर्ष १ सय ८ औं नारी दिवस  हो । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने थालिएको हो ।

यसरी मनाउन थालियो श्रमिक महिला दिवस

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेटि्कन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो सहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे ।

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ ।

क्लारा जेटि्कन सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको द्वीतीय अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनी मार्क्सवादी नेतृ क्लारा जेटि्कनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रूपमा मनाउन थालेका हुन् ।

इस्लाम र नारी दिवस

नारी प्रति सम्मान गर्ने र नारीलाई सम्झने दिन हो। यो दिवस विश्वका धेरै देशहरूमा अलग अलग दिनमा आ-आफ्नो परम्परा अनुसार मनाइने गरिन्छ। तर समाजमा नारी प्रति गरिने व्यवहारले त हामी भित्र केही विवेक छैन भन्ने महशुस हुन्छ किनकि आज तपाई हामी देख्छौ साठी वर्ष या सत्तरी वर्षकी हजुरआमाहरु पनि बलात्कृत भएको समचारमा सुन्नमा आएको छ। के यही हो त नारी माथि गरिने सद् व्यवहार ? के यही हो त नारीको इज्जत र सम्मान ? मानवमा अब मानवियता भन्ने हराई सकेको जस्तो लाग्छ ।

श्रीमतीलाई घरायसी काममा सघाउँदा छरछिमेक, नातागोताबाट जोइटिङ्ग्रेको उपाधि पाइएला भनेर पुरुषहरु त्रस्त हुन्छन्। जबसम्म यो प्रबृत्त गलत हो भन्ने चेतना पुरुषहरुमा पलाउँदैन, जबसम्म महिला अधिकारको प्रश्नको उत्तर हाम्रा आफ्नै घरपरिवारभित्र खोज्न थालिंदैन, महिला आयोग गठन हुँदैन या महिलालाई अंशको कानुनी अधिकार दिंदैमा नेपाली महिलाहरुले खप्नुपर्ने अन्यायमा खासै परिवर्तन आउँदैन। महिलाहित चाहने सबै पुरुषहरुले यो बुझ्न जरुरी छ।

अब हामी इस्लामिक दृष्टिकोणले हेरौं, नारीको मान र मर्यादा कसरी गर्नुपर्छ।

नारी आमाको रुपमाः- मानवलाई ईश्वर पछि सबै भन्दा धेरै अधिकार आमाको हो जसलाई इस्लामले विभिन्न तरिकाले प्रमाणीत गरेको छ र मानव जीवनमा सबैभन्दा महत्वपूर्ण समयको याद दिलाउँदै भनिएको छ- र हामीले मानवलाई उसको आमा बुबाको सम्बन्धमा आज्ञा दिएका छौ कि आमाले तिमीलाई नौ महिनासम्म गर्भमा कष्ट खप्दै राख्नुभयोफेरि दुईवर्षसम्म उसलाई दुध छुटाउन लाग्यो यसैले तिमी मेरो र तिम्री आमा बुबाको कृतज्ञता व्यक्त गरमै तर्फ फर्केर आउनु पर्छ ।(सूरः लुकमान, आयत नं. 14)

अबू हुरैरा (रज़ी अल्लाहु अन्हु) वर्णन गर्नु हुन्छ, प्रिय नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो: एउटा मान्छे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) भएको ठाउँमा आउनु भयो र भन्नुभयो: ऐ अल्लाहको रसूल ! मेरो लागि राम्रो व्यवहार तथा खूब सेवाको ह़क़दार को हो ? तब मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले उत्तर दिनुभयोतिम्री आमाउसले भन्यो फेरि को हो ? मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले उत्तर दिनुभयो, तिम्री आमाउसले भन्यो फेरी को हो ? मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले उत्तर दिनुभयो, तिम्री आमाउसले भन्यो फेरी को हो ? मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले उत्तर दिए फेरी तिम्रो बुबा हो 

नारी पत्नीको रुपमाः- यदि उनको एउटा नराम्रो बानी छ भने पनि उसलाई आफ्नो साथ राख किनकि अल्लाहले उसलाई अर्को धेरै राम्रो बानी प्रदान गरेको हुन्छ।

अल्लाह तआलाको कथन छ- उनको साथ राम्रो ढंगसँग रहनुसहनु यदि तिमीलाई उनको एउटा गुण मन पर्दैन भने हुनसक्छ कि अर्को गुण तिमीलाई मन पर्न सक्छ र अल्लाहले उनमा धेरै गुण राखेको हुन्छ ” (सूरः निसा, 19)

प्रिय नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले मानवलाई आज्ञा दिनुभयो कि ऊ आफ्नो पत्नीसँग राम्रो व्यवहार गरुन, रसूल भन्नुहुन्छ- तिमीहरु मध्ये सबै भन्दा असल व्यक्ति त्यो हो जो आफ्नो पत्नीसँग राम्रो व्यवहार गर्छ र म आफ्नो पत्निहरुसँग राम्रो व्यवहार गर्छु।

र भन्नुभयो- “ संसारमा एक राम्रो चीज छ र संसारको सबैभन्दा राम्रो चीज हो असल चरित्रको महिला हो ” (सही मुस्लिम, हदीसको स्लोक नं. १४६७)

नारी छोरीको रुपमाः- यसै गरी छोरीको रुपमा स्त्रीलाई आदर-सम्मान दिएको छ र उसको पालनपोषण र शिक्षा-दिक्षाको राम्रो व्यवस्था गर्न आज्ञा दिएको छ। प्रिय नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले मनिसलाई छोरीलाई असल चरित्रमा लाग्न उत्प्रेरणा दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो जसले दुईवटी छोरीलाई राम्रोसँग पालन पोषन गर्छ यहाँसम्म कि उनिहरु दुवैजना जवान हुन्जेलसम्म त म र त्यो व्यक्ति महाप्रलयको दिन साथ हुनेछौ ” ( सही मुस्लिम, हदीस न, २६३१)

कति भाग्यमानी होला त्यो व्यक्ति जसलाई प्रिय नबी (सल्लल्लाहु अलैहि वसल्लम) को साथ मिल्ने छ, र जसलाई प्रिय नबी (सल्लल्लाहु अलैहि वसल्लम) को साथ मिल्नेछ ऊ निश्चित रुपमा जन्नत (स्वर्ग) मा जानेछ । र प्रिय नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो–“जसको साथ बालिका छोरी छ र उसले ती बालिकाको साथ राम्रो व्यवहार तथा पालन पोषन गर्यो त यि बालिका नै उसको लागि जहन्नम (नरक) बाट मुक्तिको कारण बन्नेछ ” ( सही मुस्लिम, हदीस न, २६२९)

नारी बहिनीको रुपमाः- प्रिय रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को भनाई छ। जोसँग तीन छोरी या तीन बहिनी छ र उसले उनिहरुको साथ राम्रो व्यवहार तथा पालन पोषण गर्यो त यो निश्चित रुपमा जन्नत  (स्वर्ग) मा प्रवेश गर्छ ” ( मुस्नद अहमद, ४३/३)

नारी विधुवा महिलाको रुपमाः उनको रेख देख गर्नु पर्छ, उसको जीवनयापनको लागि आर्थिक सहायता गर्नुपर्छ तर बिना कुनै संसारिक लोभ, लालच र शारीरिक आशक्त नभई।यस सहायताको बदला अल्लाहको नजिकता प्राप्त गर्ने लक्ष्य हुनुपर्छ, जस्तो कि प्रिय रसूल अबू हुरैरा (रज़ी अल्लाहु अन्हु) वर्णन गर्नुहुन्छ- (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ:- जसले विदुवा र गरीबमा रूपैया खर्च गर्छ र उनिहरुको रेखदेख गर्छ त्यो व्यक्ति अल्लाहले बाटोमा दिलोज्यानसँग लगि रहने जस्तै हो र (एक अर्को हदिसमा उल्लेख छ) संधै नमाज पढने र संधै रोजा राख्नेवाला जत्तिकै बराबर पुण्य मिल्छ। (सह़ी बुखारीः ह़दीस संख्यां- 6007)

नारी सानीआमाको रुपमाः- सानीआमा (आमाको बहिनी) को रुपमा आदर सम्मान गर्न आदेश दिएको छ । यस सम्बन्धमा बरा बिन आजिब (रज़ी अल्लाहु अन्हु) वर्णन गर्नुहुन्छ कि नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो- सानीआमाको स्थान आमाको स्थान झैं हुन्छ। (सह़ी बुखारीः ह़दीस संख्यां- 4251)

यो उदाहरणबाट प्रामाणित हुन्छ कि इस्लामले नारीलाई धेरै नै अधिकार दिएको छ र आदर- सम्मान गरेको छ।

Related Post