New Muslims APP

अल्लाह दयालु र कृपालु छन्

अल्लाह

अल्लाह दयालु र कृपालु छन्

अल्लाह दयालु र कृपालु छन्

अल्लाह दयालु र कृपालु छन् । अल्लाह भक्तहरुलाई क्षमा गर्नु हुन्छ । कुरआनको निम्न आयतबाट थाहा पाउनु हुनेछ । कुरआनमा भनिएको छः

آمَنَ الرَّسُولُ بِمَا أُنزِلَ إِلَيْهِ مِن رَّبِّهِ وَالْمُؤْمِنُونَ ۚ كُلٌّ آمَنَ بِاللَّـهِ وَمَلَائِكَتِهِ وَكُتُبِهِ وَرُسُلِهِ لَا نُفَرِّقُ بَيْنَ أَحَدٍ مِّن رُّسُلِهِ ۚ وَقَالُوا سَمِعْنَا وَأَطَعْنَا ۖ غُفْرَانَكَ رَبَّنَا وَإِلَيْكَ الْمَصِيرُ ﴿٢٨٥

 

आमन र्रसूलु बिमा उन्जिल इलैही मिर्रब्बिही वल्मुअमिनून कुल्लु अमन बिल्लाही व मलाइकतिही व कुतुबीही व रुसूलिही ला नुफर्रिक़ु बैन अहदीम् मन् र्रुसूलिही व क़ालु समिअइना व अतअना. ग़ुफ्रानक रब्बना व इलैक मसिइर । (सूरह अल बक़र, आयत- 285)

 

अर्थः ईश-दूतले आफ्ना पालनकर्ताको तर्फबाट अवतरित (चिज) माथि ईमान ल्याएका छन् । र मोमिनहरुले पनि विश्वास गरेकाछन् । यिनीहरु सबै अल्लाह र उनका फरिश्ताहरु, उनका ग्रन्थहरु र उनका रसूल (ईश-दूत) हरुमाथि आस्थावान भए । (उनीहरुले भने) हामीहरु अल्लाहको रसूलहरु बीच कुनै भेदभाव गर्दैनौं। र आस्थावानहरुले भने- हामीले सुन्यौ र आज्ञापालन गर्यौं । हे हाम्रा पालनकर्ता ! हामी तिमीसित क्षमा याचना गर्छौं । र तिमीतर्फ नै हामीहरुले फर्कनुछ ।

कुरआनमा अर्को ठाउँमा भनिएको छः

لَا يُكَلِّفُ اللَّـهُ نَفْسًا إِلَّا وُسْعَهَا ۚ لَهَا مَا كَسَبَتْ وَعَلَيْهَا مَا اكْتَسَبَتْ ۗ رَبَّنَا لَا تُؤَاخِذْنَا إِن نَّسِينَا أَوْ أَخْطَأْنَا ۚ رَبَّنَا وَلَا تَحْمِلْ عَلَيْنَا إِصْرًا كَمَا حَمَلْتَهُ عَلَى الَّذِينَ مِن قَبْلِنَا ۚ رَبَّنَا وَلَا تُحَمِّلْنَا مَا لَا طَاقَةَ لَنَا بِهِ ۖ وَاعْفُ عَنَّا وَاغْفِرْ لَنَا وَارْحَمْنَا ۚ أَنتَ مَوْلَانَا فَانصُرْنَا عَلَى الْقَوْمِ الْكَافِرِينَ -﴿٢٨٦

ला युकल्लफु अल्लाहु नफ्सान् इला उसअहा लहा मा कसबत् व अलैहा मा अक् तसबत् रब्बना ला तुवा खिज़ुना इन न्नसियना अऊ अख्ताना रब्बिना व ला तहमिल् अलैना इस् रान् कमा हमलतु अलै अल्लज़ीन मिन क़बलिना रब्बना व ला तुहम्मल्ना मा ला ताक़त लना बिही। व अअफु अन्ना व अग़्फिरलना  व अर् हम् ना. अन्त मउलाना फानसुरना अलल् कौमील् काफीरीन (सूरह अल बक़र, आयत-286)

अर्थः अल्लाह कुनै पनि मानिसहरुमाथि उनको क्षमता भन्दा धेरै जिम्मेवारी दिंदैनन् । उसले कमाएको उसैको लागि हो । र उसले बटुलेको पाप (को दण्ड) उसैले भोग्नुपर्नेछ । हे हाम्रा पालनकर्ता ! हामी बिर्सन्छौं वा गल्तीले कुनै कुकर्म गर्छौ भने हामीलाई केरकार नगर्नू । हे हाम्रा पालनकर्ता ।  हामी माथि त्यस्तो बोझ नराख जस्तो तिमीले हामी भन्दा अघिका मानिसहरु माथि राखेका थियौं । हे हाम्रा पालनकर्ता ! ।  हामी माथि त्यस्तो बोझ नराख जुन सहन गर्ने शक्ति हामीमा छैन । र, हामीप्रति नम्रताको व्यवहार गर, क्षमा गर अनि हामीमाथि दया गर । तिमी हाम्रो स्वामी हौ । अतः काफिर मानिसहरुविरुद्ध तिमीले हामीलाई सहयोग प्रदान गर ।फेरी कुरआमा अल्लाहले आफ्नो भक्तहरुलाई भनेका छनः

(وَإِذَا سَأَلَكَ عِبَادِي عَنِّي فَإِنِّي قَرِيبٌ ۖ أُجِيبُ دَعْوَةَ الدَّاعِ إِذَا دَعَانِ ۖفَلْيَسْتَجِيبُوا لِي وَلْيُؤْمِنُوا بِي لَعَلَّهُمْ يَرْشُدُونَ ﴿١٨٦

 (हे सन्देष्टा !) मेरा भक्तहरु मेरो विषयमा तिमीलाई सोध्छन् भने (भनिदेऊ) म नजिकै छु र पुकार्नेवालाले मलाई पुकारेमा उसको पुकार स्वीकार गर्छु ।  अतः उनीहरले मेरो पुकारको उत्तर दिऊन् र मप्रति आस्था राखून् ताकिउनीहरुले सत्मार्ग पाउन सकून् । (186)

 

Related Post