New Muslims APP

सूरतुलः अस्र

अस्र

सूरतुलः अस्र

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट

१)  युगको कसम !
(२)  निश्चय नै मानव जाति घाटामा छ……
(३)  ती मानिसहरु बाहेक जसले ईमान ल्याए, सत्कर्म गरे तथा परस्पर नितान्त सत्यको अर्ति र धैर्यको उपदेश दिइरहे ।

ब्याख्याः

1. युगको अभिप्राय बितेको युगको पनि हो र बित्दो युगको पनि । युगको कसम खानुको  मतलब यो हो कि इतिहास्  पनि साक्षि छ र बित्दो समय पनि साक्षि छ कि इमान नल्याउने, सत्कर्म नगर्ने र परम्परा सत्य तथा धैर्यको उपदेश नदिने मानिसहरु सदा घाटामा रहनेछन् । फिरऔ़न, नमरुद तथा अन्य ठूला-ठूला इमान नल्याएका राजा महाराजा देखि गरिब भन्दा गरिब काफिरहरु विनाशको चपेटामा पर्दै आएका छन् र अल्लाहमाथि आस्था राख्ने ईशदूतहरु र उनीहरुका आस्थावान अनुयायीहरु सदा सफल भएका छन् ।

2. मानवको घाटा स्पष्ट छ । जन्म लिने बितिक्कै परिश्रम, संकट, र रोगहरुलाई झेल्नुपर्छ । ईमान नल्यएमा मृत्युपछि नरकमा जानुपर्छ र यो सबैभन्दा ठूला घाटा हो । 

3. एक अल्लाहमाथि, मुहम्मद (सल्लल्लाहु अलैही व सल्लम) को ईश्दूतत्वमाथि र परलोकमाथि ईमान ल्याुनुपर्छ । ईमाननै मूल सामाग्री हो । ईमानकै आधारमा कोही मुस्लिम हुन्छन् भने कोही काफिर ।

आस्था वा इमानको परिभाषा- हृदयले सच्चा मान्नु, जिब्रोबाट स्वीकार गर्नु र मूल स्तम्भहरु अनुसार कार्य गर्नु ।

4. सत्कर्ममा सर्वप्रथम नमाज़, जकात, रोजा, हज, जिहाद, कुरआनको पाठ, जिक्र, आमाबुबाको सेवा तथा राम्रो आचरण कर्महरु हुन् र शिर्क अवज्ञा, पाप र दुष्कर्महरुबाट बच्नु हो ।

5. सत्यको अर्ति दिनुको अर्थ सम्पूर्ण मानवजाति भित्र इस्लाम धर्मको प्रचारप्रसार, तिनीहरुलाई एक अल्लाहमाथि ईमान ल्याउने आव्हान गर्नु, सत्कर्म, सुकर्म तथा आपसी सहयोगको कामको उपदेश दिनु इत्यादि हो ।

6. इस्लामको प्रचारप्रसार गर्दा कसैले गाली गरेमा, ढुंगाले हानेमा या अनेकौं विघ्नवाधाहरु आउँछन् यस्तो अवस्थामा हामीले धैर्यधारण गर्नु पर्छ र यस्तो पवित्र कार्यलाई छोड्नु हुँदैन बरु अडिक रहेर काम गर्नुपर्छ।  

Related Post