Main Menu
New Muslims APP
أكاديمية سبيلي Sabeeli Academy

इस्लामको आह्वान

इस्लामको आह्वान

इस्लामको आह्वान

इस्लामको आह्वान

अल्लाहको मार्गतिर आह्वान गर्नु सर्वोत्कृष्ट सत्कर्म हो। कुरआन र हदीसका पृष्ठहरु यसको धेरै ठूलो महत्व छ, तीमध्ये केही यस प्रकार छन्…

१) अल्लाहको मार्गतिर आह्वान गर्नु लोक र परलोक दुवै जीवनको सफलताको बाटो हो। अल्लाहले भन्नु भएको छ… “तिमीहरुमध्ये एउटा यस्तो समूह हुनुपर्छ, जसले इस्लामको आह्वान गरुन्, सत्कर्मको आदेश र कुकर्मबाट मनाही गरुन्। याद राख, यिनीहरु नै सफल हुने छन्।” (श्रोत- सूरह आलि-इमरान : ३/१०४)

२) मार्गदर्शकको कुरा सबैभन्दा उत्तम र प्रिय छ। अल्लाहले भन्नु भएको छ… “त्यस व्यक्तिको कुरा भन्दा उत्तम कुरा अरु कसको हुन सक्छ, जसले अल्लाहको मार्गतिर आह्वान गर्छ, सत्कर्म गर्छ र भन्छ… “म मुस्लिम (अल्लाहको आज्ञाकारी भक्त) हुँ।” (श्रोत- सूरह फुस्सिलत : ४१/३३) त्यसैले सिङ्गो संसारमै मार्गदर्शकको कुरा भन्दा उत्तम कुरा अरु हुन सक्दैन, किनकि उसले मानिसलाई मानिसको गुलामीबाट मुक्ति प्रदान गर्दछ र असल मालिकको  दरबारमा ल्याउने प्रयास गर्दछ। शिर्क र कुफ्रको अँध्यारोबाट निकालेर ईमान र तौहीदको उज्यालोमा ल्याउने सीधा मार्गदर्शन गर्दछ।

३) अल्लाहको मार्गतिर आह्वान गर्नु उहाँको आदेशको अनुसरण हो। अल्लाहले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई सम्बोधन गर्दै भन्नु भएको छ… “हे सन्देष्टा,  अल्लाहको मार्गतिर बुद्धि र प्रभावकारी उपदेशद्वारा आह्वान गर र उनीहरुसँग राम्रो तरिकाले तर्क वितर्क गर।” (श्रोत- सूरह अन्-नहल : १६/१२५) मार्गदर्शकले बुद्धि र प्रभावकारी उपदेशद्वारा इस्लामतिर आह्वान र उनीहरूसँग तर्क वितर्क गर्नु पर्दछ। उनीहरुको स्थितिको जानकारी, कुन कुरा उनीहरुका लागि उचित छ/छैन ध्यान दिनु पर्दछ र सुमधुरताका साथ सम्झाउनु पर्छ।

४) यो समस्त सन्देष्टाहरुको कर्तव्य थियो र उनीहरुका सरदार मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) हुनुहुन्छ। अल्लाहले उहाँलाई सिङ्गो संसारमाथि गवाह, आस्थावानलाई स्वर्गको शुभ सूचना दिन, अवज्ञाकारीहरुलाई नरकको आगोबाट सचेत गर्न र अल्लाहको मार्गतिर आह्वान गर्न प्रकाशमान दीप बनाएर पठाउनु भएको थियो। अल्लाहले भन्नु भएको छ… “हे सन्देष्टा ! हामीले तिमीलाई  समस्त संसार बासीका लागि गवाह, आस्थावानलाई स्वर्गको शुभ सूचना दिन, गैर-मुस्लिम तथा अवज्ञाकारीहरुलाई नरकको आगोबाट सचेत गर्न र अल्लाहको मार्गतिर आह्वान गर्न प्रकाशमान दीप बनाएर पठाएका छौं। आस्थावानहरुलाई अल्लाहको तर्फबाट ठूलो वरदानको शुभ सूचना देऊ।” (श्रोत- सूरह अल्-अह्जाब : ३३/ ४५-४७)

५) यो कहिल्यै समाप्त नहुने पुण्यको सागर हो। जो कोही तपाईको आह्वानले इस्लाम ग्रहण गर्छ भने तपाईको लागि उसको जतिकै सलाह, उपासना र अन्य कर्मको पुण्य हुनेछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसले इस्लामको निमन्त्रणा दिन्छ, उसलाई पनि इस्लाममा आउने व्यक्ति जति नै पुण्य प्राप्त हुनेछ, तर कसैको पुण्यमा केही कमी हुने छैन।” (श्रोत- मुस्लिम : २६७४)

६) मार्गदर्शकको पुण्य अल्लाहले स्वयम् दिनु हुनेछ। अल्लाहले आफ्नो कृपाले कति दिनु हुन्छ यसलाई कोही पनि अनुमान गर्न सकिंदैन। अल्लाहले सन्देष्टाहरुको भनाईलाई पुष्टि गर्दै भन्नु भएको छ… “यदि तिमीहरु विमुख हुन्छौ भने मैले तिमीहरूसित प्रतिदान मागेको छैन। मेरो प्रतिदान अल्लाहकहाँ रहेको छ र मलाई मुस्लिम (आज्ञाकारी) बन्ने आदेश दिएको छ।” (श्रोत- सूरह यूनुस : १०/७२)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “यदि तिम्रो प्रयासले एउटा मानिसलाई पनि सीधा मार्ग प्राप्त भयो भने यो तिम्रो लागि रातो (महँगो) ऊँट भन्दा उत्तम छ।” (श्रोत- बुखारी : २८७४, मुस्लिम : २४०६)

साभारः न्यु मुस्लिम गाइड

लिंकः http://cutt.us/TGP9i

प्रस्तुतकर्ताः मुहम्मद इब्राहिम

दआइः इस्लाम प्रेजेन्टेशन कमिटी, कुवैत

Related Post