इस्लामिक बैंक सबैको लागि फलदायी छ

 इस्लामिक बैंक सबैको लागि फलदायी छ ?

जुन समय पूरै संसारमा आर्थिक संकटमा डुबेको थियो त्यसबखत इस्लामी बैंकलाई कुनै संकटले छोएको थिएन ।

जुन समय पूरै संसारमा आर्थिक संकटमा डुबेको थियो त्यसबखत इस्लामी बैंकलाई कुनै संकटले छोएको थिएन । केही गैर-मुस्लिम पश्चिमी अर्थशास्त्र विशेषज्ञले यो परामर्श दिएका थिए कि विश्व आर्थिक संकटबाट मुक्तिको लागि इस्लामी आर्थिक नियमलाई अपनाउनु अति आवश्यक छ। युरोपको एक अर्थशास्त्री महिला विशेषज्ञ स्वाती ताजीनाले लेखेकी थिइन, “अमेरिकाको आर्थिक संकट इस्लामी आर्थिक नियमको लागि शुभ अवसर हो जो ब्याजबाट बिल्कुल टाढा छ ” ।

पत्रिका तचालीज़का सम्पादकले लेख्नु भएको थियो “यदि हाम्रो अर्थ व्यवस्थापक विशेषज्ञले क़ुरआनको शिक्षानुसार आर्थिक नियम पालन गरेर र यसको आधारमा आर्थिक नीति निर्धारित गरेको भए हामी यस्तो संकटमा ग्रस्त हुने थिएनौ” ।
यो कुरा बिल्कुल सही हो कि जब संसारको आर्थिक नियम ब्याजमा चलाउन शुरू हुन जान्छ त यसको बर्बादी अवश्य हुन जान्छ किनकि ब्याज मानव जीवनको लागि एड्स समान हो जुन उसको शारीरीक शक्तिलाई घुन लगाई दिन्छ र यस्तो संकटको खाडलमा पर्न जान्छ ।
हामीलाई यो शिक्षा क़ुरआनमा आज भन्दा चौध सौ वर्ष पहिले स्पष्ट रूपमा दिएको थियो ” अल्लाह ब्याजलाई मेटाउँछ र दानलाई बढ़ाउँछ ।” (सूरः बक़रा आयत न0 २७६)
यस परिणामलाई हेर्दै १९७० मा दहाईमा प्राइभेट सेक्टरमा विभिन्न इस्लामी बैंकहरु स्थापना भएको छ । १९८० को दहाईमा इरान, सूडान, पाकिस्तान, र मलेशियाले इस्लामी बैंकहरुको नयाँ नियमलाई अपनाएको छ। यस समय जद्दा देखि जकार्तासम्म ५० देशमा २८० ब्याज फ्री बैंक चलिरहेको छ । डेनमार्क, ब्रिटेन, लक्जमबर्ग, स्विट्जरलैंड त्यसैमा एक हो। ताजा स्थिति यो छ कि ब्रिटेनको दक्षिणी भागमा इस्लामी बैंकहरुको केंद्रको रूपमा विकसित भएको छ। यस इलाकामा बैंकको संख्या पाँचवटा पुगेको छ ।
ब्रिटेनमा यस्तो बैंकको जम्मा संख्या बाईसवटा र लण्डनमा स्टॉक एक्सचेंजमा इस्लामी बैंकको साझेदारी दस लाख अरब डलरसम्म पुगेको छ । जुन दुबई पछि दोश्रो नम्बरमा छ । १९७५ मा दुबईमा पहिलो इस्लामिक डेवलपमेंट बैंकको जग राखिएको थियो । १९७७ मा मिस्र र सूडानमा फैसल इस्लामिक बैंकको नामबाट पहिलो पटक प्राइवेट बैंक खोलिएको थियो। २००७ सम्म संसार भरमा इस्लामी बैंकहरुको कारोबार ३७ प्रतिशतको दरले बढेर ७२९ अरब डलरसम्म पुगेको छ
र उनको आर्थिक स्थिति पनि अरु बैकको तुलनामा राम्रो छ । इस्लामी बैंकिंग नियमको सबै भन्दा प्रमुख विशेषता यो हो कि यो ब्याज, धोकाधरी, सट्टाबाज़ी, भ्रष्टाचारबाट बिल्कुल मुक्त छ। यो नियम कुनै मानवले बनाएको होइन, वास्तवमा अल्लाहद्वारा भएको नियम हो। जसमा फेर बदलको गुंजाइश छैन र सबै मानवको हित छ ।

Related Post