Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

इस्लाम धर्ममा महिला अधिकार

महिला अधिकार

इस्लाम धर्ममा महिला अधिकार

इस्लाम धर्ममा महिला अधिकार के छ भन्ने विषयमा एक जना अमेरिकी महिला डाक्टर लिसा के भन्छिन् त उनीसँग लिएको छोटो अन्तर्वार्ता यहाँ प्रस्तुत गर्ने छु । “डाक्टर लिसा एक अमेरिकी महिला डाक्टर हुन, लगभग तीस वर्ष पहिले उनले इस्लाम धर्म स्वीकार गरेकी हुन्,उनले इस्लाम विरोधी व्यक्तिहरुलाई मुख बन्द गर्ने जवाब दिन्छिन्, उनी भन्छिन् इस्लाम धर्मले पुरुष भन्दा धेरै अधिकार महिलालाई दिएको छ र महिलाहरुलाई आजीविकाको चिन्ताबाट मुक्त  राखेको छ

अमेरिकाको वासिंगटन सहरमा जन्मिएकी डा. लिसाले इस्लाम सम्बन्धि गहन अध्ययान गरेपछि आफुले पहिले मान्दै आएको ईसाई धर्मलाई परित्याग गरि इस्लाम स्वीकार गरिन । उनले इस्लाम धर्मला खासगरी नारीको हक हितको सम्बन्धमा धेरै गहिरिएर अध्ययान गरेकी छिन र अहिले महिलाहरुको अधिकारको सम्बन्धमा लाग्ने अनेकौ आरोपहरुलाई फटाफट सेकेण्ड भरमा जवाब दिन सक्ने धेरै प्रशिद्धी कमाएकी छिन। प्रस्तुत छ उनीसँग पत्रकारहरुले सोधेको प्रश्नको जवाफको छोटो अंश ।

प्रश्न- तपाईले यस्तो धर्म किन स्वीकार गर्नु भयो, जुन नारीलाई पुरुष भन्दा कम अधिकार दिइन्छ ?
उत्तरः मैले जुन धर्मलाई स्वीकार गरेको छु त्यो धर्ममा स्त्रीलाई पुरुषलाई भन्दा धेरै गुना अधिकार दिइन्छ,

प्रश्नः  कसरी स्त्रीलाई पुरुषलाई भन्दा धेरै अधिकार दिइन्छ ?

उत्तरः मात्र दुईवटा उदाहरणबाट बुझ्नु होस्, पहिलो- इस्लामले मलाई आजीविकाको चिन्ताबाट मुक्त राखेको छ यो मेरो पतिको जिम्मेदारी हो । मेरो पतिले नै मेरो लागि सबै खर्च गर्नु हुन्छ, एक महिलाको लागि आजीविका जस्तो ठूलो कुनै चिन्ता हुँदैन र अल्लाहले हामी महिलाहरुलाई यसबाट पूर्ण तरिकाले मुक्ति राख्छ, विवाह भन्दा पहिले छोरीको पालन पोषणको जिम्मेवारी पिताको हो र विवाह पछि पत्निको पालन-पोषन, लत्ताकपडाको साथै सबै आवश्यक खर्च गर्ने जिम्मेवारी पतिको हो।

अर्को उदाहरण- इस्लाम भन्दछ तिम्रो सम्पत्तिमा तिम्रो पतिको कुनै अधिकार हुँदैन, जबकी मेरो पतिलाई इस्लाम भन्दछ कि जो तिमीले कमाएका छौ र बचाएका छौ त्यो मात्र तिम्रो र तिम्रो पत्नीको पनि हो यदि तिमीले उनको हक पुरा गरेनौं भने म तिमीलाई हेर्ने छु ।

Source –  By Digital Team – April 2, 2016

Related Post