New Muslims APP

इस्लाम धर्म मलाई यस्तो लाग्छ

इस्लाम धर्म मलाई यस्तो लाग्छ

हामी आफ्नो सुरक्षा इस्लामिक पहिरन लगाएर आफै गरौ

इस्लाम धर्म मात्र एक शान्तिको धर्म हो, किनकि मैले इस्लाम धर्म कबुल गरे पछि म आफैले आफैमा धेरै फरक महशुस गरेकी छु र मलाई यस्तो लाग्छ कि म सफलताको र सत्यताको बाटोमा हिंडिरहेकी छु र मलाई यो कुरामा एकदमै खुशी छ ।

इस्लाम धर्म कबुल गरेपछि मेरो मनमा कुनै किसिमको गलत विचार, गलत काम, गलत सोचाई आउँदैन र पहिले म एकदमै निराश र दुःखी हुन्थें,…..

 म आफै एक्लै भएको जस्तो लाग्थ्यो, अहिले मलाई यस्तो लाग्दैन । इस्लाम धर्म माने पछि यि सबैकुरा अल्लाह तआला माथि छोडिदिएको छु। अहिले मलाई यस्तो लाग्छ मेरो कुनै दुःख र गुनाशो पनि छैन । मेरो मन एक दमै हल्का भएको छ । मलाई यस कुराको दुःख लाग्छ कि अहिले म कुरआन पढ्न अलि गाह्रो छ । अल्लाह तआलाको दया र कृपाले पक्कै पनि म कुरआन पढ्नमा सफल हुन्छु इन्शा अल्लाह।

हामी आफ्नो सुरक्षा इस्लामिक पहिरन लगाएर आफै गरौ र अरुलाई पनि सुरक्षित रहनका लागि सुझाव दिऊँ । हामीले कुनै गलत काम नगरौ र सबै इस्लामिक दाजुभाई तथा दिदी बहिनीहरुलाई गलत काम देखि टाढा रहन सल्लाह दिने गरौं।

हाम्रो यो संसार परिक्षा स्थल हो, त्यसैले हामी यस संसारमा अल्लाहको चाहना र रसूल मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको तरिका बमोजिम जीवन बितायौ भने आखिरतको जीवनमा सफल हुन सक्छौं । असल मोमिन बनौं र हाम्रो रसूल मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले देखाउनु भएको मार्गदर्शनमा हिंडौ र गैर मुस्लिमलाई पनि अल्लाह तआलाले हिदायत दिउन् ।

हामी सबैलाई मसिह दज्जाल, याजुज-माजुज देखि फित्न देखि बचाउन । जहन्नमको आगो देखि बचाई, जन्नतमा प्रवेश गराउन । आमीन ।।

अन्तमा मलाई इस्लामिक सेन्टरमा पुर्याउन मदत गर्ने मेरो घरको साहुनी (मेडम) लाई धन्यवाद दिन चाहन्छु र इस्लामिक अफिसमा मलाई इस्लाम धर्मको बारेमा ज्ञान दिई सहि मार्गदर्शन गर्नु भएकोमा नेपाली शिक्षिका सारा मेडमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।

नामः- हरी माया गुरुङ (मरयम)

ठेगानाः- कुर्छा गा.वि.स. – ९, नुवाखर्क, पर्वत,  नेपाल

नोटः- यो जीवनी लेखिका स्वयंले आफ्नो बारेमा लेखेकी हुन्

Related Post