इस्लाम आतंक ? या आदर्श

इस्लाम आतंक ? या आदर्श

इस्लाम आतंक ? या आदर्श

यो एउटा पुस्तकको नाम हो जुन कानपुरका स्वामी लक्ष्मीशंकराचार्य जीले लेख्नु भएको थियो। यस पुस्तकमा स्वामी लक्ष्मी शंकराचार्यले इस्लामको धेरै अध्ययन पछि आफ्नो धारणा पेश गर्नु भएको हो । स्वामी लक्ष्मी शंकराचार्यको जीवनमा एक पटक अचम्मको घटना घटेको थियो। वहाँ आफ्नो पुस्तकको भूमिकामा लेख्नु हुन्छ-  मेरो मनमा यो गलत धारणा रहेको थियो कि इतिहासमा हिन्दु राजाहरु र मुस्लिम बादशाहहरुको बीच युद्धमा भएको काटमार तथा आजको हत्या र आतंकवादको कारण इस्लाम हो। मेरो दिमाग यस्तो भ्रम थियो । यस भ्रमित दिमागबाट हरेक आतंकवादी घटना मलाई इस्लामसँग मिल्दो जुल्दो लाग्न थालेको थियो ।  इस्लाम, इतिहास र आजको घटनाहरु जोड्दै मैले एक पुस्तक लेखें, त्यस पुस्तकको नाम ‘इस्लामिक आंतकवादको इतिहास’  जसको अंग्रेजीमा पनि अनुवाद भएको थियो ।

 पुस्तकमा स्वामी लक्ष्मीशंकराचार्य अगाडी लेख्नु हुन्छ-

सत्य सामने आएपछि मलाई आफ्नो भूलको महशुस भयो म अनजानमा भ्रमित थिए र यस कारणले मैले आफ्नो उक्त किताब- ‘इस्लामिक आतंकवादको इतिहासलाई आतंकवादलाई इस्लामसँग जोडेको छु। जसको  म खेदप्रकट गर्दछु ।

लक्ष्मी शंकराचार्य आफ्नो पुस्तकको भूमिकाको अन्तमा लेख्नु हुन्छ- म अल्लाहसँग, पैगम्बर मुहम्मद सल्ललल्लाहु अलैहि वसल्लमसँग र सबै मुस्लिम भाइहरुसँग सार्वजनिक रूपबाट माफी माग्दछु तथा अज्ञानतामा लेखेको वा बोलेको शब्दहरुलाई फिर्ता लिन्छु। सबै जनतासँग मेरो अपील छ कि ‘इस्लामिक आतंकवादको इतिहास’ पुस्तकमा जो लेखेको छ त्यसलाई शून्य सम्झिनुहोस्।

एक सय दस पेजको त्यस पुस्तकमा, इस्लाम आतंक ?  या आदर्शमा शंकराचार्यले खास गरी कुरआनको ती चौबीस आयतहरुको उल्लेख गर्नु भएको छ जसको गलत अर्थ निकालेर इस्लामलाई आतंकवादीसँग जोडेका थिए। उनले यी चौबीस आयतहरुको खुलासा गरेर यो साबित गरेका छन् कि कुनै साजिशको लागि यी आयतहरुलाई हिंसाको रूपमा दुष्प्रचारित गरिएको थियो।

स्वामी लक्ष्मी शंकराचार्यले आफ्नो पुस्तकमा मौलानाको बारेमा यस्तो विचार व्यक्त गर्नु भएको छ-इस्लामको बारेमा नजिकबाट नजान्ने भ्रमित व्यक्तिलाई लाग्दछ कि मुस्लिम मौलाना, गैर मुस्लिमहरुसँग घृणा गर्नेवाला अत्यन्त कठोर व्यक्ति होलान। तर पछि मैले उनिहरुको व्यवहारलाई देखे, उनको मिजासलाई बुझे, उनको बारेमा सुने, मलाई यस सत्यताको थाहा भयो कि मौलाना भनिने मुसलमानको व्यवहारमा सदाचारी हुन्छ, अन्य धर्मको धर्माचार्य प्रति हृदयपूर्वक सम्मान गर्दछन्। साथै उनिहरु मानवता प्रति दयालु र सवेंदनशील हुन्छन् । उनिहरुमा सन्तको सबै गुण मैले देखे।

 इस्लामका यी पण्डित आदर गर्न योग्य हुन्छन्, जुन इस्लामको सिद्धान्तहरु र नियमहरुको कठोरता पूर्वक पालन गर्दछन्, गुणको सम्मान गर्दछन्। उनिहरु अति सभ्य र मृदुभाषी हुँदा रहेछन्। यस्ता मुस्लिम धर्माचार्यको लागि भ्रमवश मैले पनि गलत धारणा सोचिरहेको थिए। मैले किताबमा केवल इस्लामसँग सम्बन्धित गलत भ्रमहरु टाढा गर्नलाई अति नै कोशिश गरेको छु र इस्लामलाई वास्तविक रुपमा पेश गरेको छु।

अब त स्वामी लक्ष्मीशंकराचार्य देशभरी घुमी रहेकाछन् र मानवलाई इस्लामसंग सम्बन्धित गलत धारणा हटाउन इस्लामको सही तस्वीर मानवहरुको सामने पेश गरिरहेका छन्।

किताबको नाम- इस्लाम आतंक ?  या आदर्श

लेखक- स्वामी लक्ष्मीशंकराचार्य

[email protected]
ए-१६०१,आवास विकास कलोनी,हंसपुरम,नौबस्ता,कानपुर-२०८०२१

४२३/१, तंबाकू मण्डी, चौपटिया, लखनऊ

http://cutt.us/D289

Related Post