नुबुव्वत ईश दूत चयन, १७ अगस्त सन् ६१० ई. शुक्रवारको रात भएको थियो, त्यस समय मुहम्मद गार हिरामा बस्नु भएको थियो। त्यस ठाउँमा अचानक तेजिलो प्रकाश आयो र वहाँले आवाज सुन्नु भयो-“इकरा” अर्थात पढ। यो आवाज सुनेर मुहम्मद चकित पर्नु भयो र डराउनु भयो। मुहम्मदले डराउँदै उत्तर दिए- म अन्पढ हुँ। तर फेरी दोश्रो पटक त्यही आवाज आयो “इकरा” अर्थात पढ, फेरी त्यही जवाफ दिए, फेरी तेश्रो पटक यही शब्द आयो-
१. इक-रअ बिस्मि रब्बिकल्लजी ख़लक़
२. खलक़ल इन्सान मिन अलक़
३. इक्रअ व रब्बुकल अक्रमु
४. ल्लज़ी अल्लम बिल् कलमि
५. अल्ल मल् इन्सान मा लम् यअलम (सूरहः अल् अलक़, आयात १ देखि ५ सम्म)
अर्थः
१. (हे मुहम्मद !) पढ; आफ्नो आफ्ना पालनकर्ताको नाम लिएर जसले सिर्जना गरे,
२. सिर्जना गरे मनुष्यलाई रगतको डल्लोबाट।
३. पढ ! तिम्रा रब अति उदार छन्।
४. जसले कलमद्वारा शिक्षा प्रदान गरे।
५. मनुष्यलाई त्यो कुरा सिकाए जुन कुराको ज्ञान उसलाई थिएन ।
यो आवाज एउटा फरिष्ताको थियो, फरिष्ता त्यो ईश्वरको तर्फबाट बोली रहेको थियो जो सारा संसारको रचयिता र मनुष्यको पालनहार हुन् ।
यसरी ४० वर्षको उमेरमा ईश्वरले यो संसारमा बस्नेवाला मानिस समक्ष आफ्नो सन्देश पुर्याउनको लागि वहाँलाई चुन्नु भयो । त्यो महान रात थियो जसमा वहाँ ईश्वरको दूत बनाउनु भयो अर्थात ईश्लरको तर्फबाट संसारवासीहरुलाई सत्य मार्गको सन्देश पुर्याउनेवाला भए । फरिश्ताको आवाज सुनेर वहाँ डराउनु भयो, एउटा अनौठो डरले हृदयमा डेरा जमायो । वहाँ डरले काम्दै गुफाबाट बाहिर आउनु भयो र घरमा पुगेर खदीजासँग भन्नु भयो मलाई कम्बल ओढ़ाउ । फेरी पुरा घटना सुनाएर वहाँले भन्नु भयोः मलाई आफ्नो ज्यानको खतरा भएको छ । खदीजाले सबै कुरा सुनेर वहाँलाई धैर्यता दिंदै भन्नु भयो, ईश्वरले तपाईलाई कदापि तिरस्कार गर्नु हुन्न । वहाँले कहिले पनि तपाईलाई दुःखी बनाउनु हुन्न किनकि तपाई गरिब र असाहयलाई मद्दत गर्नु हुन्छ । कमजोरलाई सहयोग गर्नु हुन्छ, पाहुनालाई आदर सम्मान गर्नु हुन्छ ।
खदीजाले वहाँलाई (श्रीमान्) आफ्नो काकाको छोरा (भाई) वरक़ा बिन नौफ़िललाई भेट्न लानु भयो । उनी धेरै ठूला ईसाई विद्वान थिए । ईश भक्तिमा लिन रहन्थे । उनले भने मुहम्मदले जुन आवाज सुने त्यो ईश्वरको फरिश्ताको आवाज हो । मूसा अलैहिस्सलामको साथमा पनि यही फरिश्ता आएका थिए अल्लाहको सन्देश लिएर आएका थिए र ईश्वरले मुहम्मदलाई आफ्नो ईशदूत चुन्नु भयो । यो कुरा सुन्ना साथ सबै भन्दा पहिले खदीजाले वहाँ माथि ईश्वरको दूत हुन भनेर ईमान ल्याएकी थिइन । त्यही दिन साँझ वहाँले र खदीजाले फरिश्ताले बताएको नियमानुसार वुजू गरेर दुई रकअत नमाज पढ्नु भयो।
अली र ज़ैद पनि वहाँसँगै घरमा बस्थे । उनीहरु दुई जनाले पनि ईमान ल्याए। केही दिन पछि एउटा हब्शी गुलाम बिलालले पनि वहाँलाई ईश्वरको रसूल माने र वहाँको साथि अबू बक्र पनि वहाँ माथि ईमान ल्याउने मध्ये सामेल भए । यसरी महिलामा खदीजा, पुरुषमा अबूबक्र, बच्चामा अली र गुलाममा बिलाल हब्शीले सबै भन्दा पहिले वहाँमाथि इमान त्याउने सौभाग्य प्राप्त भएको थियो। यो नै सबै भन्दा पहिलो समूह थियो जसले वहाँलाई ईशदूतको हैसियतले स्वीकार गरे ।
स्रोतः आदर्श जीवन (हज़रत मुहम्मद (स.) को पवित्र जीवनी)
लेखकः असअद इस्राईली
अनुवादकः मुहम्मद इब्राहीम