Main Menu
New Muslims APP
أكاديمية سبيلي Sabeeli Academy

संसारमा केलव एउटै ईश्वर छन्

एउटै ईश्वर

संसारमा केलव एउटै ईश्वर छन्

संसारमा केलव एउटै ईश्वर छन्, यस सम्बन्धमा हामी तपाईलाई हिन्दू धर्म ग्रन्थ वेद, ईसाई धर्म ग्रन्थ बाइबल र इस्लाम धर्म ग्रन्थ कुरआनको माध्यमबाट प्रमाणित तथ्यहरु पेश गर्ने छौं ।

(१) ईश्वर केवल एउटै हुनुहुन्छ!
(क) एको विश्वस्य भवनस्य राजा (ऋग्वेद ६-३६-४)
अर्थ “यस सम्पूर्ण ब्रह्माण्डका राजा (ईश्वर) एउटै हुनुहुन्छ ।”
(ख) “न द्वीतीयो न तृतीयश्चतुर्थो नाप्युच्यते।
न पञ्चमो न षष्ठ सप्तमो नाप्युच्यते ।
नाष्टमो न नवमो दशमो नाप्युच्यते ।
स सर्वस्मै वि पश्यति यच्च प्रणाती यच्च न ।
नमिदं निगतं सह-स एष एकएकवृदेक एव ।
सर्वे अस्मिन देवा एकवृतो भवन्ति”(अथर्ववेद १३/४/१६-२१)
अर्थ- “त्यो ईश्वर न दुइटा छ, न तीनवटा र न चारवटा नै छ, त्यो पाँचवटा, छ वटा र सातवटा पनि छैन, त्यो आठवटा, नौ वटा, र दशवटा पनि छैन, त्यो ईश्वर सम्पू्र्ण संसारका प्राणी तथा अप्राणी वर्गलाई विविध प्रकारले हेर्दछ । उसलाई सबै सामर्थ्य प्राप्त छ। त्यो एउटै नै वर्तमान छ त्यसैमा पृथ्वी आदि सम्पूर्ण देवता वर्तमान छन्”
(ग) हिन्दू वेदान्त ब्रह्ममसुत्रमा यस्तो भनिएको छ ।
“एकम ब्रह्मम द्वितीय नास्ते: नहे ना नास्ते किंचन”।
अर्थ= ईश्वर एउटै हुनुहुन्छ, दोश्रो छैनन् ,छैनन्, कतैपनि छैनन्!”
(घ)ईश्वर समान अरु कोही छैनन्
“न त्वावां अन्यो दिव्य न पार्थिवो न जातो न जानिष्यते ” (ऋग्वेद ७-३२-२३)
अर्थ-“प्रभू तिमी जस्तो कोही अर्को न भूलोकमा छन्, न पृथ्वीमा छन्, न थियो नै र न हुने नै छन्!”
(ङ) ईश्वरको कुनै प्रतिमा (फोटो वा मूर्ति) छैन !
न तस्य प्रतिमा अस्ति यस्य नाम महदयश (यजुर्वेद ३२-३)
अर्थ- “जुन प्रभुको बडा प्रसिद्ध यश (किर्ती) छ, उसको कुनै प्रतिमा (फोटो वा मूर्ति) छैन।”
(च) ईश्वर अवतार लिनु हुँदैन
अव्यक्तम व्यक्तिमापन्नं मन्यन्ते मामबुद्धय परं भावजानन्तो ममाव्ययमनुत्तमम (श्रीमद्भगवद्गीता ७/२४)
अर्थ “म अविनाशी, सर्वश्रेष्ठ र सर्वशक्तिमान हुँ आफ्नो शक्तिले सम्पूर्ण संसारलाई चलाई रहेको छु बुद्धिहीन मानिसले मलाई नचिनेर मनुष्यको जस्तो जन्म लिनेवाला सम्झन्छन् “।
(छ) सत्य पूज्य मात्र एक ईश्वर हुनुहुन्छ !
य एक इध्द्वव्यश्चर्षणीनमिन्द्रं तं गीर्भिरभ्यर्च आभि:
य: पत्यते वृषभो वृष्षयावान्त्सत्य: सत्व परुमाय:पहस्वान (ऋग्वेद ६-२२-१)
अर्थ “जो ईश्वर सम्पूर्ण मानव संसारको एउटै उपास्य हुनुहुन्छ। उनको यिनै वाँणीद्वारा बारम्बार प्रार्थना गर, वहाँ नै सुखको वर्षा गर्नेवाला सर्वशक्तिमान, सत्यस्वरुप, सर्वश्रेष्ठ र सम्पूर्ण संसारको पालनकर्ता हुनुहुन्छ।”
(ज) देवताको पूजाले अँन्धकारमा डुबाई दिन्छ।
(१) दुवैरा सत्सि ब्रह्मर्षि भन्नु हुन्छ, “सैकरोडौं देवी देवतालाई बहिष्कार गर। (ऋग्वेद ४-१२-१)
(२) “जो मानिस झूठो अस्तित्व वाला देवी देवताको पूजा गर्दछन् उनीहरु गहिरो अँन्धाकारमा डुब्दछन् त्यो एउटै ईश्वर हुनुहुन्छ, जो पूजा गर्न योग्य हुनुहुन्छ (अथर्ववेद ९-४०)
(३) शतपथ ब्रह्ममाणमा लेखिएको छ : (१४-४-२-२२)
योन्यां देवतामुपास्ते न स वेद यथा पशुरेवं स देवानाम।।
अर्थ जो दोश्रोलाई ईश्वर मानेर पूज्दछन्, त्यो विद्वानको बीचमा पशु समान हो।”
(४) “न उहाँको आमा-बुबा छन्,न उहाँको कोही मालिक तथा स्वामी छ।(शविताश्वतारा उपनिषद् ९/६)
नराशंसका अनुसन्धान(खोज)
नराशंस शब्द ‘नर र आशंस’ दुई शब्द मिलेर बनेको छ। नर को अर्थ हुन्छ मनुष्य र आशंसको अर्थ हुन्छ ‘प्रशंसित’ अर्थात् मनुष्यद्वरा प्रशंसित। ज्ञात यो भयो कि त्यो व्यक्ति मानवद्वारा प्रशंसित हुनेछ र मानव जातीबाट नै हुनेछ, देवताको जातिबाट होईन र “मुहम्मद” को अर्थ पनि “प्रशंसित मनुष्य” हुन्छ।
नराशंसका विशेषताहरु
(१) वाँणीको मधुरता=ऋग्वेदमा (ऋग्वेद संहिता १-१३-३) मा लेखिएको छ, नराशंसको “मधुजिह्वं” भनिएको छ। अर्थात् उनीमा वाँणीको मधुरता हुनेछ र सबै जान्दछन् कि मुहम्मद सल्ल०को वाँणीमा बढी मिठास थियो।
(२) सुन्दर कान्तिको धनी=यस विशेषताको उल्लेख गर्दै (ऋग्वेद संहिता २-३-२) मा ‘स्वर्चि’ शब्द आएको छ, यसको अर्थ हुन्छ “सुन्दर दिप्ती वा कान्तिबाट युक्त”र मुहम्मद सल्ल० यति सुन्दर थिए कि मानव स्वत:वहाँ तर्फ आकर्षण हुन्थे।
(३) पापको निवारण गर्नेवाला (ऋग्वेद १-१0६-४) नराशंसले मानवलाई पापबाट मुक्त गर्नेवाला बताइएको छ र यो स्पष्ट छ कि मुहम्मद सल्ल० को सम्पूर्ण शिक्षाले मानवलाई पापबाट मुक्ति दिलाउने छ, इस्लामले जुआ, शराब, अवैध कमाई, ब्याज, अत्याचार, दमन, शोषणबाट मुक्त गर्दछ ।
(४) पत्नीको साम्यता- अथर्ववेद (कुन्ताप सुक्त २0/१२७/२) मा लेखिएको छ कि नराशंस को साथ १२ (बाह्र) पत्नी हुनेछन् र वास्तवमा ह.मुहम्मद सल्ल०को साथ १२ बाह्र पत्नी थिए। उल्लेखनिय छ कि अरु कुनैपनि धार्मिक व्यक्तिको बाह्र पत्नी थिएनन् (हेर्नुहोस् हज़रत मुहम्मद सल्ल० र भारतीय धर्मग्रन्थ लेखक डा.एम.ए.श्रीवास्तव (पृष्ट नं. ५)
अन्य विशेषताहरु
(१)”नराशंसको प्रशंसा धेरै हुन्छ र वहाँ सबैको प्रिय हुनुहुन्छ।” (ऋग्वेद संहिता १-१३-३) संसारमा मुहम्मद सल्ल०को जति प्रशंसा अरु कुनै धार्मिक व्यक्तिको आजसम्म गरिएको छैन। प्रत्येक मुस्लिमहरुले उनलाई ईशदूत मान्दछन् तथा यो आस्था राख्दछन् कि उनी लाभ र हानिको मालिक होईनन् ,तर उनको लागि ज्यान पनि त्याग्न तयार छन् किनकि उनै मार्फत ईश्वरीय ज्ञान सबै मनुष्यको लागि प्राप्त भएको थियो।
(२) “नराशंसले सवारीको रुपमा ऊटको प्रयोग गर्छन्” (अथर्ववेद २0/१२७/२) हजरत मुहम्मद सल्ल०को समयमा सवारीको रुपमा ऊँटको प्रयोग नै हुन्थ्यो, त्यसबेला साईकिल, मोटरसाईकिल, बस, हवाईजहाजको युग थिएन, र हाल ऊँटको प्रयोग अति दुर्लभ छ।
(३) “नराशंसले भविष्यको बारेमा ज्ञान दिने छन्।”(ऋग्वेद संहिता १-३-३) हजरत मुहम्मद सल्ल०ले भविष्यको बारेमा जे जति बताएका थिए ती कुराहरु सबै सत्य साबित भएका छन् र बाँकी भविष्यवाणीहरु पनि अल्लाहको कृपाले त्यस्तै प्रकट हुनेछन्।
(४) “नराशंस अत्यधिक सुन्दर एवं ज्ञानको प्रचारक हुनेछन्।” (ऋग्वेद संहिता २-३-२) हजरत मुहम्मद सल्ल० को मुख मण्डल चन्द्रमाको समान चमक थियो। यस सम्बन्धमा इतिहासकारहरु सहमत छन्। त्यसैप्रकार वहाँले ज्ञानको प्रचार घरघरमा पु-याउनु भयो र आज यो ज्ञान पुरै संसारमा फैलिएको छ।
(५) नराशंसले मानिसको पापलाई समाप्त पार्ने छन्। (ऋग्वेद १-१0६-४) हामीले पछिल्लो पाठबाट थाहा पायौं कि मुहम्मद सल्ल० जुन समाजमा हुर्केका थिए त्यो समाज हरेक प्रकारको पापहरुबाट ग्रस्त थियो र वहाँले उनीहरुको गलत आचरणलाई सुधार्नका लागि सत्य-तथ्य मार्गदर्शन गर्नुभयो।
(६) “नराशंसलाई सौ निष्क प्रदान गरिन्छ।”(अथर्ववेद २0/१२७/६) डा.वेद प्रकाश उपाध्याय लेख्नुहुन्छ, सौ निष्कको अर्थ उनको साथ रहने वाला सहावी जो सय जना थिए। उनीहरु उनको साथ रहेर ज्ञान सिक्दथे र पढ्दथे र उनको आदेश अनुसार विभिन्न कार्यहरु सम्पादन गर्दथे ।
(७) “नराशंस दशमालाले सुशोभित हुनेछन्।”(अथर्ववेद २0/१२७/६) दश मोतिको मालाको अर्थ हो मुहम्मद सल्ल०को प्रमुख दस मित्र हुन् जसलाई मुहम्मद सल्ल०ले भन्नु भएको थियो तपाईहरु अवश्य स्वर्गवासी हुनु हुनेछ।
(८) “नराशंस दश हज्जार गौउले युक्त हुनुहुनेछ।”(अथर्ववेद २0/१२७/६) दसहजार गौउको अर्थ यो हो कि उनीहरु ती सहयोगी हुन् जुन मक्का विजय हासिल गर्दा उनलाई सहयोग गर्ने दसहजार सहयोगी मित्र हुन्
पुराणबाट प्राप्त प्रमाणहरु
(१) भविष्यपुराण प्रतिसर्ग पर्व (पर्व ३,खण्ड ३, अध्याय १, श्लोक २५/२६/२७) मा लेखिएको छ। उनीहरु खतना गर्नेवाला हुनेछन् ,उनीहरु शिखाहिन हुनेछन्, उनीहरु दाह्री राख्नेवाला हुनेछन्, उच्च स्वरमा अलाप (अजान) गर्नेवाला हुनेछन्। साकाहारी मांसाहारी दुबै हुनेछन्। उनीहरु मन्त्रद्वारा शुद्ध (पवित्र) गरिएको खान योग्य मासु मात्र खानेछन्, यसकारण यिनीहरुको संस्कारलाई मुस्लिम संस्कार भनिन्छ। उनीहरुबाट मुसलवन्त यानी निष्ठावानको धर्म फैलिन्छ । यसैकारण पिचास (शैतान) धर्मको अन्त हुनेछ र भूत-प्रेतको पूजा समाप्त हुनेछन्।
(२) भविष्य पुराण प्रतिसर्ग पर्व (पर्व ३, अध्याय ३, खण्ड ३ कलियुगी इतिहास समुच्य) मा उल्लेखित छ शालिवहान (सातवहान) वंशी राजा भोज दिग्विजय गर्दै समुन्द्रपार अरब पुग्दा त्यहाँ उनले उच्च कोटीको आचार्य शिष्यले घेरिएर रहेको मुहम्मद सल्ल० लाई देखे ।
(३) संग्राम पुराणमा-तुलसी दास जी लेख्नुहुन्छ ( संग्राम पुराण, स्कन्द १२-काण्ड ६)
तब तक सुन्दर मद्दिकोया।
बिना महामद पार न होया।।
अर्थ-“जबसम्म सुन्दर बाँणी (कुरआन) यस धर्तिमा रहन्छ र उसै किताबको दिव्य ज्ञानद्वारा हजरत मुहम्मद सल्ल०ले देखाएको बाटोले नै मुक्ति मार्ग मिल्नेछ ,अन्यथा त्यो उपाए विना मुक्ति सम्भव छैन।
कल्कि अवतारको जन्म स्थान, आमा-बुबा, तथा जन्म तिथि मितिमा साम्यताको प्रमाणहरु-
अन्तिम संदेष्टाको आगमनको सम्बन्धमा पुराणमा बताइएको छ जुन युगमा सवारी घोडा तथा ऊट र युद्धको साधनमा तरवार र तिरको हुनेछ त्यही समयमा नै अन्तिम संदेष्टाको जन्म हुनेछ। त्यही समय थियो जुन बेला हजरत मुहम्मद सल्ल०को जन्म भएको थियो। हाल युद्धमा पेस्तोल, राइफल, मेशिनगन,बम, बम, अणुबम तथा क्षेप्यास्त्र र सवारीमा बस ,कार हवाइजहाजको समय भै सकेको छ। (कल्कि पुराण द्धितीय अध्याय, पन्ध्रऔं श्लोक) “जसको जन्म हुनाले दुःखी मानवको कल्याण हुन्छ र उसको जन्म मधुमासको शवल पक्ष र रबि फसलमा चन्द्रमा पक्षको द्वादशी तिथिमा हुनेछ।” मुहम्मद सल्ल०को जन्म पनि ९ रबिउल अव्वलमा भएको थियो। रबिउल अव्वलको अर्थ हुन्छ मधुमासको हर्षोल्लासको महिना। श्रीमद्भागवत महापुराणमा कल्कि अवतारको आमा,बुवाको वर्णन गर्दै लेखिएको छ-
शम्भले विष्णु पशसो ग्रहे प्रादुर्भावाम्यहम।
सुमत्यांमार्तर विभो पत्नीयां न्नर्दशतः।।
अनुवाद-” सुन। शम्भल शहरमा विष्णुयशको घरमा उनकी पत्नी सुमतीको गर्भबाट पैदा हुन्छ” (कल्कि पुराण द्धितीय अध्याय, प्रथम श्लोक)
यस श्लोकमा कल्कि अवतारको जन्म स्थान शम्भल बताइएकोछ। शम्भलको शाब्दिक अर्थ हुन्छ ‘शान्ति स्थान’ र मक्का जहाँ मुहम्मद सल्ल० पैदा भए त्यस ठाउँलाई अरबी भाषामा “दारुल अम्न” भनिन्छ। जसको अर्थ नेपालीमा “शान्तिको घर” हुन्छ।
कल्किको पिताको नाम विष्णुयश बताइएको छ र मुहम्मद सल्ल० को पिताको नाम अब्दुल्लाह थियो र जो अर्थ विष्णुयशको हुन्छ त्यही अर्थ अब्दुल्लाहको हुन्छ। विष्णु अर्थात् अल्लाह र यश अर्थात भक्त अर्थात अल्लाहको भक्त (अब्दुल्लाह) । त्यसैप्रकार कल्किकी आमाको नाम सुमती (सोमवती) उल्लेखित छ, जसको अर्थ हुन्छ “शान्ति एवं मननशील स्वभाव वाली” र मुहम्मद सल्ल० को माताको नाम पनि “आमिना” थियो। जसको अर्थ हुन्छ “शान्त स्वभाव वाली”।
डा. वेद प्रकाश उपाध्यायले आफ्नो पुस्तक कल्कि अवतार र मुहम्मद सल्ल० मा कल्कि तथा मुहम्मद सल्ल०को विशेषताको तुलनात्मक अध्ययन गर्दै भन्नुहुन्छ “आज हिन्दू दाजुभाइहरु जुन कल्कि अवतारको प्रतिक्षा गरिरहेका छन्, वहाँ आइसक्नु भयो र वहाँ मुहम्मद सल्ल० हुनुहुन्छ। अतः प्रत्येक हिन्दू दाजुभाइहरुले निष्पक्ष भएर निर्णय लिनु नै बुद्धिमानी हुन्छ।
कल्कि अवतारको प्रमुख विशेष्ताहरु
(१) जगत्पतिः- सारा संसारको रक्षा गर्नेवाला जगत्पति महामानव मुहम्मद सल्ल० संसार भरिको लागि दयालु बनाएर पठाइनु भयो। कुरआनमा उल्लेखछ,”मैले तिमीलाई सबै मानवको लागि शुभ-सूचना सुनाउने वाला र सचेत गर्नेवाला बनाएर पठाएको छु।”(सूरः सबा-आयत नं. २८)
(२) चार भाइको सहयोगले युक्तः- यो कल्कि पुराणको (२/५) मा भनिएको छ, कल्कि अवतारले चारजना साथीहरुको मद्दतले शत्रुहरुको नाश गर्नु हुन्छ। हजरत मुहम्मद सल्ल०को पनि प्रमुख चार साथी थिए, जसको मद्दतले शत्रुहरु नाश गरेका थिए। ती चार साथीको नाम यसप्रकार छ, हजरत अबुबक्र सिद्धिक रजीयल्लाहु अन्हुम, (अल्लाह उनीहरुप्रति प्रशन्न हुनुभयो) हजरत उमर रजीयल्लाहु अन्हुम हजरत उसमान रजीयल्लाहु अन्हुम र हजरत अली रजीयल्लाहु अन्हुम हुन्।
(३) शरीरबाट सुगन्ध निस्कनेः- कल्कि पुराण (१२/२/२१) मा भविष्यवाँणी गरीएको छ, कल्कि अवतारको शरीरबाट यस्तो सुगन्ध निस्किन्छ कि जसले मानवको मन निर्मल हुन्छ र मुहम्मद सल्ल० को शरीरबाट धेरै सुगन्ध आउँथ्यो। वहाँसँग जसले हात मिलाउँथ्यो, उसको हात दिनभरी वासना (सुगन्ध) आईरहन्थ्यो।
मुहम्मद तथा अहमदको बयान
(१) भविष्य पुराण-(३२३/५/८)- मा उल्लेखित छ “एक अर्को देशमा एक आचार्य आफ्नो मित्रको साथमा आउने छन् उनको नाम महामद हुनेछ । वहाँ रेगीस्तान (मरुभूमि) क्षेत्रमा आउने छन्”।
(२) श्रीमद्भागवतपुराण (७२/२)-मा मुहम्मद सल्ल०को बारेमा यस प्रकार छ। “अज्ञान हेतु कृतमोहमदान्धचार नाशं विधयं हित द दयते विवेक” अर्थ-“हजरत मुहम्मद सल्ल० द्वारा दिएको ज्ञानले नै अंन्धकारको नाश हुनेछ र ज्ञान तथा आध्यात्मिकताको प्रचार हुनेछ।”
(३) यजुर्वेद(१८/३१) मा छः- “वेदाहमेत पुरुष महान्तमादित्तयवर्ण तमसः प्रस्तावयनाय” अर्थ-“वेद अहमद महान व्यक्ति हो। सूर्यले जसरी अंन्धकारलाई नाश गर्छ, त्यसैगरी उनको ज्ञानरुपी शिक्षाको ज्योतिले अंन्धाकारलाई नाश गर्दछ। उनैलाई चिनेर परलोकमा सफल हुन सकिन्छ, उनी बिना परलोकसम्म पुग्ने अर्को कुनै मार्ग छैन।”
इति अल्लोपनिषदमा अल्लाह र मुहम्मद सल्ल०को बर्णनः
आदल्ला बूक मेककम। अल्लाबूक निखादकभ (४) अलो यज्ञेन हु त हुत्व अल्ला सूर्य, चन्द्र, सर्वनक्षेत्राः (५) अल्लो ऋषिणं सर्व दिव्यांइन्द्रदाय पुर्ण माया परमन्तरिक्ष (६) अल्लाः पृथिव्या अन्तरिक्षं विश्वरुपम (७) इल्लांकबर इल्लां इललल्लेति इल्लल्लाः (८) ओम अल्ला इल्लल्ला अनादि स्वरुपाय अर्थवर्ण शयमा हुहीजनान पशून सिद्धान जलवरान अदृष्टं कुरू फंट (९) असुरसंहारिणी हृं हीं अल्लो रसूल महमदरकबस्य अल्लो अल्लाम इल्लल्लेति इल्लल्लति इल्लल्ला(इति अल्लो पनिषद ४/१0) अर्थ=”अल्लाहले ब्रह्ममाण्ड बनाउनु भयो। अल्लाह सर्वश्रेष्ठ हुनुहुन्छ। वहाँ बाहेक अरु कोही पुजनीय छैन। अल्लाह अनादी देखि हुनुहुन्छ। वहाँ संसारको पालनहार हुनुहुन्छ। वहाँ नै सम्पूर्ण पाप र मुस्किलबाट पार गर्नेवाला हुनुहुन्छ। मुहम्मद सल्ल० अल्लाहको रसूल हुनुहुन्छ। सारा संसारको पालनहार हुनुहुन्छ। अतः विश्वास गर्नुहोस् कि अल्लाह एक हुनुहुन्छ र उहाँ बाहेक अरु कोही सत्य पूजनीय छैन”। यस श्लोकमा स्पष्ट रुपमा अल्लाह र मुहम्मद सल्ल०को बर्णन गरिएको छ र बताईएको छ कि अल्लाहको अतिरिक्त कोही सत्य पूजनिय छैन। यसबाट यो प्रष्ट हुन्छ कि आज हिन्दू समाज सत्यबाट कति टाढा भएका छन्। आज सत्यको विरुद्ध गएका छन्, जसको सम्बन्धमा धार्मिक ग्रन्थले स्पष्ट प्रमाण पेश गरेको छ।
बौद्ध धर्मग्रन्थबाट
महात्मा गौतम बुद्धले मृत्यु हुनु भन्दा केही क्षण पहिले आफ्नो शिष्य नन्दासँग “मैत्रेय” (Gospel of Buddha, by course, page no. 217) नामको बुद्ध आउने शुभ-सूचना दिनु भएको थियो, जसको अर्थ ‘मुहम्मद’ हुन्छ। (हजरत मुहम्मद सल्ल० र भारतीय धर्मग्रन्थ लेखक डा. एम.ए. श्रीवास्तव पृष्ट ३३/३७)
जैन धर्मग्रन्थबाट
जैन धर्मका ग्रन्थकारले पनि कल्कि अवतारको बर्णन गरेका छन् र उनी आउने समय महावीर स्वामीको मृत्युको एक हजार बर्षपछि मानिएको छ र मुहम्मद सल्ल०को जन्म पनि त्यही समयमा भएको थियो, जुन कल्कि अवतार आउने समय थियो। प्रसिद्ध जैन लेखकले आफ्नो ग्रन्थ हरीवंश पुराणमा लेख्नुभएको छ कि महावीर स्वामीको मृत्युको ६0५ बर्ष ५ महिना पछि अशोक राजाको जन्म भएको थियो तथा गुप्त संवत २३१ बर्षको शासन पछि कल्कि अवतारको जन्म भयो (जिनसेन कृत हरिवंश पुराण अ० ६0)
प्रणामी धर्मग्रन्थबा़ट
प्रणामी सम्प्रदायका प्राणनाथजी भन्नु हुन्छ ‘‘कै बडे कहे पैगम्बर,पर एक महमंद पर खतम ’’ अर्थ- “कयौं ठूला-ठूला पैगम्बरहरु आउनेछन् तर महमंदमा ईशदूतको श्रृंखला समाप्त हुन्छ”।(मारफत सागर पृ.३९,श्री प्राणनाथ मिशन,नयाँ दिल्ली)

Related Post