Main Menu
New Muslims APP
أكاديمية سبيلي Sabeeli Academy

कब्र (चिहान) फुट्यो र मुर्दा बोल्दै उठ्यो

कब्र (चिहान) फुट्यो र मुर्दा बोल्दै उठ्यो

कब्र (चिहान) फुट्यो र मुर्दा बोल्दै उठ्यो

कब्र (चिहान) आख़िरतको यात्राहरुमध्ये प्रथम चरण हो जुन हाम्रो आँखाबाट अदृश्य छ। यो जन्नतको बगैंचा मध्ये एउटा बगैंचा हो, या जहन्नमको खाल्टोमध्येबाट एउटा खाल्टो हो। यदि त्यहाँको यातना र सजायको बारेमा हामीलाई थाहा भयो भने हामी आफ्ना मृतकका शव दफन गर्न छोड्ने थियौ होला । अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को यो हदीसबाट थाहा हुन्छ ।

तिमी आफ्नो मृतकलाई दफन गर्न छोडी दिन्छौ नत्र म अल्लाहसँग दुआ गर्थें कि उनले तिमीलाई कब्रको अज़ाब सुनाई दिउन।

हरेक व्यक्तिको इच्छा हुन्थ्यो होला आफु मरेपछि फेरी फर्केर आउन, किनकि उसले बरज़ख़ी (मृत्युपछि कियामतसम्म कब्रस्तानमा रहने अवस्थाको जीवनलाई बरज़ख़ी जीवन भनिन्छ) जीवनमा आफुले पाएको यातनाको बारेमा आफन्तलाई सचेत गराउन सकोस्।

यहाँ यस्तै नै एउटा सत्य घटनाको बारेमा प्रस्तुत गर्दैछु जुन एउटा मृतक आफ्नो कब्रबाट निक्यो र उसले बरज़ख़ी जीवनमा आफुले भोगेको सजायको बारेमा बयान गरेको छ।

इमाम अहमदले  किताबुज़्ज़ुह्दमा इमाम तहावीले मुश्किलुल आसारमा यो बयानलाई नकल गरेका छन्, हज़रत जाबिर बिन अब्दुल्लाह रज़ियल्लाहु अन्हुबाट वर्णित छ कि अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भयो: बनू इस्राईलको वृत्तान्त बयान गर, यसमा कुनै हर्ज छैन, तिनीहरुमा अचम्म अचम्म कुरा गर्थे।

फेरी रसूल (सल्ल.) ले बयान गर्न शुरू गरे, वहाँले भन्नु भयोः बनू इस्राइलको एक-एक समूह निक्ल्यो, यहासम्म कि कब्रिस्तानको दर्शनको उद्देश्यले आफ्ना एक कब्रिस्तानमा आए, उनिहरुले भनेः हामीले दुई रकअत नमाज पढेर अल्लाहसँग दुआ गर्दा हाम्रो लागि मरेको मानिस मध्येबाट कुनै एउटालाई निकाली दिउन ताकि हामी उसँग मृत्युको सम्बन्धमा सोधपूछ गर्न सक्ने थियौ। अतः ती मानिसहरुले यस्तै नै गरे (दुई रकअत नमाज पढेर दुआ गरे)  तत्काल त्यही बेलामा कब्रिस्तानबाट एकजना मानिसले आफ्नो टाउको बाहिर निकाल्यो। जुन गहुगोरो रंगको थियो, उसको दुवै आँखाको बीच (निधारमा) सज्दाको निशान थियो, उसले भन्यो: ऐ मानिसहरु हो ! तिमीहरु मबाट के चाहन्छौ ? म सय वर्ष पहिले मरेको हूँ, तर अहिलेसम्म मलाई मृत्युको गर्मी शान्त भएको छैन, (फेरी उसले उनीहरुसँग अनुरोध गर्यो) मेरो लागि दुआ गर मलाई अल्लाहले बरज़खी जीवनबाट पहिलेको जीवन प्रदान गरि दिउन जस्तो म पहिले थिए। (यस हदीसलाई अल्लामा अल-बानीले अस्सिल-सिला अस्सहीहा 2926 मा सही भनेका छन्)

यस किस्साबाट पहिलो कुरा यो बुझिन्छ कि बनू इस्राईलको वृत्तान्त बयान गर्न जायज छ, तब अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयोः बनू इस्राईलको वृत्तान्त वर्णन गर, यसमा कुनै समश्या छैन। शुरू इस्लाममा अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले बनू इस्राईलको वृत्तान्त बयान गर्नबाट मनाही गरेका थिए किनकी शरई अहकाम (धार्मिक कानून) को प्रस्तुतीकरणबाट पहिले आशंका थियो कि यस्तो न होस् कि उनको कहानीहरु शरीअत (धार्मिक नियम) को एक भाग बन्न सक्ला। तर जब शरई अहकाम (धार्मिक नियम) प्रति सन्तोष भयो तब रसूल (सल्ल.) ले बनू इस्राईलको वृतान्तलाई वर्णन गर्नलाई अनुमति दिएको थिए, उनको राम्रो कुरा बिना प्रमाण उनको पुस्तकहरुको सन्दर्भमा वर्णन गर्न सकिन्छ किनकी यसमा शिक्षा र चेतावनी सामान छ, हँ यदी ती कहानीहरु झूटा हुन भन्ने स्पष्ट थाहा भए ती कहानीहरु बयान गर्नलाई अनुमति दिइने छैन।

यस वृतान्तबाट अर्को पाठ यो मिल्छ अवलिया (अल्लाहको शरई तरिका अनुसार जीवनयापन गर्ने असल भक्तहरु) को करामात सत्य हो, अल्लाह तआलाले ती मानिसलाई आफ्नो शक्तिको संकेत  दिखाउनको लागि मुर्दालाई जीवित गरिदिए जसले आफ्नो कब्रबाट टाउको निकालेर उनिहरुसँग कुरा गरे। मुर्दालाई जीवित गरेको यो पहिलो घटना होइन, यो भन्दा पहिले बनू इस्राईलको समूदायमा पनि मृतकलाई जीवित गरेको विभिन्न घटनाहरु घटी सकेको थियो। कुरआन र हदीसमा यसको कहीं तर्क छ जस्तैः अल्लाहले बनू इस्राईलका मृत शरिरलाई जीवित गरिदिए जसले जिउँदो भएपछि मेरो हत्यारा यो हो भनी आफ्ना समूदायलाई चिनायो फेरी मर्यो, त्यसैगरी अल्लाहले त्यस व्यक्तिको पनि उल्लेख गरेका छन् जुन अल्लाहले ३ सौ ९ वर्षसम्म मूर्दा राखे फेरी जीवित बनाए ताकि त्यो देखाउन कि कसरी ती पुरुषहरुलाई पुनर्जीवित गरिन्छ। त्यसैगरी इब्राहीम अलैहिस्सलामले पनि अल्लाहको हुकुम अनुसार पक्षीलाई जीवित गरेको किस्सा पनि कुरआनमा वर्णित छ। त्यसैगरी ईसा अलैहिस्सलामले पनि अल्लाहको ईच्छानुसार मूर्दालाई जीवित पारेको किस्सा पनि कुरआनमा वर्णित छ।

यस किस्साबाट तेश्रो शिक्षा यो मिल्छ कि एउटा मानिस जसको विभिन्न विशेषताहरु उसको राम्रो गुण, अल्लाहप्रति उसको भरोषा र शरई नियमप्रति दृढता देखा पर्दछ, तर संसारबाट गए पछि कस्तो सजायमा ग्रस्त हुन्छ । माथि उल्लेख भए अनुसार त्यो मूर्दाले भन्यो म मरेको सय वर्ष भयो तर पनि मृत्यु हुँदाको गर्मीको कष्टमा कमी आउन सकेको छैन। मृत्यु र उसको कठोर सजाय, कब्र र त्यसको दबाव थिच्ने कष्ट, मुंकर नकीरको प्रश्न र उसको तीव्रता तथा कब्रले चेप्ने प्रकृया पनि हो, यदि कब्रको यस दबाबबाट मुक्ति मिल्ने भए साद बिन मुआज़ रज़ियल्लाहु अन्हुलाई मिल्थ्यो जसको मृत्युबाट अर्श इलाही कामेको थियो। (किनकि उनी अल्लाहका पुन्यवान र नियमपाबन्द व्यक्ति थिए । जब फरिश्ताले उनको आत्मा लिएर गए तब अल्लाहको अर्श खुशीले हल्लीएको थियो भन्ने भनाई छ)

यस किस्साबाट सबैभन्दा महत्वपूर्ण शिक्षा यो मिल्दछ कि हामीले मृत्युलाई हमेशा याद राख्नु पर्छ, महा-प्रलयको दिनको तयारी गर्नु, आख़िरतको चिन्ता आफ्नो मनमा बसाई राख्नु र आफ्नो शरिरलाई अल्लाहको अजाबबाट बचाउनलाई हमेशा चिन्ता गरौं। किनकि मुख्य सफलता  मृत्युपछिको सफलता हो। अल्लाह तआलाले भन्नु भएको छः प्रत्येक प्राणीले मृत्युको स्वाद चाख्नु छ । र, तिमीहरुलाई तिम्रो पूर्ण प्रतिदान महाप्रलयको दिनमा प्रदान गरिनेछ। अनि जसलाई नरकबाट बचाइयो, र स्वर्गमा प्रवेश गराइयो त्यो निश्चय नै सफल भयो। सांसारिक जीवन त केवल धोकाको-सामग्री हो । (सूरः आले-इम्रानः 185)

 

Related Post