New Muslims APP

कर्म को परिणाम

कर्म

कर्म को परिणाम

         हरेक मानिसलाई त्यही मिल्छ जस्तो उसले यो संसारमा कर्म गरेको हुन्छ । अल्लाहले उसको कर्म उसको कर्म अनुसार अल्लाहले ठेगाना तय गर्छन्। जसले ईश्वरिय शिक्षानुसार रसूल तथा नबीले बताएको नियम अनुसार जीवन व्यथित गर्छ साथै असल आचरणका साथ सत्कर्म, पुण्य र भलाईको कर्म गर्छ उसको कर्म अनुसारको फल पाउने छन् । त्यसैगरी जसले ईश्वरिय विधानलाई अस्वीकार गर्छ, नबी तथा रसूलको शिक्षालाई अस्वीकार अनि दुष्कर्म र खराब आचरण हुनेहरुको लागि पनि अल्लाहले उसको ठेगाना तय गर्छन् ।

            यस सम्बन्धमा पवित्र कुरआनमा भनिएको छः अतः जो कसैले कण बराबर पुण्य गरेको छ भने, अल्लाह त्यो पनि देख्ने छन्” “र जो कसैले कण बराबर पाप अपराध गरेको छ, भने पनि अल्लाह त्यो देख्ने छन्” (सूरह ज़िल़ज़ाल, आयत 7- 8)

          हामीले नमाज पढ्ने, जकात दिने गर्यौ भने ति सबै सत्कर्महरु अल्लाहकहाँ पाउने छौं । तर नमाज नपढ्ने र अल्लाहले दिएको मालबाट जकात दिएनौं भने हामीले आखिरतमा के पूण्य लिएर जान सक्छौं त ? रहेक मानिसलाई मृत्युपछि आखितरमा सत्कर्मले फाइदा पुर्याउँछ, यसैले हामीले मृत्यु अघि सत्कर्म गर्नु पर्छ ।  यसै सम्बन्धमा पवित्र कुरआन सूरह अल बक़रामा भनिएको छः  “नमाज़ कायम गर र जकात देऊ । स्वयंकोलागि जेजति सत्कर्म गरेर पठाउने छौ ती सबै अल्लाह कहाँ पाउनेछौ । निस्संदेह तिमीहरु जे गर्छौ अल्लाहले देखि रहेका छन्। (सूरह अल बक़रा, आयत-110),

         फेरी सूरह बक़राको नै अर्को आयतमा मानिसलाई चेतावनी दिंदै भनिएको छ, तिमी अल्लाहको तर्फ फर्काइने छौ त्यस बखत जसले जे जस्तो कर्म गरेको छ त्यसको फल पाउनेछौं । पवित्र कुरआनमा भनिएको छः “त्यस दिनको भय गर जुन दिन तिमीहरुलाई अल्लाहतर्फ फर्काएर लगिनेछ । अनि प्रत्येक मानिसलाई जुन उसले कमाएको हुनेछ त्यसको पूर्णरुपमा प्रतिफल प्रदान गरिनेछ र तिनीहरुप्रति कुनै अन्याय गरिने छैन ।” (सूरह अल बक़रा, आयत -281)

       अल्लाहले भक्तहरुको प्रार्थना स्वीकार गर्नु हुन्छ, उनको प्रार्थना खेर जाँदैन । कुनै प्रार्थना तत्काल स्वीकार हुन्छ, कुनै प्रार्थना संकटको अवस्थाबाट अल्लाहले जोगाउनु हुन्छ भने कुनै प्रार्थना आखिरतमा स्वीकार हुन्छ। चाहे पुरुष होस् वा स्त्री पक्षपात हुनेछैन । अल्लाह भन्दछन् मेरो मार्गमा घरबार सम्पत्ति छोडेर हिंड्ने, घरबाट निकालिनेहरु तथा युद्धमा सहभागी हुने र युद्धमा मारिनेहरुको पापलाई समाप्त पारिदिने छन् । उनीहरुलाई यस्तो बगैंचामा प्रवेश गराइने छ जसको तलतिरबाट नदी बगेको हुनेछ ।

        अल्लाहले कुरआनमा भन्नु भएको छः “अतः उनिहरुको पालनकर्ताले उनको प्रार्थना स्वीकार  गरे- “म तिमीहरुमध्ये कसैको पूण्य निरअर्थक तुल्याउँदिन चाहे त्यो पुरूष होस् वा स्त्री । तिमी परस्पर एक अर्काबाट हौ ।  अनि जो  मेरोमार्गमा घरबार छोडे र घरबाट निकालिए र मेरो मार्गमा सताइए, र जसले युद्ध गरे र युद्धमा मारिए, म उनीहरुका पापलाई समाप्त पार्ने छु र उनीहरुलाई यस्तो बगैंचामा प्रवेश गराउनेछु जसको तलतिरबाट नदीहरु कलकल बगि रहेका हुनेछन्।” यो प्रतिदान अल्लाहको तर्फबाट हो र सर्वोत्तम प्रतिदान अल्लाहसँग  रहेको छ (सूरह अल बक़रा, आयतः195)

       अल्लाहले जमीनबाट अन्न उब्जाउँछन्, खजुरको दाना फोडेर अंकुरित पार्छन् । सजिवबाट निर्जिव पार्छन् भने निर्जिवबाट सजीव बनाउँछन् । यी सबै कार्य गर्ने अल्लाह हुँदाहुँदै मानिसहरु त्यो अल्लाहलाई छोडेर कता बहकिएका छन् ? यस सम्बन्धमा पवित्र कुरआनको सूरह अल् अन्आममा भनिएको छःअल्लाह नै  अन्नका दाना र खजुरको गुठलीबाट अंकुरित पार्छन् । उनैले निर्जिवबाट सजीवलाई तथा सजिवबाट निर्जीवलाई निकाल्दछन् । यी सम्पूर्ण कार्यहरु गर्ने अल्लाह हुँदा हुँदै कता बहकिंदैछौ ” – (सूरह, अल् अन्आमः  95)

     अल्लाहको आदेशले उनका भक्तहरुको रक्षार्थ फरिश्ताहरुलाई खटाएका छन् । कुनै समूदायका निमित्त कुनै उपकार मिल्छ भने त्यो अल्लाहको तर्फबाट मिल्छ र त्यसलाई कसैले रोक्न सक्दैन र कुनै समूदायको लागि अल्लाहले कुनै प्रकोप गर्न चाहन्छन् भने कोही यसलाई रोक्न सक्दैन र अल्लाह बाहेक कोही समर्थक र संरक्षक पनि छैन । यस सम्बन्धमा पवित्र कुरआन सूरह अर्-रअदमा भनिएको छः प्रत्येक व्यक्तिको अगाडि र पछाडि उनले नियुक्त गरेका निरीक्षकहरु खटाइएका छन् जो अल्लाहको आदेशले उसको रेखदेख गर्छन् र, अल्लाहले कुनै समूदायको अवस्था तबसम्म परिवर्तन गर्दैनन् जबसम्म उसले स्वयं आफ्ना व्यवहारलाई बदल्दैन। अनि जब अल्लाहले कुनै समूदायमाथि कुनै प्रकोप ल्याउने निर्णय गर्दा त्यसलाई कसैले टार्न सक्दैन र न त्यस समूदायका लागि अल्लाहको दाँजोमा कुनै सहयोगी हुनेछ”। (सूरह अर्-रअद, आयत – 11)

हदीस (पुण्य कमाउने उपाय)

        अब हामी निम्न हदीसबाट मानवले कसरी पुण्य कमाउने भन्ने बारेमा प्रष्ट पार्ने छौं । तल उल्लेखित हदीसमा भनिएको छ कि पवित्रता नै आधा ईमान हो । त्यसैगरी । “अल हम्दु लिल्लाह” भन्नु  र “सुब्हानल्लाह”  पनि पुण्य कमाउने उपाय हो ।

       अबू मालिक हारिस बिन आसिम अश्अरी (रज़ियल्लाहु अन्हु) ले बर्णन गर्नु भएको हो, वहाँ भन्नुहुन्छ, -अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो; “पवित्रता आधा ईमान (आस्था) हो । “अल हम्दु लिल्लाह” भन्नु (सम्पूर्ण प्रशंसा अल्लाहको लागि हो) मीजान (तराजुको पल्ला) लाई भरि दिन्छ र “सुब्हानल्लाह” (पवित्र हुनुहुन्छ अल्लाह) र “अल-हम्दु लिल्लाह” दुबै पल्ला भरि दिन्छ या एउटा भरिदिन्छ, भन्नुभयो आकाश र जमीनको बीचमा जे जति छ त्यसलाई भरिदिन्छ, नमाज (प्रार्थाना) प्रकाश हो । सदका (दान) प्रमाण हो, धैर्य चहकिलो उज्यालो हो र कुरआन तिम्रो निम्ति वा तिम्रो विरुद्ध तर्क हो । हरेक व्यक्ति बिहान आफ्नो प्राणकोसाथ व्यापार गर्दछ, फेरि या त उसले आफुलाई नर्कबाट स्वतन्त्र गर्दछ या त उसले आफुलाई बर्बाद गर्दछ ।”  (मुस्लिम)

हदीस (मानिसलाई लाभ पुर्याउने बाटोहरु)

        मानिसलाई लाभ पुर्याउने धेरै बाटोहरु छन् । त्यसमध्ये यस हदीसबाट केही शिक्षा लिन सकिंन्छ । यो हदीस अबू हुरैरह (रज़ियल्लाहु अन्हु) ले बयान गर्नु भएको छ । “वहाँ भन्नुहुन्छ- अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो, “मानिसको हड्डिको जोर्नीमा सदका (दान) छ । हरेक दिन जब सुर्योदय हुन्छ, दुईजना मानिसहरु बीच न्याय गर्नु दान हो । कुनै मानिसलाई सवारीमा उसको सामान त्यसमा राख्न वा ओराल्न मदत गर्नु दान हो । एउटा भलाईको कुरा गर्नु दान हो । नमाज़को लागि तिमी हरेक पैताला उठाउँछौ त्यो दान हो । हानी पुर्याउने चीज बाटोबाट हटाउनु पनि दान हो ।” (बुखारी, मुस्लिम)

 

लेखक- मुहम्मद ईब्राहीम

स्रोतः कुरआन र हदिस

 

Related Post