अमिरुल मोमिनीन अबू हफ्स उमर विन खत्ताब (रज़ि) द्वारा भनिएको छ, मैले अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैही वसल्लम) ले भन्नु भएको सुनेको थिए-कर्म त नीयतमा आश्रित हुन्छ र हरेक मानिसलाई त्यही मिल्दछ जुन उसले नीयत गरेको हुन्छ, जो कसैले पनि अल्लाह र उसको रसूल (मुहम्मद सल्लल्लाहु अलैही व सल्लाम)ِ को लागि प्रवास गयो त उसको प्रवास अल्लाह र उसको रसूल (मुहम्मद सल्लल्लाहु अलैही व सल्लाम) को लागि हो र जसले संसारिक फाईदा प्राप्त गर्नका लागि प्रवास जान्छ अर्थात कुनै नारीसँग विवाहको लागि प्रवास जान्छ भने उसको प्रवास त्यसैको लागि मानिन्छ जसको लागि उसले प्रवास गएको थियो (हदीस- बुखारी, मुस्लिम)
नोटः हरेक मानिसको नियत फरक फरक हुन्छ, जस्तै कसैको नियत संसारिक लाभ प्राप्त गर्ने उदेश्य हुन्छ भने कसैको नियत संसारिक प्राप्त गर्ने नभई आखिरत प्राप्त गर्ने हुन्छ । यो हदीसमा उल्लेख भए अनुसार कोही मानिस अल्लाहको रसूलको आदेश अनुसरण गरी दीनको खाँतिर हिजरत(प्रवाश) जान्छन् भने कोही आफ्नो स्वार्थसिद्ध गर्नका लागि वा कुनै नारीसँग निकाह गर्ने आशाले प्रवाशमा जान्छन् भने उनको हिजरत(प्रवाश यात्रा) को कुनै फाइदा हुँदैन । अर्को कुरा- जब अल्लाहको रसूल मक्काबाट मदीनामा हिजरत गर्नु भएको थियो, त्यस बखत मदिनामा अब्दुल्लाह बिन उबइ जो मुनाफिकको सरदार थियो, जसले उहुदको युद्धमा कुरैसको फौज देखेर डराएर आफ्ना 300 सेना लिएर फर्केका थिए। यसबाट यो कुरा स्पष्ट हुन्छ कि मुनाफिक र सही दिनदार कठिनको घडिमा छुट्टिन्छ, जो कठिनको घडीमा साथ दिन्छ उ अल्लाह र उसको रसूलको आज्ञाकारी हो, जो कठिनको घडीमा साथ दिंदैन, ज्यान र धनको लोभमा पर्छ भने त्यो अल्लाह र उसको रसूलको अवज्ञाकारी हुन् । अल्लाह तआला हरेकको दीलको भेद जान्दछन् तर धेरैलाई यो कुराको ज्ञान छैन् जसले गर्दा बन्द कोठामा अपराध गर्न खोज्छ, त्यो ठान्दछ, कि बन्द कोठामा कसैले देख्दैन तर अल्लाहले जति सुकै भित्र भएपनि देख्छन् । तर त्यो मानिसले किन त्यही अपराध काम बाहिर गर्न डराउँछ त ? किनकि उ समाजसँग डराउँछ, सृष्टिकर्तासँग डराउँदैन । यस्तै कमजोर इमान भएका व्यक्तिहरुको बारेमा माथिको हदीसबाट स्पष्ट पारिएको छ।
स्रोतः- चालिस हदीस
लेखकः- इमाम यह्या बिन शर्फ़ुद्दीन अन-नववी
हिन्दी अनुवादकः- कौसर यजदानी
नेपाली अनुवादकः- मुहम्मद इब्राहिम खरेल
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


