क़ुरआन एक चमत्कार हो।

कुरआन एक चमत्कार हो।

कुरआन सारा संसारको लागि एक चुनौती हो किन भने विलियम मयूरले भन्नु भएको छ- संसारमा कुरआन मात्र एउटा यस्तो किताब हो जुन 12 औं शताब्दी बित्दा पनि एक अक्षर र एक विन्दु सम्म परिवर्तन भएको छैन।

हर चीज़को एक विशेषता हुन्छ, क़ुरआन जो आज हाम्रो बीच पाइएको छ अन्य धार्मिक ग्रन्थको तुलनामा कुरआन एक चमत्कार हो भन्ने विषयमा प्रकाश पार्दछौं। जब हामी भन्दछौं कि क़ुरआन एक चमत्कार हो त यसको अर्थ यो हुन्छ कि क़ुरआन मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको लागि चमत्कारको रूपमा अवतरित गरिएको हो। अल्लाहले मानवको मार्गदर्शनको लागि हर देश र हर युगमा सन्देष्टालाई पठाउनु भयो साथै उनिहरुलाई चमत्कारी शक्ति पनि दिनु भयो किनकी मानव समुदायहरुले उनलाई ईश-दुतत्वमा पूर्णरुपमा विश्वास गर्न सकुन । उदाहरण स्वरूपः

(१) एक सन्देष्टा इब्राहीम अलैहिस्सलामले हुन् जसलाई दन्किरहेको आगोमा हाली दिएको थियो तर आगोले उनको लागि अल्लाहको हुकुम अनुसार आवश्यक तापमानको रूपमा रह्यो (न तातो न चिसो)

(२) हज़रत मूसा अलैहिस्सलामले लठी फ्याक्नु हुन्थ्यो त अल्लाहको कृपाले त्यो लठी सर्पको रूप धारण गर्थ्यो र जब फिरऔनका समूहले उनलाई लखेटि रहेका थिए अब अगाडि समून्द्र छ पछाडि शत्रु नजिक आउँदै थिए यो अवस्थामा मूसा अलैहिस्सलामले अल्लाहसंग प्रार्थना गर्नु भयो तब अल्लाहको हुकुम भयो,- मूसा तिम्रो हातको लठी समुन्द्रमा हान ! तब समुद्रमा लठीले हान्नु भयो अल्लाहको कृपाले समुद्रमा दुवै तर्फको पानी रोकिएर बीचबाट बाटो बन्यो र शत्रुको आक्रमणबाट बच्न सफल हुनु भयो।

(३) ईसा अलैहिस्सलामले अल्लाहको अनुमतिले मृतकलाई जीवित बनाइदिनु हुँन्थ्यो र जन्मान्धाको आँखामा हातले छुनु हुन्थ्यो त अल्लाहको कृपाले उसले आँखा देख्न सक्थ्यो । यस्तै प्रकार अल्लाहले अन्तिम संदेष्टा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई पनि विभिन्न चमत्कार शक्ति दिएका छन्, जसमध्ये एक महत्वपूर्ण चमत्कार कुरआन हो जुन अवतरण समय देखि लिएर आजसम्म सम्पूर्ण मानव जातिको लागि चुनौति बनेको छ ।

क़ुरआनको सबैभन्दा महान चमत्कार यो हो कि यसको शैली मानव शैली भन्दा बेग्लै किसिमको छ। त्यो अरब जसमा क़ुरआनको अवतरण भएको थियो। शुद्ध साहित्यिक रसास्वादनको लागि अति प्रशिद्ध मानिन्थ्यो। पवित्र कुरआनको अवतरणको बारेमा अल्लाहको कथन छ,

यो  क़ुरआन जुन हामीले अफ्नो भक्त (मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम) मा उतारेका छौं  त तिमीहरु कुनै संदेहमा छौ भने त्यस्तै खालको कुनै सूरः बनाएर देखाउ र अल्लाह बाहेक आफ्नो सहयोगीहरुलाई बोलाएर ल्याउ यदि तिमी सच्चा हौ भने । (सूरः२ आयत २३-२४)

तर इतिहास साक्षी छ कि पुरै अरब त्यही समान एक अध्याय पनि र एक श्लोक पनि पेश गर्न असमर्थ भए । जुन समज मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको विरुद्धमा एक जुट भएर लागेका थिए, मौका र अवसर चुकाउन तयार थिएनन् । सबै भन्दा प्रमुख कुरा यो हो कि उनिहरु अरबी भाषामा माहिर थिए, उनका भाषा यति उच्च-कोटीको थियो कि शायरीमा कुरा गर्थे भन्ने भनाई छ। आफै सोच्नुहोस् कि यदि क़ुरआन मानव रचित हुन्थ्यो त केही व्यक्ति अवश्य यस्कै समान पेश गर्न सक्थे तर सकेनन् । यो ग्रन्थ आजसम्म संसारमा सबैको सामने सबैको लागि चुनौति बनेर रहेको छ तथा जबसम्म यो संसार रहन्छ तबसम्म बनि नै रहन्छ ।

कुरा बिल्कुल स्पष्ट छ तपाई स्वयं विचार गर्न सक्नु हुन्छ कि यदि कुनै पुस्तकको लेखक यो दावा गर्छ कि कोही व्यक्ति मेरो जस्तै शैलीमा लेख्न सक्दैन र च्यालेन्ज दिन्छ कि यदि पूरै संसारको मानवको मन-मस्तिष्क मिलेर मेरो जस्तै पुस्तक लेख्न चाहे पनि यस्तै एक पृष्ठ त टाढाको कुरा एक लाईन पनि लेख्न सक्दैन भन्छ भने त्यसमा केही दम त अवश्य नै हुन्छ ।
यस्तो प्रतिज्ञा गर्नेवाला मेरो विचारमा मूर्ख हुन सक्छ किनकि उ भन्दा राम्रो लेख्नेवाला हज़ारौ व्यक्ति मिल्न सक्छ तर क़ुरआनले यस्तै च्यालेन्ज आज भन्दा साढे चौध सय शताब्दी पूर्व दिएको थियो जुन आजसम्म कुनै मानवले पुरा गर्न असमर्थ्य भए र आजसम्म त्यो च्यालेन्ज कायम नै छ । त्यस समय देखि आजसम्म कयौं देशमा अरबीका साहित्यकार बिते तर कसैले यस्तै समान बनाएर पेश गर्ने साहस गर्न सकेन र हुन्छ पनि कसरी कि अल्लाहले यो संसारलाई मार्गदर्शनको लागि चमत्कारको रूपमा अवतरित गरेका थिए । आज मानव मात्र यस विषयमा चिन्तन मनन गर्ने हो भने उ सरलतापूर्वक आफ्नो अल्लाहको तर्फबाट आएको सन्देशलाई अपनाएर स्वर्गको भागीदार बन्न सक्नुहुन्छ ।

Source:-  http://cutt.us/nXION

अनुवादक- मुहम्मद इब्राहिम खरेल

Related Post