सूरतुल-काफिरून-१०९ (मक्की, आयतहरु-६)
शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
(१) (हे सन्देष्टा!) भनिदेऊ- हे काफिरहरु हो !
(२) तिमीहरुले पुज्दै गरेका (देवीदेवता) को पुजा म गर्दिन ।
(३) र, न तिमीहरु नै मैले पुजा गरेका (अल्लाह) को उपासना गर्छौ ।
(४) र, म उसको भक्ति गर्नेवाला छैन जसको भक्ति तिमीहरुले गर्यौ ।
(५) र, न तिमीहरु भक्ति गर्नेवाला हौ जसको भक्ति म गर्छु ।
(६) तिमीहरुका निम्ति तिम्रै धर्म; मेरो निम्ति मेरै धर्म ।
स्रोतः कुरआन मजीद (नेपाली भाषामा अनुवादित)
अनुवादक तथा संक्षिप्त ब्याख्या कर्ताः- मौलाना अलाउद्दीन अन्सारी फलाही